• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

ओएसआर डिजिटलले महँगो मूल्यमा किन्यो ‘म मदनकृष्ण’को डिजिटल राइट्स

  •   बिहिबार, असार ३२, २०८३ मा प्रकाशित

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित बन्न लागेको बायोपिक चलचित्र ‘म मदनकृष्ण’को डिजिटल अधिकार कीर्तिमानी मूल्यमा बिक्री भएको छ। नेपालको अग्रणी डिजिटल प्लेटफर्म ओएसआर डिजिटलले चलचित्रको डिजिटल प्रदर्शन अधिकार उच्च मूल्यमा खरिद गरेको निर्माण पक्षले जनाएको छ।

भदौ दोस्रो सातादेखि छायांकन सुरु हुने तयारीमा रहेको चलचित्रलाई बायोपिक विधामा सफल निर्देशकका रूपमा परिचित मिलन चाम्सले निर्देशन गर्दैछन्। ७६ वर्षीय मदनकृष्ण श्रेष्ठको जीवन, संघर्ष, कला यात्रा र व्यक्तिगत पक्षलाई समेटेर चलचित्र निर्माण गर्न लागिएको हो।

निर्माण टिमका अनुसार चलचित्रमा मदनकृष्णको बाल्यकालदेखि सरकारी सेवामा बिताएको समय, हरिवंश आचार्यसँगको अविस्मरणीय सहकार्य, अन्तरजातीय विवाह तथा जीवनका उतारचढावलाई विस्तृत रूपमा प्रस्तुत गरिनेछ।

निर्देशक मिलन चाम्सले ओएसआर डिजिटलसँग भएको सम्झौता नेपाली चलचित्र उद्योगकै उल्लेखनीयमध्ये एक भएको बताए।

उनले भने, “ओएसआर डिजिटलले अहिलेसम्मकै उच्च मूल्यमा ‘म मदनकृष्ण’को डिजिटल अधिकार खरिद गरेको छ। यो केवल चलचित्रप्रतिको विश्वास मात्र होइन, मदनकृष्ण दाइको व्यक्तित्व र योगदानप्रतिको सम्मान पनि हो।”

नेपाली चलचित्र इतिहासमा कुनै चर्चित अभिनेताको जीवनमा आधारित बायोपिक निर्माण हुन लागेको यो पहिलो अवसर भएको निर्माण पक्षको दाबी छ। यसअघि गायक भक्तराज आचार्यको जीवनमा आधारित चलचित्र ‘आचार्य’ निर्माण भएको थियो भने अन्य क्षेत्रका केही व्यक्तित्वमाथि पनि बायोपिक बनेका छन्।

चलचित्रमा महेश त्रिपाठीले मदनकृष्ण श्रेष्ठको भूमिका निर्वाह गर्नेछन् भने केकी अधिकारीले उनकी पत्नी यशोदा श्रेष्ठको भूमिका निभाउनेछिन्।

मदनकृष्णसँग लामो समयदेखि सहकार्य गर्दै आएका हरिवंश आचार्यको भूमिकामा कसले अभिनय गर्ने भन्ने विषय भने निर्माण टिमले हालसम्म गोप्य राखेको छ।

चलचित्रमा राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ र देशभक्त खनालको पनि अभिनय रहनेछ।

भिन्टेज मोसन पिक्चर्सको प्रस्तुतिमा निर्माण हुने चलचित्रका निर्माता राजकुमार श्रेष्ठ हुन्। चलचित्रको कथा तथा पटकथा यम थापाले लेखेका छन्। पदमबहादुर श्रेष्ठ (बाबु श्रेष्ठ) छायांकन निर्देशक, मिलन श्रेष्ठ सम्पादक, अलिश कार्की ब्याकग्राउन्ड म्युजिक कम्पोजर तथा भरत कँडेल साउन्ड डिजाइनर रहेका छन्।

भदौ दोस्रो साताबाट छायांकन सुरु हुने चलचित्रलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले देशव्यापी रूपमा वितरण गर्नेछन्।

बिहिबार, असार ३२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.