• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

एकसाताभित्र किसानलाई करिब ५२ करोड राहत उपलब्ध गराइने

  •   मङ्गलबार, असार २३, २०८३ मा प्रकाशित

काठमाडौं । पशुसेवा विभागले बर्डफ्लु नियन्त्रणका क्रममा नष्ट गरिएका पन्छी, अण्डा तथा दानाको क्षतिपूर्तिस्वरूप ११ जिल्लाका किसानलाई करिब ५२ करोड रुपैयाँ एक साताभित्र वितरण गर्ने तयारी गरेको छ।

विभागका अनुसार रोग नियन्त्रण अभियानका क्रममा नष्ट गरिएका पन्छी तथा पन्छीजन्य सामग्रीको प्रमाणित क्षतिको मूल्याङ्कन गरी किसानलाई ७५ प्रतिशत राहत उपलब्ध गराइनेछ। विभागका प्रवक्ता मुकुल उपाध्यायले आवश्यक प्रमाणसहित दाबी गरेका किसानको बैंक खातामा एक साताभित्र रकम पठाइने जानकारी दिए। असार मसान्तसम्म क्षतिपूर्ति प्राप्त गर्न नसकेका किसानलाई भने नयाँ आर्थिक वर्षमा भुक्तानी गरिने उनले बताए।

बर्डफ्लु नियन्त्रण नियमावलीअनुसार राहत वितरण गरिने भएकाले पन्छी तथा पन्छीजन्य सामग्री नष्ट भएको प्रमाणसहित सम्बन्धित जिल्ला पशुसेवा कार्यालयमा निवेदन दिन विभागले किसानलाई आग्रह गरेको छ।

बर्डफ्लुका कारण काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासी जिल्लामा सबैभन्दा बढी असर परेको छ। विभागका अनुसार हालसम्म करिब ७ लाख पन्छी, ११ लाख अण्डा र ३ लाख किलो दाना नष्ट गरिएको छ। यसबाट करिब ७० करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

यसैबीच, प्रतिकूल मौसमका कारण यस वर्ष देशभर धान रोपाइँ गत वर्षको तुलनामा १२.६२ प्रतिशतले घटेको कृषि विभागले जनाएको छ। गत वर्ष यही अवधिसम्म ४५ प्रतिशत रोपाइँ सम्पन्न भएकोमा यस वर्ष भने ३२.३८ प्रतिशत मात्र रोपाइँ भएको छ।

कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलका अनुसार सोमबारसम्म देशभर ४ लाख ४३ हजार ५९५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ। कुल रोपाइँयोग्य क्षेत्रफल भने १३ लाख ७० हजार ६२ हेक्टर रहेको छ।

प्रदेशगत रूपमा सुदूरपश्चिममा ५७.९ प्रतिशत, गण्डकीमा ४१ प्रतिशत, कर्णालीमा ४०.५ प्रतिशत, लुम्बिनीमा ३७.३ प्रतिशत, बागमतीमा ३३.२ प्रतिशत, कोशीमा ३१.५ प्रतिशत र मधेस प्रदेशमा १५.६ प्रतिशत रोपाइँ भएको विभागले जनाएको छ।

महानिर्देशक सञ्जेलका अनुसार जलवायु परिवर्तनको प्रभावका कारण मनसुन समयमै सक्रिय हुन नसक्दा रोपाइँ प्रभावित भएको हो। यद्यपि, देशका अधिकांश स्थानमा वर्षा सुरु भएसँगै आगामी दिनमा रोपाइँको गति बढ्ने अपेक्षा गरिएको छ।

विशेषगरी धान उत्पादनको मुख्य क्षेत्र मानिने मधेस प्रदेशमा रोपाइँ निकै कम भएकाले यस वर्ष कुल धान उत्पादनमा असर पर्ने अनुमान गरिएको छ। नेपालको कुल धान उत्पादनमा मधेस प्रदेशको योगदान करिब ७० प्रतिशत रहेको छ भने बाँकी ३० प्रतिशत उत्पादन पहाडी क्षेत्रबाट हुने गरेको विभागले जनाएको छ।

 

मङ्गलबार, असार २३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.