• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ७. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ८. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • ९. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • १०. बागमती सरकारबाट बाहिरियो एमाले, सबै मन्त्रीको सामूहिक राजीनामा

रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त

  •   मङ्गलबार, साउन १२, २०८३ मा प्रकाशित

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलामा नेपालले सोमबार नामिबियासँग रोमाञ्चक प्रतिस्पर्धामा ३ रनको हार बेहोरेको छ। नेदरल्यान्ड्सको उट्रेच्टमा भएको खेलमा अन्तिम बलसम्म संघर्ष गरे पनि नेपाल लक्ष्य भेट्टाउन असफल रह्यो।

टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २११ रन बनायो। जवाफमा नेपालले ६ विकेटको क्षतिमा २०८ रन मात्र जोड्न सक्यो। अन्तिम बलमा जितका लागि ५ रन आवश्यक भए पनि गुल्सन झाले एक रन मात्र जोड्न सकेपछि नेपाल ३ रनले पराजित भयो।

यो हारसँगै नेपालले प्रतियोगितामा लगातार तेस्रो हार व्यहोरेको छ। यसअघि नेपाल नामिबियासँग ८ विकेट र नेदरल्यान्ड्ससँग पनि पराजित भएको थियो। लगातारको हारपछि विश्वकप एकदिवसीय छनोटमा सिधै स्थान बनाउने नेपालको सम्भावना झन् कमजोर बनेको छ।

हाल नेपाल ३१ खेलबाट २४ अंकसहित अंकतालिकाको छैटौं स्थानमा झरेको छ। नामिबिया समान ३१ खेलबाट २६ अंक जोड्दै पाँचौं स्थानमा उक्लिएको छ। नेदरल्यान्ड्स ३० खेलबाट ३६ अंकसहित तेस्रो स्थानमा छ भने अमेरिका ४३ अंकसहित शीर्ष स्थानमा र स्कटल्यान्ड ३८ अंकसहित दोस्रो स्थानमा रहेको छ। प्रतियोगिताका शीर्ष चार टोलीले विश्वकप छनोटमा सिधा स्थान बनाउनेछन् भने शीर्ष ६ भित्र रहन सके मात्र एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगिनेछ।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ४५ रन बनाए। उनले ८९ बलमा ४ चौका प्रहार गर्दै कुशल भुर्तेलसँग पहिलो विकेटका लागि ५१ रनको साझेदारी गरेका थिए। भुर्तेलले ३४ रन जोडे।

कप्तान रोहित पौडेलले ४१ रनको उपयोगी इनिङ्स खेले पनि टोलीलाई जितसम्म पुर्‍याउन सकेनन्। आरिफ शेख ३८ रनमा अविजित रहे भने गुल्सन झाले अन्तिम समयमा १० बलमा अविजित १९ रन बनाए। इशान पाण्डे १४, भीम सार्की १ र दीपेन्द्रसिंह ऐरी ३ रनमा आउट भए।

नामिबियाका लागि ज्याक ब्रासेलले ३ विकेट लिए भने रुबेन ट्रम्पलमानले २ विकेट हात पारे।

यसअघि नामिबियाका जान फ्राइलिन्कले उत्कृष्ट शतकीय इनिङ्स खेल्दै टोलीलाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्‍याएका थिए। उनले १४९ बलमा ३ चौकासहित १०० रन बनाए। लरेन स्टिनकाम्पले ५९ रनको अर्धशतक प्रहार गर्दै फ्राइलिन्कसँग तेस्रो विकेटका लागि १३१ रनको साझेदारी गरेका थिए।

नेपालका तीव्र गतिका बलर करण केसीले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए। उनले मालन क्रुगर, लरेन स्टिनकाम्प, जेराड इरास्मस, जेजे स्मिट र जान ग्रिनलाई आउट गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १०० विकेट पूरा गर्ने नेपालका दोस्रो बलर बन्ने कीर्तिमान पनि बनाए। हाल उनको ओडीआई विकेट संख्या १०३ पुगेको छ। यसअघि यो उपलब्धि सन्दीप लामिछानेले हासिल गरेका थिए, जसको नाममा १५४ ओडीआई विकेट रहेका छन्।

व्यक्तिगत रूपमा करणले ऐतिहासिक उपलब्धि हासिल गरे पनि टोलीका लागि भने नतिजा निराशाजनक रह्यो।

मङ्गलबार, साउन १२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो
आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ
सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

भर्खरै

  • १.
    सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो

  • २.
    रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त

  • ३.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • ४.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ५.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ६.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ७.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ८.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.