• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

विश्वकप लिग–२ : नेपाल आज नामिबियासँग भिड्दै

  •   मङ्गलबार, साउन ०५, २०८३ मा प्रकाशित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा सुरु भएको त्रिदेशीय शृंखलामा नेपालले आज आफ्नो पहिलो खेल नामिबियाविरुद्ध खेल्दैछ। नेपाली समयअनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ।

त्रिदेशीय शृंखलामा आयोजक नेदरल्यान्ड्ससँगै नेपाल र नामिबियाको सहभागिता रहेको छ। लिग–२ अंकतालिकामा पाँचौं स्थानमा रहेको नेपालका लागि शीर्ष चारभित्र रहँदै विश्वकप ग्लोबल क्वालिफायरमा स्वतः स्थान बनाउन बाँकी खेलहरू अत्यन्त महत्वपूर्ण छन्।

नेपालले गत जेठमा कीर्तिपुरमा सम्पन्न घरेलु शृंखलामा उत्कृष्ट प्रदर्शन गर्दै ओमान, यूएई, अमेरिका र स्कटल्यान्डविरुद्ध खेलेका आठमध्ये छ खेल जितेको थियो। त्यसअघि सातौं स्थानमा रहेको नेपाल अहिले पाँचौं स्थानमा उक्लिएको छ।

घरेलु मैदानमा देखाएको लयलाई नेदरल्यान्ड्समा पनि कायम राख्न सके नेपालले शीर्ष चारमा पुग्ने सम्भावना बलियो बनाउन सक्नेछ।

नेपालले नामिबियाविरुद्धको खेलपछि साउन ७ गते नेदरल्यान्ड्ससँग, साउन ११ गते पुनः नामिबियासँग र साउन १३ गते दोस्रो पटक नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।

हाल २८ खेलबाट २४ अंक जोडेको नेपाल पाँचौं स्थानमा छ। समान खेलबाट ३२ अंकसहित नेदरल्यान्ड्स तेस्रो स्थानमा छ भने २२ अंक जोडेको नामिबिया सातौं स्थानमा रहेको छ।

अंकतालिकाको शीर्ष स्थानमा रहेको अमेरिकाको ३२ खेलबाट ४३ अंक छ। स्कटल्यान्ड ३८ अंकसहित दोस्रो, ओमान ३१ अंकसहित चौथो, क्यानडा २४ अंकसहित छैटौं तथा यूएई १४ अंकसहित आठौं स्थानमा छन्।

लिग–२ अन्तर्गत प्रत्येक टोलीले ३६–३६ खेल खेल्नेछन्। नेपालले अझै आठ खेल खेल्न बाँकी छ। विश्वकप ग्लोबल क्वालिफायरमा स्वतः छनोट हुन नेपालले बाँकी खेलहरूमा उत्कृष्ट नतिजा निकाल्नुपर्ने दबाब छ। यद्यपि शीर्ष ६ स्थानभित्र रहे एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता भने कायम रहनेछ।

रोहितकुमार पौडेलको कप्तानीमा रहेको १५ सदस्यीय नेपाली टोलीमा उपकप्तान दीपेन्द्रसिंह ऐरी छन्। टोलीमा सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, सोमपाल कामी, गुल्सन झा, करण केसी, ललित राजवंशी, भीम सार्की, अर्जुन कुमाल, विनोद भण्डारी, इशान पाण्डे र नन्दन यादव पनि समावेश छन्।

यसका अतिरिक्त सुन्दीप जोरा, शाहब आलम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्रीलाई वैकल्पिक खेलाडीका रूपमा राखिएको छ।

मङ्गलबार, साउन ०५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.