• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

हतकडीमा पारस, बेहुली बनेकी दिव्या; ‘बेहुली’को पोस्टरले बढायो उत्सुकता

  •   मङ्गलबार, असार २३, २०८३ मा प्रकाशित

काठमाडौं : हरितालिका तीजको अवसर पारेर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘बेहुली’को पहिलो आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ। ‘द डिभाइन म्युजिक’ र ‘सम्मान इन्टरटेन्मेन्ट’को ब्यानरमा निर्माण भएको चलचित्र भदौ २६ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शन हुनेछ।

निर्माण टिमले काठमाडौंमा आयोजित विशेष कार्यक्रममा पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। सार्वजनिक पोस्टरले प्रेम, संघर्ष र सामाजिक द्वन्द्वले भरिएको भावनात्मक कथाको संकेत गरेको छ।

पोस्टरमा अभिनेता पारस बम ठकुरी (कुलब्वाय) चोट लागेको अनुहार र हातमा हतकडीसहित देखिएका छन्। उनको छातीमा बेहुलीको पहिरनमा सजिएकी अभिनेत्री दिव्या रायमाझीले आँखा चिम्लिएर टाउको अड्याएकी छन्। यी दुई पात्रको भावभंगिमाले कठिन परिस्थितिबीच जन्मिएको गहिरो प्रेमकथाको झल्को दिन्छ।

श्रीधर पौडेलले खिचेको तस्बिरलाई ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले पोस्टर डिजाइन गरेका हुन्।

पोस्टर सार्वजनिक कार्यक्रममा पारस र दिव्या पोस्टरकै लुक्समा मञ्चमा उत्रिएका थिए। दिव्या बेहुलीको पहिरनमा सजिएकी थिइन् भने पारस हातमा हतकडी लगाएर उपस्थित भएका थिए। उनीहरूको प्रस्तुतिले कार्यक्रममा उपस्थित सञ्चारकर्मी र अतिथिको ध्यान आकर्षित गरेको थियो।

चलचित्रमा पारस र दिव्यासँगै सुशान्त कार्कीको पनि मुख्य भूमिका रहेको छ। ‘होस्टेल ३’बाट ठूलो पर्दामा डेब्यु गरेका पारस यसपटक गम्भीर प्रेमकथामा देखिन लागेका हुन्। निर्माण पक्षका अनुसार पारस र दिव्याको नयाँ जोडीले दर्शकलाई फरक सिनेम्याटिक अनुभव दिने अपेक्षा गरिएको छ।

‘होस्टेल ३’मा सहकार्य गरेका सशान कँडेल र माधव शर्माको टिमले ‘बेहुली’ तयार पारेको हो। माधव शर्माको कथामा सशान कँडेलले निर्देशन गरेका छन्।

चलचित्रमा पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरको पनि अभिनय रहेको छ।

प्राविधिकतर्फ नरेन्द्र मैनालीको छायांकन, विकास दाहालको सम्पादन र रोशन श्रेष्ठको एक्सन निर्देशन रहेको छ। चलचित्रका निर्माता प्रताप शमशेर राणा हुन् भने कार्यकारी निर्मातामा शङ्कर कोइराला र रमेश सिलवाल रहेका छन्। सह–निर्मातामा दुर्गा खरेल र शिशिर श्रेष्ठ छन्।

काठमाडौं उपत्यकाभित्र काफिया फिल्म्स र उपत्यकाबाहिर श्री व्यंकटेश इन्टरटेन्मेन्टले चलचित्र वितरण गर्नेछन् भने डिजिटल अधिकार ओएसआर डिजिटलसँग रहेको छ।भावनात्मक प्रेमकथा बोकेको ‘बेहुली’ आगामी भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।

मङ्गलबार, असार २३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.