• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

अस्ट्रेलियामा ‘मालती मंगले’को भव्य रेड कार्पेट प्रिमियर, सिड्नीमा हाउसफुलसँगै ओभरफ्लो दर्शक

  •   बुधबार, साउन १३, २०८३ मा प्रकाशित

काठमाडौं – अस्ट्रेलियाको सिड्नीस्थित ग्रान्ड प्यालेस ओभनमा नेपाली चलचित्र ‘मालती मंगले’को रेड कार्पेट प्रिमियर अत्यधिक सफलताका साथ सम्पन्न भएको निर्माता तथा गायक रामकृष्ण ढकालले बताएका छन्। ढकालको उपस्थितिमा आयोजित भीआईपी डिनर शोमा दर्शकको अनपेक्षित भिड उर्लियो। दुई सय सिटको व्यवस्थापन गरिएको हलमा तीन सयभन्दा बढी दर्शक पुगेपछि कार्यक्रम ‘हाउसफुल’ मात्र भएन, ओभरफ्लो नै भयो।

सिड्नीमा रहेका प्रतिष्ठित नेपालीहरूको बाक्लो उपस्थिति रहेको प्रिमियरमा दर्शकले सिनेमाको कथावस्तु र प्रस्तुतिको खुलेर प्रशंसा गरेका छन्। विशेषगरी कलाकारहरू वर्षा राउत, विजय बराल, मेक्सम गौडेल, शकु शाह, प्रकाश घिमिरे लगायतको जीवन्त अभिनयले सबैको मन जितेको छ। दर्शकको उत्साहजनक प्रतिक्रियाबाट हौसिएका निर्माता ढकालले भने, “कार्यक्रम सोचेभन्दा धेरै सफल भयो। हामी सबै आयोजक र निर्माण टिम एकदमै उत्साहित भएका छौँ।” उनले कार्यक्रम भव्य बनाउन भूमिका खेल्ने आयोजक माउन्ट पुमोरीको टिम, सुबास थापा, संयोजक शोभित बस्नेत, प्रायोजकहरू र आफ्ना सह-निर्माताहरूलाई विशेष धन्यवाद व्यक्त गरे।

चलचित्र प्रदर्शनपछि सुरु भएको सांगीतिक माहोलले उपस्थित दर्शकलाई थप सामीप्यता दिलायो। गायक ढकालले आफ्ना ८ वटा लोकप्रिय गीत गाएर दर्शकलाई मन्त्रमुग्ध बनाए। उनलाई ‘भ्वाइस अफ नेपाल’बाट उदाएकी र हाल अस्ट्रेलियामा अध्ययनरत गायिका अञ्जली हमालले ४ वटा युगल गीतमा साथ दिएकी थिइन्।

सिड्नी प्रिमियर ‘मालती मंगले’को विश्वव्यापी रिलिज अभियानकै एउटा महत्त्वपूर्ण हिस्सा हो। विश्व बजारमा सिनेमा पुर्‍याउने उद्देश्यले ढकालले यसअघि अमेरिकाका विभिन्न सहर र क्यानडामा सिनेमा प्रदर्शनसँगै सांगीतिक कार्यक्रम सम्पन्न गरिसकेका छन्। अब यो अभियान युरोपलगायत अन्य देशहरूमा पुग्नेछ।

रानी फिल्म्स र युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्मित यस चलचित्रलाई प्रकु पाण्डेयले निर्देशन गरेका हुन्। कथा निर्देशक स्वयंकै हो भने पटकथा तथा संवादमा उनलाई संयोग गुरागाईँले सघाएका छन्। सिनेमामा सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला र सुनिल तामाङको पनि अभिनय छ।

सागर ज्ञवाली कार्यकारी निर्माता रहेको चलचित्रमा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ सह-निर्माता छन्। महेश पौडेलले खिचेको चलचित्रलाई रोमी मोजेजले सम्पादन र कृष्ण भण्डारीले कलर गरेका हुन्। यसमा सुजिल कर्माचार्यको ब्याकग्राउन्ड स्कोर र डिकेश खड्गीको साउन्ड मिक्सिङ सुन्न सकिन्छ।

बुधबार, साउन १३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.