• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. ‘चमेलीको पोइ’को शीर्ष गीत ‘ओइ ओइ चमेली’ सार्वजनिक, सुरक्षा–मुकुनको केमिस्ट्री आकर्षण

  • ७. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ८. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ९. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • १०. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

सञ्जय राईको डेब्यु निर्देशनमा ‘एक्का मिस्सी बादशाह’ घोषणा, साम्राज्ञी मुख्य भूमिकामा

  •   आइतबार, साउन १०, २०८३ मा प्रकाशित

काठमाडौं । निर्देशक सञ्जय राईले आफ्नो पहिलो निर्देशकीय चलचित्र ‘एक्का मिस्सी बादशाह’ निर्माणको घोषणा गरेका छन्। शनिबार आफ्नै जन्मदिनको अवसर पारेर काठमाडौंमा आयोजित विशेष कार्यक्रममा कलाकार तथा प्राविधिक टोली सार्वजनिक गर्दै निर्माण टिमले चलचित्रको औपचारिक घोषणा गरेको हो।

बेलायतमा बसोबास गर्दै आएका सञ्जय राई लामो समयदेखि चलचित्र निर्माण र निर्देशनप्रति सक्रिय रुचि राख्दै आएका थिए। विदेश बसाइँका बाबजुद उनले सिनेमाप्रतिको आफ्नो लगावलाई निरन्तरता दिँदै आएका थिए, र ‘एक्का मिस्सी बादशाह’ उनको पहिलो निर्देशकीय चलचित्र बन्न लागेको हो।

मोहिनीदेवी राईको प्रस्तुतिमा बन्ने यस चलचित्रमा अभिनेत्री साम्राज्ञी आरएल शाह मुख्य भूमिकामा रहनेछिन्। उनले चलचित्रमा ‘आश’ नामक पात्र निर्वाह गर्नेछिन्। निर्माण टिमले साम्राज्ञीको बोल्ड लुक्स सार्वजनिक गर्दै उनको पात्र साहसी, निडर र फरक शैलीको हुने जानकारी दिएको छ।

केही समयपछि नयाँ चलचित्रमा फर्किएकी साम्राज्ञीले आफूलाई मनपर्ने पात्र नपाएकै कारण अभिनयमा केही अन्तराल आएको बताइन्। यस पटक भने कथावस्तु र आफ्नो पात्रले प्रभावित पारेपछि चलचित्रमा आबद्ध भएको उनले स्पष्ट पारिन्।

उनले भनिन्, “म यो चलचित्र र यसको टिमसँग जोडिन पाउँदा निकै खुसी छु। सुरुमा केही अन्योलमा थिएँ, तर निर्देशकले पात्रबारे विस्तारमा बताएपछि मेरो सोच परिवर्तन भयो। स्क्रिप्ट पढेपछि त झन् यो पात्र निकै साहसी, बोल्ड र फरक रहेको महसुस भयो।”

निर्देशक सञ्जय राईका अनुसार चलचित्र आधुनिक युवापुस्ताको जीवन, प्रेम, मित्रता, पारिवारिक अपेक्षा र सामाजिक सञ्जालले सिर्जना गरेका चुनौतीहरूको वरिपरि घुम्नेछ। दुई साथीको जीवनयात्रा, उनीहरूले भोग्ने उतारचढाव र सफलतासम्मको संघर्षलाई चलचित्रले प्रस्तुत गर्ने उनले बताए।

चलचित्रको ट्यागलाइन ‘कोही जित्छन्, कोही हार्छन्, कोही बादशाह बन्छन्’ राखिएको छ, जसले कथाको मूल भावलाई प्रतिबिम्बित गर्ने निर्माण पक्षको विश्वास छ।

चलचित्रका कार्यकारी निर्माता सुदीप्ता, लाइन प्रोड्युसर एलोन गुरुङ र प्रोजेक्ट सुपरभाइजर सुपथ श्रेष्ठ हुन्। नरेन्द्र मैनालीले छायांकन गर्ने चलचित्रमा संगीत निकेश कार्की र रोमन बज्राचार्य, सम्पादन सुनिल शिवभक्ति तथा स्टाइलिङ आशिम रानाभाटको रहनेछ।

कार्यकारी निर्माता सुदीप्ताले ‘एक्का मिस्सी बादशाह’ आफ्नो लागि विशेष परियोजना भएको बताउँदै कार्यकारी निर्माताको रूपमा नेपाली चलचित्र क्षेत्रमा नयाँ यात्रा सुरु गर्न लागेको उल्लेख गरिन्।

निर्माण टिमले चलचित्रका लागि ‘क्रिश’ र ‘अर्जुन’ नामका दुई मुख्य पुरुष पात्रको खोजी भइरहेको जनाएको छ। ती भूमिकाका लागि खुला अडिसन आह्वान गरिएको छ भने अन्य कलाकार र थप विवरण आगामी दिनमा सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ।

‘एक्का मिस्सी बादशाह’को छायांकन आगामी फागुन महिनाबाट सुरु गर्ने तयारी गरिएको छ।

आइतबार, साउन १०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ
सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु
देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    ‘चमेलीको पोइ’को शीर्ष गीत ‘ओइ ओइ चमेली’

भर्खरै

  • १.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • २.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ३.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ४.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ५.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ६.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

  • ७.
    नागढुङ्गा सुरुङमार्ग उद्घाटन आज

  • ८.
    आज साउन ११ सोमबारको तपाइको राशिफल

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.