• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

८ स्क्रिन, लक्जरी सुविधा र अत्याधुनिक प्रविधिसहित सञ्चालनमा गुण सिनेमा

  •   शुक्रबार, साउन ०१, २०८३ मा प्रकाशित

काठमाडौं, साउन १ । ललितपुरको ग्वार्कोस्थित गुण सिनेमा तीन वर्षपछि नयाँ स्वरूपमा पुनः सञ्चालनमा आएको छ। अत्याधुनिक प्रविधिसहित ८ वटा स्क्रिनसहितको मल्टिप्लेक्स बिहीबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो।

वि.सं. २०५२ सालमा स्थापना भएको गुण सिनेमाले करिब २७ वर्षसम्म निरन्तर सेवा दिएको थियो। नयाँ भवन निर्माणका लागि २०७९ सालमा बन्द गरिएको सिनेमा अब थप सुविधा र आधुनिक प्रविधिसहित पुनः सञ्चालनमा आएको हो।

सञ्चालन उद्घाटनका अवसरमा गुण सिनेमा प्रालिका अध्यक्ष राजेन्द्र (दिजेन्द्र) शाक्यले नयाँ भवनसँगै दर्शकलाई अझ स्तरीय चलचित्र अनुभव दिने उद्देश्य राखिएको बताए।

उनले भने, “नयाँ भवन निर्माणका कारण केही वर्ष दर्शकलाई असुविधा भयो। अब हामी थप एक स्क्रिनसहित फर्किएका छौँ। दर्शकले आफ्नो रुचिअनुसारका नेपाली तथा विदेशी चलचित्र उत्कृष्ट वातावरणमा हेर्न सक्नेछन्।”

देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सको व्यवस्थापनमा सञ्चालन हुने गुण सिनेमामा ४१ देखि २६० सिट क्षमताका ८ वटा हल रहेका छन्।

हलमा बार्को २के लेजर प्रोजेक्टर, जीडीसी सर्भर, जेबीएल स्पिकर, डीटीएस–एक्स इमर्सिभ साउन्ड सिस्टम तथा गालालाइट सिल्भर स्क्रिन जडान गरिएको छ। साथै, प्रिमियम सोफा सिट, पूर्ण वातानुकूलित हल, आकर्षक लबी र हिमालयन जाभासहितका फुड तथा स्न्याक्स सेवाको पनि व्यवस्था गरिएको छ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले आधुनिक सुविधा सम्पन्न नयाँ गुण सिनेमाले नेपाली चलचित्र उद्योगलाई थप ऊर्जा दिने विश्वास व्यक्त गरे। नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनले पनि नयाँ मल्टिप्लेक्सले चलचित्र बजार विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

त्यस्तै, क्यूएफएक्सका प्रमुख नकिम उद्दिनले दरबार सिनेम्याक्सपछि गुण सिनेमासँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै गुण सिनेमा सधैँ गुणस्तरीय सेवा र प्रविधिको पक्षमा रहेको बताए।

गुण सिनेमामा यसअघि एउटै परिसरमा ७ वटा हल सञ्चालनमा थिए। काठमाडौं उपत्यकासहित काभ्रे, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुलीबाट समेत ठूलो संख्यामा दर्शक यहाँ चलचित्र हेर्न आउने गरेका थिए। निर्माता छविराज ओझाले नयाँ स्वरूपमा गुण सिनेमाको पुनः सञ्चालनसँगै नेपाली चलचित्रको स्वर्णिम व्यापारिक वातावरण फेरि फर्किने विश्वास व्यक्त गरे।

हाल पुनः सञ्चालनमा आएको गुण सिनेमामा नेपाली चलचित्र ‘गौँथली’, हिन्दी चलचित्र ‘धमाल ४’ र हलिउड चलचित्र ‘द ओडिसी’ प्रदर्शन भइरहेका छन्।

शुक्रबार, साउन ०१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.