• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ७. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ८. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • ९. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • १०. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

७–७ गोलसहित हालान्ड, मेसी र एम्बाप्पेबीच गोल्डेन बुटको रोमाञ्चक भिडन्त

  •   सोमबार, असार २२, २०८३ मा प्रकाशित

काठमाडौं। वर्तमान विश्व फुटबलकै उत्कृष्ट स्ट्राइकरका रूपमा स्थापित एर्लिङ हालान्ड आफ्नो डेब्यु विश्वकपमा सनसनीपूर्ण प्रदर्शन गरिरहेका छन्।

उत्तर अमेरिकामा जारी फिफा विश्वकप २०२६ मा उनकै सानदार प्रदर्शनको मद्दतले २८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको नर्वे इतिहासमै पहिलो पटक क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भएको छ। क्लब फुटबल र राष्ट्रिय टोली दुवैमा ‘गोल मेसिन’को छवि बनाइसकेका हालान्डले आफ्नो डेब्यु विश्वकपमै सोही लयलाई निरन्तरता दिएका हुन्।

न्युयोर्कको मेटलाइफ स्टेडियममा सोमबार भएको रोमाञ्चक एवं ऐतिहासिक खेलमा नर्वेले पाँच पटकको विश्व विजेता ब्राजिललाई २-१ गोल अन्तरले पराजित गर्‍याे। नर्वेलाई जित दिलाउने क्रममा दुवै गोल हालान्डले गरे।

चौथो पटक विश्वकप खेलिरहेको नर्वेले इतिहास रच्दा ब्राजिल भने ३६ वर्षपछि पहिलो पटक अन्तिम १६ को समीकरणबाटै बाहिरिन पुग्यो। यसअघि ब्राजिल सन् १९९० को विश्वकपमा अन्तिम १६ बाट बाहिरिएको थियो।

यस जितसँगै नर्वेले ब्राजिलविरुद्धको आफ्नो अपराजित यात्रालाई ५ खेलसम्म पुर्‍याएर अर्को कीर्तिमान समेत थपेको छ। खेलको रोमाञ्चक उतारचढावखेलको पहिलो हाफमा ब्राजिलले पेनाल्टीमार्फत अग्रता लिने सुवर्ण अवसर पाएको थियो।

तर, नर्वेका गोलरक्षक ओर्यान निल्यान्डले ब्रुनो गुइमारेसको उक्त प्रहारलाई उत्कृष्ट बचाउ गर्दै विफल पारिदिए। पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफको अन्तिम ११ मिनेट हालान्डमय बन्यो। उनले खेलको ७९औँ मिनेटमा उत्कृष्ट हेडमार्फत गोल गर्दै नर्वेलाई सुरुवाती अग्रता दिलाए।

त्यसको १० मिनेटपछि अर्थात् ८९औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै उनले टोलीको जित सुनिश्चित गरे। खेलको इन्जुरी समयको अन्तिम मिनेटमा ब्राजिलका भेट्रान स्टार नेयमारले पेनाल्टीमार्फत एक सान्त्वना गोल फर्काए पनि त्यो ब्राजिलको हार टार्न पर्याप्त भएन।

गोल्डेन बुटको दौड निकै रोचकनर्वेको यो सुनौलो यात्राका नायक हालान्ड जारी विश्वकपमा संयुक्त रूपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। उनले फ्रान्सका कप्तान किलियन एम्बाप्पे र अर्जेन्टिनाका कप्तान लियोनेल मेसीसमान ७ गोल गर्दै प्रतिष्ठित ‘गोल्डेन बुट’ को होडमा आफूलाई बलियो दाबेदारका रूपमा उभ्याएका छन्।

अहिलेको समीकरण अनुसार ५ खेल खेलेका एम्बाप्पे ७ गोल र २ असिस्टसहित शीर्ष स्थानमा छन्। हालान्डभन्दा कम समय मैदानमा बिताएका अर्जेन्टिनी कप्तान मेसी ४ खेलमा ७ गोल गर्दै दोस्रो स्थानमा छन्।

मेसी र हालान्ड दुवैको नाममा अहिलेसम्म कुनै असिस्ट भने छैन। यस्तै, ५ गोल गरेका इङ्गल्यान्डका ह्यारी केन दोस्रो स्थानमा छन् भने फ्रान्सका ओसमान डेम्बेले, स्पेनका मिकेल ओयारजाबाल, ब्राजिलका भिनिसियस जुनियर र सेनेगलका इस्माइला सार समान ४-४ गोलसहित सूचीको पाँचौँ स्थानमा छन्।

हालान्डको अविश्वसनीय गोल औसतयस विश्वकपमा नर्वेले अहिलेसम्म खेलेका ५ खेलमध्ये ४ खेलमा जित हात पारेको छ भने समूह चरणमा फ्रान्सविरुद्ध मात्र पराजय भोगेको थियो। एउटा रमाइलो संयोग के छ भने, फ्रान्सविरुद्धको खेलमा हालान्डलाई आराम दिइएको थियो र उनी मैदान उत्रिएका थिएनन्।

यसको अर्थ, हालान्डले आफूले खेलेका चारै खेलमा गोल गर्न सफल भएका छन्। उनले समूह चरणमा इराक र सेनेगलविरुद्ध समान २-२ गोल गरेका थिए भने राउन्ड अफ ३२ मा आइभोरी कोस्टविरुद्ध १ गोल गरेका थिए। अन्तर्राष्ट्रिय फुटबलमा हालान्डको गोल गर्ने क्षमता अविश्वसनीय देखिएको छ।

उनले नर्वेको राष्ट्रिय टोलीका लागि मात्र ५४ खेल खेल्दै ६२ गोल गरिसकेका छन्। ६० भन्दा बढी अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीहरूको सूचीमा हालान्डको गोल औसत सबैभन्दा उत्कृष्ट  रहेको छ।

पछिल्लो समय उत्कृष्ट लयमा रहेका उनले नर्वेका लागि खेलिएका पछिल्ला १४ प्रतिस्पर्धात्मक खेलमा मात्रै २७ गोल ठोकिसकेका छन् । क्लब फुटबलमा म्यानचेस्टर सिटीका लागि धावा बोलिरहेका यी स्ट्राइकर राष्ट्रिय टोली र विश्वकपमा पनि उस्तै घातक साबित भएका छन्।पाँच पटकको कीर्तिमानधारी ब्राजिललाई पाखा लगाएपछि अब हालान्ड आगामी खेलमा विपक्षी टोलीका लागि सबैभन्दा ठूलो खतराका रूपमा हेरिएका छन्।

नर्वेले अब आगामी जुलाई ११ मा मियामीमा हुने क्वार्टरफाइनलमा सह-आयोजक मेक्सिको र इङ्गल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ, जहाँ हालान्डसामु आफ्नो गोल सङ्ख्या अझै बढाउने सुनौलो अवसर हुनेछ ।

सोमबार, असार २२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो
रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त
आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

भर्खरै

  • १.
    सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो

  • २.
    रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त

  • ३.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • ४.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ५.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ६.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ७.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ८.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.