• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

भदौ २६ मा आउँदै ‘माया भनेकै यस्तो होला’, सार्वजनिक भयो नयाँ पोस्टर

  •   शनिबार, असार २७, २०८३ मा प्रकाशित

काठमाडौं । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘माया भनेकै यस्तो होला’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले मुख्य कलाकारहरूलाई समेटिएको पोस्टर सार्वजनिक गर्दै चलचित्रको प्रचारलाई तीव्र बनाएको हो।

सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य पात्र दील श्रेष्ठ विवाहअघिको हल्दी समारोहमा देखिएका छन्। उनीसँगै मदनकृष्ण श्रेष्ठ, लक्ष्मी गिरी, सृष्टि श्रेष्ठ, नीति शाह र नम्रता श्रेष्ठ पनि पोस्टरमा अटाएका छन्। हल्दी समारोहको उल्लासपूर्ण वातावरण, आकर्षक सजावट र पात्रहरूको पहिरनले सम्पन्न परिवारमा विवाहको तयारी भइरहेको संकेत गर्छ।

पोस्टरमा नम्रता श्रेष्ठ हुनेवाला दुलाहाका लागि पुष्पगुच्छ बोकेर उभिएकी छन् भने मदनकृष्ण श्रेष्ठ ह्विलचेयरमा देखिएकाले उनको पात्र शारीरिक रूपमा अशक्त रहेको अनुमान गर्न सकिन्छ। समग्रमा पोस्टरले चलचित्र पारिवारिक सम्बन्ध, प्रेम र भावनामा केन्द्रित पारिवारिक ड्रामा रहेको झल्को दिन्छ।

अभिनेत्री रेखा थापाको निर्देशनमा बनेको यो चलचित्रबाट उनी करिब आठ वर्षपछि निर्देशनमा फर्किएकी हुन्। यसअघि उनले ‘हिम्मतवाली’ र ‘मालिका’ निर्देशन गरिसकेकी छन्। ‘माया भनेकै यस्तो होला’ उनको तेस्रो निर्देशकीय फिचर फिल्म हो। यसपटक उनले आफ्नै ब्यानर रेखा फिल्मस्भन्दा बाहिर रहेर दिया एण्ड अमु फिल्मस्को ब्यानरमा चलचित्र निर्देशन गरेकी हुन्।

चलचित्रमा मदनकृष्ण श्रेष्ठ, दील श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ तथा पूर्व मिस नेपाल इन्टरनेसनल नीति शाह मुख्य भूमिकामा छन्। विशेष भूमिकामा पूर्व मिस नेपाल उषा खड्गीको अभिनय रहेको छ। साथै लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेललगायत कलाकारको पनि अभिनय रहेको छ।

दिया एण्ड अमु फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ हुन्। चलचित्रले सुमधुर प्रेमकथामार्फत पारिवारिक सम्बन्ध, सामाजिक भावना र समकालीन परिवेशलाई प्रस्तुत गर्ने निर्माण पक्षको दाबी छ।

चलचित्रको पटकथा ध्रुव लम्सालले लेखेका हुन्। सुदीप बरालको छायांकन, प्रशान्त सिवाकोटीको संगीत, अनिरुद्ध आत्रेयको प्रमुख सहायक निर्देशन, राजन घिमिरेको फिल्म संयोजन, सुजेनी मल्लको ड्रेस डिजाइन, प्रिया कार्कीको मेकअप तथा चुडामणि (सीएम)को प्रोडक्सन व्यवस्थापन रहेको छ।

हाल पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा रहेको चलचित्रलाई रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले देशभर वितरण गर्नेछन्।

शनिबार, असार २७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.