• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. ‘चमेलीको पोइ’को शीर्ष गीत ‘ओइ ओइ चमेली’ सार्वजनिक, सुरक्षा–मुकुनको केमिस्ट्री आकर्षण

  • ६. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ७. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ८. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ९. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • १०. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

विश्वकप लिग–२ : नेपाल आज नामिबियासँग भिड्दै

  •   मङ्गलबार, साउन ०५, २०८३ मा प्रकाशित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा सुरु भएको त्रिदेशीय शृंखलामा नेपालले आज आफ्नो पहिलो खेल नामिबियाविरुद्ध खेल्दैछ। नेपाली समयअनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ।

त्रिदेशीय शृंखलामा आयोजक नेदरल्यान्ड्ससँगै नेपाल र नामिबियाको सहभागिता रहेको छ। लिग–२ अंकतालिकामा पाँचौं स्थानमा रहेको नेपालका लागि शीर्ष चारभित्र रहँदै विश्वकप ग्लोबल क्वालिफायरमा स्वतः स्थान बनाउन बाँकी खेलहरू अत्यन्त महत्वपूर्ण छन्।

नेपालले गत जेठमा कीर्तिपुरमा सम्पन्न घरेलु शृंखलामा उत्कृष्ट प्रदर्शन गर्दै ओमान, यूएई, अमेरिका र स्कटल्यान्डविरुद्ध खेलेका आठमध्ये छ खेल जितेको थियो। त्यसअघि सातौं स्थानमा रहेको नेपाल अहिले पाँचौं स्थानमा उक्लिएको छ।

घरेलु मैदानमा देखाएको लयलाई नेदरल्यान्ड्समा पनि कायम राख्न सके नेपालले शीर्ष चारमा पुग्ने सम्भावना बलियो बनाउन सक्नेछ।

नेपालले नामिबियाविरुद्धको खेलपछि साउन ७ गते नेदरल्यान्ड्ससँग, साउन ११ गते पुनः नामिबियासँग र साउन १३ गते दोस्रो पटक नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।

हाल २८ खेलबाट २४ अंक जोडेको नेपाल पाँचौं स्थानमा छ। समान खेलबाट ३२ अंकसहित नेदरल्यान्ड्स तेस्रो स्थानमा छ भने २२ अंक जोडेको नामिबिया सातौं स्थानमा रहेको छ।

अंकतालिकाको शीर्ष स्थानमा रहेको अमेरिकाको ३२ खेलबाट ४३ अंक छ। स्कटल्यान्ड ३८ अंकसहित दोस्रो, ओमान ३१ अंकसहित चौथो, क्यानडा २४ अंकसहित छैटौं तथा यूएई १४ अंकसहित आठौं स्थानमा छन्।

लिग–२ अन्तर्गत प्रत्येक टोलीले ३६–३६ खेल खेल्नेछन्। नेपालले अझै आठ खेल खेल्न बाँकी छ। विश्वकप ग्लोबल क्वालिफायरमा स्वतः छनोट हुन नेपालले बाँकी खेलहरूमा उत्कृष्ट नतिजा निकाल्नुपर्ने दबाब छ। यद्यपि शीर्ष ६ स्थानभित्र रहे एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता भने कायम रहनेछ।

रोहितकुमार पौडेलको कप्तानीमा रहेको १५ सदस्यीय नेपाली टोलीमा उपकप्तान दीपेन्द्रसिंह ऐरी छन्। टोलीमा सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, सोमपाल कामी, गुल्सन झा, करण केसी, ललित राजवंशी, भीम सार्की, अर्जुन कुमाल, विनोद भण्डारी, इशान पाण्डे र नन्दन यादव पनि समावेश छन्।

यसका अतिरिक्त सुन्दीप जोरा, शाहब आलम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्रीलाई वैकल्पिक खेलाडीका रूपमा राखिएको छ।

मङ्गलबार, साउन ०५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त
आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ
सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    ‘चमेलीको पोइ’को शीर्ष गीत ‘ओइ ओइ चमेली’

  • ६.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

भर्खरै

  • १.
    रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त

  • २.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • ३.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ४.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ५.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ६.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ७.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

  • ८.
    नागढुङ्गा सुरुङमार्ग उद्घाटन आज

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.