• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

बलिराम चौहानको नयाँ फिल्म ‘ल्याङ्ग ल्याङ्ग’मा सन्तोष बानियाँको मुख्य भूमिका

  •   सोमबार, साउन ०४, २०८३ मा प्रकाशित

काठमाडौं । निर्देशक बलिराम चौहानको नयाँ नेपाली चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’ मा अभिनेता सन्तोष बानियाँ मुख्य भूमिकामा अनुबन्धित भएका छन्। सोमबार निर्माण पक्ष र सन्तोषबीच औपचारिक सम्झौता भएसँगै उनी चलचित्रमा आबद्ध भएका हुन्।

यसअघि नै अभिनेता रियान गिरी मुख्य भूमिकाका लागि अनुबन्धित भइसकेका छन्। विशेष कुरा, सन्तोष र रियान दुवैले नेपाली चलचित्र क्षेत्रमा ‘होस्टेल ३’ बाट एकसाथ डेब्यु गरेका कलाकार हुन्।

रङ्गमञ्च, टेलिसिरियल र म्युजिक भिडियोमार्फत अभिनय यात्रा अघि बढाएका सन्तोषले ‘होस्टेल ३’पछि ‘गोबर गणेश’ र ‘कस्तुरी’ मा अभिनय गरिसकेका छन्। यसअघिका चलचित्रमा सहायक भूमिकामा देखिएका उनी ‘ल्याङ्ग ल्याङ्ग’मा पहिलोपटक मुख्य पात्रको रूपमा प्रस्तुत हुन लागेका हुन्।

निर्देशक चौहानका अनुसार पात्रको मनोविज्ञानलाई गहिरोसँग आत्मसात् गर्न सक्ने क्षमता भएकै कारण सन्तोषलाई मुख्य भूमिकामा छनोट गरिएको हो।

स्काइफल पिक्चर्सको प्रस्तुति रहने चलचित्रको स्लोगन ‘हरेक युवाको कथा’ राखिएको छ। चलचित्रले नेपाली युवापुस्ताको मित्रता, सम्बन्ध, मानसिक दबाब, संघर्ष र दैनिक जीवनका उतारचढावलाई केन्द्रमा राखेर कथा प्रस्तुत गर्नेछ।

यसअघि सार्वजनिक गरिएको थिम पोस्टरमा रहेको ‘पालना गर्ने वाचा र बाँच्ने उद्देश्य : यो जीवनको लागि यति मात्र हो’ भन्ने सन्देशले प्रेम, विश्वासघात र त्यसपछि उत्पन्न हुने मानसिक द्वन्द्वलाई चलचित्रको मुख्य विषयवस्तु बनाइएको संकेत गर्छ।

निर्देशक बलिराम चौहानले गत वर्ष ‘द ब्ल्यू लाइट’ मार्फत निर्देशनमा डेब्यु गरेका थिए। उक्त चलचित्रले समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाए पनि प्रदर्शनको समय र राजनीतिक माहोलका कारण अपेक्षित व्यावसायिक सफलता हासिल गर्न सकेको थिएन। यसपटक भने ‘ल्याङ्ग ल्याङ्ग’मार्फत फरक स्वादको कथा लिएर दर्शकमाझ आउने तयारीमा उनी छन्।

चलचित्रको कथा बलिराम चौहान र उपाश्री खतिवडाले संयुक्त रूपमा लेखेका हुन्। हाल चलचित्रको प्रि–प्रोडक्सन र कास्टिङको काम तीव्र रूपमा भइरहेको निर्माण पक्षले जनाएको छ।

निर्देशक चौहानले भने, “अहिले कलाकार र प्राविधिक टोलीलाई पूर्णता दिने काम भइरहेको छ। केही स्थापित र केही नयाँ प्रतिभासँग छलफल जारी छ। सम्पूर्ण टिमको घोषणा गरेपछि छायांकन सुरु गर्नेछौँ।”

सोमबार, साउन ०४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.