• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ७. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ८. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • ९. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • १०. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

एमबाप्पेको कमालमा फ्रान्स लगातार तेस्रो पटक विश्वकप सेमिफाइनलमा

  •   शुक्रबार, असार २६, २०८३ मा प्रकाशित

काठमाडौं : केलियन एमबाप्पेको कप्तानी प्रदर्शनमा फ्रान्स फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ।

बोस्टन रंगशालामा सम्पन्न क्वार्टरफाइनलमा मोरोक्कोलाई २–० ले पराजित गर्दै फ्रान्सले लगातार तेस्रो संस्करणमा विश्वकपको अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। पहिलो हाफमा पेनाल्टी गुमाएका एमबाप्पेले दोस्रो हाफमा एक गोल र एक असिस्ट गर्दै टोलीलाई जित दिलाए।

खेलको सुरुआतदेखि नै फ्रान्सले दबाब सिर्जना गरेको थियो। पाँचौँ मिनेटमा डेयोट उपामेकानोको हेडरलाई मोरोक्कोका गोलरक्षक यासिन बोनोले उत्कृष्ट बचाउ गर्दै फ्रान्सलाई अग्रता लिनबाट रोके।

२८औँ मिनेटमा नौसैर माजराउईले पेनाल्टी क्षेत्रमा एमबाप्पेलाई लडाएपछि फ्रान्सले पेनाल्टीको अवसर पाएको थियो। तर, एमबाप्पेको प्रहारलाई बोनोले रोकेपछि पहिलो हाफ गोलरहित बराबरीमा सकियो।

दोस्रो हाफमा भने एमबाप्पेले आफ्नो वास्तविक लय देखाए। ६०औँ मिनेटमा पेनाल्टी क्षेत्रबाहिरबाट उनले गरेको आकर्षक कर्लिङ प्रहार सीधै जालीमा पुगेपछि फ्रान्सले १–० को अग्रता लियो। यो जारी विश्वकपमा एमबाप्पेको आठौँ गोल हो।

६६औँ मिनेटमा एमबाप्पेको उत्कृष्ट पासलाई ओसमान डेम्बेलेले गोलमा परिणत गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए। त्यसपछि मोरोक्कोले केही अवसर सिर्जना गरे पनि फ्रान्सको संगठित रक्षापंक्ति पार गर्न सकेन।

यो जितसँगै सन् २०१८ को विश्वविजेता तथा २०२२ को उपविजेता फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा पुगेको छ। अब उसले बेल्जियम र स्पेनबीचको विजेतासँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।

जारी विश्वकपमा एमबाप्पे ६ खेलमा ८ गोलसहित गोल्डेन बुटको दौडमा शीर्ष स्थानमा छन्। विश्वकप इतिहासमा उनको कुल गोल संख्या २० पुगेको छ, जुन लियोनेल मेसीको २१ गोलभन्दा केवल एक गोल कम हो।

यस्तै, ओसमान डेम्बेले एमबाप्पे र जस्त फोन्टेनपछि विश्वकपको एउटै संस्करणमा पाँच गोल गर्ने तेस्रो फ्रान्सेली खेलाडी बनेका छन्। मोरोक्कोका १८ वर्षीय अयुब बुआदी भने विश्वकपमा पाँच खेल खेल्ने पहिलो अफ्रिकी युवा खेलाडीको कीर्तिमान बनाउन सफल भएका छन्।

शुक्रबार, असार २६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो
रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त
आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

भर्खरै

  • १.
    सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो

  • २.
    रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त

  • ३.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • ४.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ५.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ६.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ७.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ८.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.