• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

इङ्ग्ल्यान्डलाई अन्तिम मिनेटमा हराउँदै अर्जेन्टिना विश्वकप फाइनलमा

  •   बिहिबार, असार ३२, २०८३ मा प्रकाशित

काठमाडौं । साविक विजेता अर्जेन्टिनाले इन्जुरी समयमा गरेको निर्णायक गोलको मद्दतले इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ।

अटलान्टा स्टेडियममा बुधबार बिहान सम्पन्न दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले रोमाञ्चक पुनरागमन गर्दै स्पेनसँगको उपाधि भिडन्त पक्का गरेको हो। अब दुवै टोली आगामी आइतबार न्युयोर्क–न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा विश्वकप उपाधिका लागि आमनेसामने हुनेछन्।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ५५औँ मिनेटमा मोर्गन रोजर्सको उत्कृष्ट क्रसलाई एन्थोनी गोर्डनले गोलमा परिणत गर्दै इङ्ग्ल्यान्डलाई अग्रता दिलाएका थिए।

गोल खाएपछि अर्जेन्टिनाले लगातार दबाब बढायो। खेल सकिन पाँच मिनेट बाँकी रहँदा कप्तान लियोनेल मेसीको पासमा एन्जो फर्नान्डेजले बक्सबाहिरबाट आकर्षक प्रहार गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।

खेल अतिरिक्त समयमा पुग्ने लगभग निश्चित देखिएको अवस्थामा इन्जुरी समयको दोस्रो मिनेट (९०+२) मा फेरि मेसीकै उत्कृष्ट पासमा मैदान छिरेका वैकल्पिक खेलाडी लाउटारो मार्टिनेजले विजयी गोल गर्दै अर्जेन्टिनालाई २–१ को ऐतिहासिक जित दिलाए।

यो जितसँगै अर्जेन्टिना विश्वकपको इतिहासमा सातौँ पटक फाइनल पुग्न सफल भएको छ। यता, करिब ६ दशकपछि फाइनल पुग्ने इङ्ग्ल्यान्डको सपना अन्तिम क्षणमा अधुरै रह्यो।

खेलमा दुई असिस्ट गरेका लियोनेल मेसी ‘प्लेयर अफ द म्याच’ घोषित भए। ३९ वर्ष २१ दिनका मेसी विश्वकपको सेमिफाइनल खेल्ने इतिहासकै सबैभन्दा पाका खेलाडी पनि बने। उनले सन् १९५८ मा फ्रिट्ज वाल्टर र गुनार ग्रेनले बनाएको ३७ वर्ष २३६ दिनको कीर्तिमान तोडे।

उता, इङ्ग्ल्यान्डका कप्तान ह्यारी केनले आफ्नो १२१औँ अन्तर्राष्ट्रिय खेल खेल्दै देशका लागि सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने आउटफिल्ड खेलाडीको नयाँ कीर्तिमान कायम गरे।

खेलपछि मेसीले टोलीको प्रदर्शनप्रति गर्व व्यक्त गर्दै भने, “यो हाम्रो देश र समर्थकका लागि अविस्मरणीय क्षण हो। यो टोलीले हरेक पटक आफूलाई उत्कृष्ट सावित गरिरहेको छ।”

इङ्ग्ल्यान्डका प्रशिक्षक थोमस टुहेलले अग्रता लिएपछि आफ्नो टोलीले खेल नियन्त्रणमा राख्न नसकेको र अत्यधिक रक्षात्मक बन्दा हार व्यहोर्नुपरेको बताए।

अब विश्वकपको बहुप्रतीक्षित फाइनलमा अर्जेन्टिनाले स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

बिहिबार, असार ३२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.