• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

टिकटकमा ‘नौतुना रेलैमा’को लहर, ‘पार्वती’को चर्चा चुलियो

  •   बुधबार, असार ३१, २०८३ मा प्रकाशित

काठमाडौं । अभिनेत्री तथा निर्देशक नीता ढुङ्गाना निर्देशित बहुप्रतीक्षित नेपाली चलचित्र ‘पार्वती’को चर्चित गीत ‘नौतुना रेलैमा’ सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल बनेको छ।

केही समयअघि ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको उक्त गीतमा हालसम्म ३० हजार २०० भन्दा बढी टिकटक भिडियो निर्माण भइसकेका छन्। टिकटकसँगै फेसबुक, युट्युब र अन्य सामाजिक सञ्जालमा पनि गीतले उल्लेखनीय लोकप्रियता हासिल गरिरहेको छ।

गीतको लोकप्रियतालाई थप उत्साहजनक बनाउन निर्माण टिमले ‘नौतुना रेलैमा टिकटक प्रतियोगिता’ समेत घोषणा गरेको थियो। प्रतियोगिताअन्तर्गत सहभागीले उक्त गीतमा सिर्जनात्मक भिडियो तयार गरी टिकटकमा पोस्ट गर्नुपर्ने व्यवस्था गरिएको छ।

निर्माण पक्षका अनुसार उत्कृष्ट तीन भिडियोलाई नगद पुरस्कार प्रदान गरिनेछ। प्रथम हुनेले ५० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गर्नेछन्। साथै पाँच जना सहभागीलाई चलचित्र **‘पार्वती’**को निःशुल्क टिकट उपलब्ध गराइने जनाएको छ।

प्रतियोगितामा सहभागी हुन भिडियो पोस्ट गर्दा #पार्वती, #भाद्र१२ र #नौतुना_रेलैमा ह्यासट्याग अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने निर्माण पक्षले जनाएको छ। उत्कृष्ट भिडियोको सिर्जनात्मकता र प्राप्त भ्युजका आधारमा विजेता छनोट गरिनेछ।

सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार नीता ढुङ्गाना, दीपाश्री निरौला, अञ्जली अधिकारी, सिरु विष्ट, बसुन्धरा भुसाल, आशा पौडेल, अशोक दर्जी र क्रिमसन श्रेष्ठको नृत्य देख्न सकिन्छ। विवाहको अवसरमा खेलिने नेपाली रत्यौली संस्कृतिलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको गीतमा दीपाश्री निरौला पुरुषको भेषमा देखिएकी छन् भने नीता ढुङ्गाना परम्परागत महिला पहिरनमा प्रस्तुत भएकी छन्।

नीता ढुङ्गानाको कथा तथा निर्देशनमा बनेको चलचित्र ‘पार्वती’मा उनी स्वयं मुख्य भूमिकामा छिन्। फिल्ममा दीपाश्री निरौला, अशोक दर्जी, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेललगायत कलाकारको अभिनय रहेको छ।

चलचित्रको पटकथा शिवम् अधिकारीले लेखेका हुन्। सुदीप बरालको छायांकन, रामजी लामिछानेको नृत्य निर्देशन रहेको फिल्मका कार्यकारी निर्माता शंकर पाण्डे तथा निर्माता हरिहर अधिकारी हुन्।

नीता फिल्म्सको प्रस्तुति रहेको चलचित्र ‘पार्वती’ आगामी भदौ १२ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ। गीतको बढ्दो लोकप्रियतासँगै चलचित्रप्रति दर्शकको उत्सुकता पनि बढ्दै गएको निर्माण टिमको विश्वास छ।

बुधबार, असार ३१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.