• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

अलैँचीले फेरिँदै लमजुङका किसानको दैनिकी

  •   बुधबार, असार ३१, २०८३ मा प्रकाशित

लमजुङ- ‘कालो सुन’का रूपमा परिचित अलैँचीले लमजुङका किसानको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । विसं २०४१ देखि जिल्लामा विस्तार हुन थालेको सो खेती अहिले प्रमुख नगदेबालीका रूपमा स्थापित भएको छ ।

पहाडी भूगोल, चिस्यानयुक्त वातावरण तथा खोल्सा–खोल्सी र छायाँ पर्ने जमिन अलैँची खेतीका लागि उपयुक्त मानिन्छ । यही कारण जिल्लामा यसको खेती विस्तार हुँदै गएको छ । वैदेशिक रोजगारीबाट फर्किएका युवा त्यस खेतीतर्फ आकर्षित हुन थालेपछि लमजुङ अलैँची उत्पादनको महत्वपूर्ण क्षेत्रका रूपमा परिचित बन्दै गएको छ ।

मर्स्याङ्दी गाउँपालिका–७ छिनखोलाका अजय तामाङ दुबईबाट फर्किएर नगदेबालीमा लाग्नुभएको छ । उहाँले ४० रोपनीमा अलैँची खेती विस्तार गर्नुभएको छ । दाना र बिरुवा बिक्रीबाट उहाँले वार्षिक करिब रु १५ लाख बराबर आम्दानी गर्दै आउनुभएको छ ।

उहाँ नेपाल अलैँची व्यवसायी महासङ्घ गण्डकी प्रदेशका संयोजक हुनुहुन्छ भने यसअघि लमजुङ शाखाको अध्यक्षको जिम्मेवारी पनि सम्हालिसक्नुभएको छ ।

उहाँका अनुसार केही वर्षअघि गाउँमै पर्याप्त आम्दानीको आधार नभएपछि रोजगारीका लागि गाउँ छाडेर सहर जानुपरेको थियो । अलैँची खेतीको सम्भावना देखेर उहाँ गाउँ फर्किनुभएको हो । अहिले यही व्यवसायबाट परिवारको खर्च धान्दै सम्मानजनक आम्दानी गर्न सफल भएको र गाउँमै बसेर पनि राम्रो भविष्य बनाउन सकिने उहाँले बताउनुभयो ।

नेपाल अलैँची व्यवसायी महासङ्घ लमजुङका अध्यक्ष सोमबहादुर तामाङ पनि वैदेशिक रोजगारीबाट फर्किएर अलैँची खेतीमा सफल हुनुभएको छ । दश वर्ष मलेसियामा रोजगारी गरेर फर्किनुभएका उहाँले बेँसीसहर नगरपालिका–१० खाँचेमा २५ वर्षदेखि उक्त खेती गर्दै आउनुभएको छ ।

एक रोपनीबाट सुरु गरिएको खेती अहिले ३० रोपनीभन्दा बढी क्षेत्रफलमा विस्तार भएको छ । केही वर्षअघि रोगका कारण पुराना बोट हटाएर नयाँ बिरुवा लगाउनुपरे पनि अहिले बगान पुनः राम्रो अवस्थामा पुगेको छ । यस वर्ष उहाँले थप नयाँ बिरुवासमेत रोप्नुभएको छ ।

उहाँका अनुसार रोग लाग्नुअघि गाउँका धेरै किसानले वार्षिक रु १५ लाखभन्दा बढी आम्दानी गर्ने गरेका थिए । पछिल्ला केही वर्ष रोग र मूल्यका कारण आम्दानी घटे पनि यस वर्ष उत्पादन र मूल्य दुवैमा सुधार आएपछि किसान उत्साहित भएका छन् ।

सो खेतीबाट प्राप्त आम्दानीले उहाँले चितवनमा एक कट्ठा जग्गा खरिद गर्नुभएको छ भने गाउँमै चारकोठे घर निर्माण गर्नुभएको छ । विदेशमा भन्दा आफ्नै गाउँमा परिवारसँग बसेर कृषि व्यवसाय गर्दा कम दुःखमा राम्रो आम्दानी गर्न सकिने अनुभव उहाँको छ ।

अलैँची खेतीकै कारण पहिले बाझिँदै गएका पाखापखेरा अहिले हराभरा बगानमा परिणत भएका छन् । गाउँ छाडेर गएका केही युवा पनि फर्किएर खेतीमा लाग्न थालेका छन् । यसले गाउँ उजाडिनबाट जोगाउनाका साथै स्थानीयस्तरमै रोजगारी र आम्दानीका अवसर बढाएको उहाँले बताउनुभयो ।

मर्स्याङ्दी गाउँपालिका–७ छिनखोलाकी चित्रमाया तामाङले चालु आर्थिक वर्षमा जिल्लामै सबैभन्दा बढी रु २० लाख बराबरको अलैँची बिक्री गर्नुभयो ।

जिल्लाका आस गुरुङ, कामरासी गुरुङ, दिलमाया गुरुङ र भुपाल कुँवरलगायतका किसानले पनि यस खेतीबाट वार्षिक रूपमा राम्रो आम्दानी गर्दै आउनुभएको छ । जिल्लामा सबैभन्दा बढी अलैँची उत्पादन र कारोबार मस्र्याङ्दी गाउँपालिकामा हुने गरेको उहाँको भनाइ छ ।

मर्स्याङ्दी गाउँपालिका–५ का गज घले पनि पाँच वर्षअघि वैदेशिक रोजगारीबाट फर्किएपछि अलैँची खेतीमा लाग्नुभएको हो । हाल सात रोपनी क्षेत्रफलमा अलैँची खेती गर्दै आउनुभएका उहाँले वार्षिक रु पाँच लाखसम्म आम्दानी गर्दै आउनुभएको छ ।

विदेशको रोजगारी छाडेर आफ्नै गाउँमा अलैँची खेती गर्दै परिवारसँग बस्न पाउँदा सन्तुष्ट रहेको र आगामी दिनमा व्यवसायलाई अझ विस्तार गर्ने सोच रहेको उहाँले जानकारी दिनुभयो ।

मर्स्याङ्दी गाउँपालिका–७ लुदीका सोमबहादुर तामाङले पनि मलेसियामा १० वर्ष रोजगारी गरेपछि स्वदेश फर्किएर अलैंची खेतीलाई व्यावसायिक बनाउनुभएको हो । एक रोपनीबाट सुरु गरिएको खेती अहिले ३० रोपनीभन्दा बढीमा विस्तार भएको छ । यस वर्ष चार क्विन्टलभन्दा बढी अलैँची उत्पादन हुने र करिब रु आठ लाख आम्दानी हुने उहाँले सुनाउनुभयो ।

उहाँका अनुसार विदेशमा भन्दा आफ्नै गाउँमा परिवारसँग बसेर कम दुःखमा राम्रो आम्दानी गर्न सकिएको छ । अलैँची खेतीबाट घरपरिवारको खर्च धान्नुका साथै अन्य कृषि व्यवसाय विस्तार गर्न पनि सहज भएको उहाँको अनुभव छ ।

कम लगानी र तुलनात्मक रूपमा कम मिहिनेतमै राम्रो आम्दानी गर्न सकिने भएकाले अलैँची खेतीको भविष्य राम्रो रहेको उहाँले बताउनुभयो । मूल्यमा हुने उतारचढाव, रोग व्यवस्थापन र उत्पादनमा आउने कमी अझै पनि कृषकका मुख्य चुनौतीका रूपमा छन् ।

केही वर्षअघि रोगका कारण धेरै बगान प्रभावित भए पनि अहिले नयाँ बिरुवा विस्तार भएसँगै उत्पादन क्रमशः सुधार हुँदै गएको छ । विगतका केही वर्ष मूल्य सन्तोषजनक नभए पनि यस वर्ष प्रतिकिलो रु एक हजार ८०० देखि रु दुई हजार ५०० बराबरको मूल्य पाएपछि किसान उत्साहित भएका छन् ।

राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ लमजुङका कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा उत्पादित १३५ मेट्रिकटन अलैँची बिक्रीबाट रु २४ करोड ३० लाख बराबरको आम्दानी भएको छ । गत आर्थिक वर्षको तुलनामा उत्पादन घटे पनि मूल्य बढेका कारण किसानको आम्दानी बढेको उहाँको भनाइ छ ।

छिमेकी मुलुक भारतमा समेत अलैँची उत्पादन घटेकाले माग बढ्दा यहाँका किसानले राम्रो मूल्य पाएका हुन् । कृषि अधिकृत मिजारका अनुसार उत्पादन वृद्धि, रोग व्यवस्थापन, गुणस्तरीय बिरुवा उपलब्ध गराउने तथा प्राविधिक सहयोगलाई प्राथमिकताका साथ अघि बढाइएको छ । किसानलाई आवश्यक तालिम, सचेतनामूलक कार्यक्रम तथा विभिन्न सहयोग उपलब्ध गराउँदै सो खेतीको उत्पादन र गुणस्तर सुधारमा काम भइरहेको उहाँले बताउनुभयो ।

परियोजनाका अनुसार जिल्लामा हाल ७५० हेक्टर क्षेत्रफलमा अलैँची खेती भइरहेको छ भने ३७५ हेक्टर क्षेत्रफलमा उत्पादन भइरहेको छ ।

मर्स्याङ्दी गाउँपालिका, बेँसीसहर नगरपालिका, क्होलासोथर गाउँपालिका, दूधपोखरी गाउँपालिका र दोर्दी गाउँपालिकालाई अलैँची जोन क्षेत्रका रूपमा घोषणा गरिएको छ ।

लमजुङमा ७०० देखि एक हजार २०० मिटर उचाइमा साउने, जिर्मले र डम्बरशाही, एक हजार २०० देखि एक हजार ६०० मिटर उचाइमा गोलशाही तथा एक हजार ६०० देखि दुई हजार २०० मिटर उचाइमा रामशाही र भलाङे जातका अलैँची खेती हुँदै आएको छ ।

अलैँची खेतीले लमजुङका किसानलाई आयआर्जनको भरपर्दो आधार दिएको छ । यसले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई गाउँमै रोजगारी सिर्जना गर्न, बाँझो जमिनको सदुपयोग गर्न र ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुर्‍याएको छ ।

उत्पादन वृद्धि, रोग व्यवस्थापन, गुणस्तर सुधार र स्थिर बजार सुनिश्चित गर्न सके ‘कालो सुन’ अलैँचीले आगामी दिनमा लमजुङको ग्रामीण अर्थतन्त्रलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।

बुधबार, असार ३१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.