• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

दुग्ध कोरिडोरको सपना

  •   शुक्रबार, असार १९, २०८३ मा प्रकाशित

रेसुङ्गा (गुल्मी), असार १९ गते । घरनजिकैबाट कालीगण्डकी कोरिडोर छिरेपछि गुल्मीको सत्यवती गाउँपालिका–२, ठुलोलुम्पेक चेहेमीका ५१ वर्षीय ओमबहादुर कुँवरले दुग्ध कोरिडोरको सपना देख्न थाल्नुभयो । सुरुमा मासुका लागि एक लाखको लगानीमा बाख्रापालन व्यवसाय सुरु गर्नुभएका कुँवरले बिस्तारै दुग्ध व्यवसायका लागि गाईपालन थाल्नुभयो । कुँवरका अनुसार अहिले फार्ममा ४० बाख्रा, २४ गाई, १४ बाच्छाबाच्छी र भैँसी रहेका छन् ।

कुँवरले सत्यवती कृषि तथा पशुपालन फार्म उद्योगमार्फत दैनिक करिब २५० लिटर दुध बिक्री गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “गौरव डेरीमा दुध पुग्छ, बजारको कुनै समस्या छैन ।” कोरिडोर दैनिक चलायमान बनिरहेकाले अबको दुई वर्षमा गाईहरूको सङ्ख्या दोब्बर बनाएर दैनिक ४०० लिटर दुध उत्पादन गर्ने र दुग्धजन्य उत्पादनमा विविधीकरण गर्ने कुँवरको योजना छ । अहिले फार्ममा एक करोड ५० लाख रुपियाँको लगानी पुगेको छ ।

मासिक करिब पाँच लाख रुपियाँको दुध र बाख्राबाट कारोबार हुने गरेको उद्यमी कुँवरको भनाइ छ । उहाँले पशुपालनको स्रोतकेन्द्र हुँदै दुग्ध कोरिडोरको रूपमा अगाडि बढाउने योजनाका साथ परदेशबाट फर्केकाहरूलाई निःशुल्क सिप सिक्ने अवसर दिनुभएको छ । कालीगण्डकी कोरिडोर सञ्चालनमा आएसँगै रुरू, सत्यवती र कालीगण्डकीका गाउँहरूमा कृषि, पशुपालन, होटेल तथा पर्यटनका सम्भावना खुलेका छन् । यसै गरी कोरिडोरमा पर्ने पर्वत, बागलुङ, म्याग्दी जस्ता गाउँ गाउँमा सडक सुविधा पुगेका जिल्लाका पशुपालकका निम्ति कालीगण्डकी दुग्ध कोरिडोरकै रूपमा स्थापित हुन सक्ने सम्भावना छ ।

कुँवरले फार्ममा दाना, घाँस, नश्ल, स्वास्थ्य, शुद्ध दुध उत्पादन, गोठ सुधार र व्यवास्थापनमा अभ्यास गराएर पशुपालनमा युवालाई आकर्षित गर्न स्रोत केन्द्रको अवधारणा ल्याउनुभएको छ । उच्च चेतना भएका व्यक्तिहरूले मात्रै कृषि र पशुपालन गर्नुपर्नेमा कुँवरले जोड दिनुहुन्छ । उहाँले भन्नुभयो, “दाना, घाँस, नश्ल, स्वास्थ्य र बजारलगायत विषयमा ज्ञान नभए पशुपालन व्यवसायमा केही गर्न सकिँदैन । त्यसैले उच्च चेतना भएकाले मात्रै कृषिमा लगानी गरेर व्यवसाय गर्नु पर्छ ।”

कुँवरकोमा धुर्कोट गाउँपालिका–२, पिपलधाराका भेषबहादुर महत कृषि तथा पशु प्राविधिक हुनुहुन्छ । मावि अध्यापन गराउने महत विद्यालय छोडेर कँुवरको फार्ममा काम गर्नुहुन्छ । फार्ममा दुई जना नियमित र दुई जना आंशिक कामदार छन् । आगामी वर्ष गाई र बाख्राको गोबर र मलमूत्रबाट ५० रोपनीमा तरकारी खेती गर्ने कुँवरको सोच छ । उहाँले आफ्नोमा एक सातादेखि एक महिना काम गरेर आफैँ पशुपालनमार्फत स्वरोजगार बन्न घर फर्किनेहरू धेरै रहेको बताउनुभयो ।

यो सत्यवती गाउँपालिकाको सबैभन्दा ठुलो पशुपालन फार्म हो । गाउँपालिकाका सहायक पशु विकास अधिकृत नारायण खनालले पालिकामा एक सयको हाराहारीमा फार्म र ४२ समूहले सक्रिय रूपमा कृषि तथा पशुपालनका क्षेत्रमा काम गरेको बताउनुभयो । गत जेठसम्म पाँच लाख २२ हजार लिटर दुध संस्थागत रूपमा बजारीकरण भएको खनालले जानकारी दिनुभयो । समूहहरूले कृषि र पशुपालनबाटै दुई करोड रुपियाँको हितकोष निर्माण गरेका छन् ।

समूहका सदस्यलाई सहुलियत कर्जा आवश्यक परे अरू साहु काढ्न वा वित्तीय संस्था गुहार्न नपर्ने खनालले बताउनुभयो । जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्रीले फार्मको अनुगमनपछि जिल्लामै सम्भावना बोकेको व्यावसायिक पशुपालनका रूपमा आफूले लिएको बताउनुभयो । कोरिडोरसँग ओम कुँवरको व्यावसायिक योजना, काम र सिप निकै लोभलाग्दो भएको बताउनुभयो ।

शुक्रबार, असार १९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.