• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

लयमा नेपाली चलचित्र क्षेत्र

  •   शनिबार, असार २७, २०८३ मा प्रकाशित

काठमाडौँ, असार २७ गते । एक समय थियो, नेपाली चलचित्रका केवल दुई प्रकारका कथाले मात्रै हलमा दबदबा जमाउँथे । कि त चर्का राजनीतिक नारा बोकेका चलचित्र, नत्र भने आँसुको भेल बगाउने भावनात्मक कथा । दर्शकलाई लाग्थ्यो, नेपाली चलचित्रको दायरा सायद यति नै हो तर समय चक्रसँगै नेपाली दर्शकको चेत फेरिएको छ । त्यसै अनुरूप निर्देशक निर्माताहरूको सोचमा पनि व्यापक बदलाब आएको छ ।

अहिले नेपाली चलचित्रले बिक्नका लागि मात्र कथा बुन्ने परम्परागत धारलाई भत्काएको छ । नेपाली कला, संस्कृति र माटोको सुगन्ध बोकेका सामाजिक कथाहरू अहिले पर्दामा जीवन्त देखिन थालेका छन् । अहिले हलमा देखिएको दर्शकको चापले एउटा कुरा स्पष्ट पारेको छ, दर्शकलाई अब आफ्नै कथा, आफ्नै परिवेश र आफ्नै अनुहार पर्दामा हेर्न मन छ ।

नेपाली चलचित्रले आफ्नो मौलिक पहिचान जोगाउनुपर्ने अभिनेत्री वसुन्धरा भुसालको बुझाइ छ । नेपाली समाज, संस्कृति र जीवनशैली झल्किने कथा प्रस्तुत गर्दा मात्र चलचित्रले दीर्घकालीन प्रभाव छाड्न सक्ने उहाँले बताउनुभयो । उहाँले थप्नुभयो, “चलचित्र केवल मनोरञ्जन होइन, देशको भाषा, संस्कृति र पहिचान विश्वसामु चिनाउने माध्यम पनि भएकाले सरकारले यस क्षेत्रलाई नीतिगत र आर्थिक रूपमा प्रोत्साहन गर्नु पर्छ ।”

राम्रो कथा, मेहनत र मनोरञ्जन दिन सक्ने चलचित्र बनाए मात्र दर्शक हलसम्म फर्किने कलाकार दीपकराज गिरीले बताउनुभयो । उहाँका अनुसार चलचित्र सफल वा असफल हुने अन्तिम निर्णय दर्शकले नै गर्छन् । नेपाली चलचित्रले मौलिक कथा, दर्शकको रुचि, व्यावसायिक सोच र गुणस्तरीय निर्माणबिच सन्तुलन कायम गर्न सके मात्र उद्योग दिगो रूपमा अगाडि बढ्न सक्छ । नेपाली चलचित्रको वास्तविक व्यावसायिक विकास पछिल्ला तीन दशकमा तीव्र भएको भन्दै इतिहासको मूल्याङ्कन पनि त्यस अनुसार हुनुपर्ने उहाँको तर्क छ ।

कलात्मक र व्यावसायिक दुवै कोणबाट अहिले नेपाली चलचित्रले निकै परिपक्व यात्रा तय गरिरहेका छन् । चलचित्रकर्मीहरू अहिले बदलिँदो समाजको परिवेशलाई मौलिक रूपमा उतार्न निकै मेहनत गरिरहेका छन् । पहिले कलात्मक भनिने चलचित्रहरू बोझिला हुन्छन् भन्ने भाष्य थियो तर अहिले ती चलचित्रले दर्शकलाई बाँधेर राख्ने कला सिकेका छन् । दर्शकको विश्वास जित्नु फलामको चिउरा चपाउनु जस्तै हो किनकि एक पटक निराश भएको दर्शकलाई पुनः हलसम्म फर्काउन निकै कठिन हुन्छ । पछिल्ला केही प्रयोगले के पुष्टि गरेका छन् भने दर्शक मनोरञ्जनभन्दा पनि कथ्यको गहिराइ खोजिरहेका छन् ।

निर्देशक ज्ञानेन्द्र देउजाका अनुसार अहिले वर्षमा सयको हाराहारीमा चलचित्र बन्छन्, धेरैले रोजगारी पाउनुभएको छ । चलचित्र क्षेत्रमा लाग्नुभएका प्राविधिक, कलाकारहरू बाँच्ने आधार प्रशस्त छन् । “हामी चलचित्र क्षेत्रमा लाग्दा यसलाई पेसा नै बनाउन सकिन्छ भन्ने अवस्था थिएन । सोखको रूपमा अथवा दुई/चार पैसा कमाउने भन्ने हिसाबले मात्र यो क्षेत्रमा लागिन्थ्यो । अहिले यो क्षेत्र व्यावसायिकतातर्फ अग्रसर भएको छ, जुन चलचित्रकर्मीहरूका लागि एकदमै राम्रो ठहर भएको छ,” उहाँले भन्नुभयो ।

नेपाल चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनका अनुसार अहिले चलचित्रको ट्रेन्ड बदलिएको छ । विश्वकपले गर्दा चलचित्र क्षेत्रमा अहिले केही उत्साह कम भए पनि राम्रा चलचित्र प्रदर्शन भएका छन् । अहिले प्रविधिले चलचित्रलार्ई माथि उठाउने काम गरेको उहाँले बताउनुभयो ।

चलचित्र केवल पर्दामा देखिने केही फ्रेम मात्र होइन, यो त देशको आत्मा बोल्ने भाषा हो । नेपाली चलचित्रको विकास हुनु भनेको हाम्रो कला, संस्कृति र भविष्यको संरक्षण हुनु हो । चलचित्रकर्मीहरूको काँधमा अब केवल चलचित्र बनाउने मात्र होइन, बरु यस उद्योगलाई सम्मानित, व्यवस्थित र विश्वस्तरीय बनाउने सामूहिक जिम्मेवारी थपिएको छ ।

डिजिटल क्रान्तिसँगै नयाँ पुस्ताले ल्याएको फरक सोच र शैलीले चलचित्रको क्यानभासलाई फराकिलो बनाएको छ । पछिल्ला केही वर्षमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा नेपाली उपस्थिति उत्साहजनक छ । हाम्रा ग्रामीण जीवनका सङ्घर्ष, राजनीतिक उतारचढाव, वैदेशिक रोजगारीको पीडा र पारिवारिक जटिलताका कथाहरूले विश्वभरका दर्शकलाई आकर्षित गरिरहेका छन् ।

यद्यपि यति ठुलो सम्भावना बोकेर पनि हाम्रो उद्योग अझै पनि अव्यवस्थित छ । राज्यका तर्फबाट आवश्यक नीतिगत सहयोग र व्यवस्थित संरचना निर्माणमा भने अझै धेरै काम गर्न बाँकी छ । नेपाली चलचित्र अहिले एउटा यस्तो मोडमा छ जहाँबाट यसले विश्व बजारलाई चुनौती दिन सक्छ । अबको यात्रा केवल कथा भन्नेमा मात्र सीमित नरहेर नेपाली चलचित्रलाई

ब्रान्डका रूपमा स्थापित गर्नेतर्फ केन्द्रित हुनु पर्छ । यो उद्योग अब केवल बिक्ने कथाको खोजीमा होइन, कल्पिने र सुनाउने कथाको शक्तितर्फ अगाडि बढ्दै छ ।

शनिबार, असार २७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.