जेठ २५ , चितवन । विश्व हिन्दु युवा संघ भरतपुरको संयोजकमा निखिल पराजुली चयन हुनुभएको छ । केन्द्रिय समितिले संगठन विस्तारका लागि गरेको निर्णय अनुसार संघको जिल्ला कार्यसमितिले पराजुलीलाई संयोजकमा चयन गरेको हो ।
संघका जिल्ला अध्यक्ष घनश्याम पौडेलले पराजुलीलाई चयन गरेको विषयमा विश्वहिन्दु युवा संघको केन्द्रिय समिति, जिल्ला समिति र महानगर समितिलाई बोधार्थ समेत पठाउनुभएको छ ।
सबै क्षेत्र लिङ्ग, वर्ग समुदाय समेटेर भरतपुर महानगर समिति विस्तार गरि हिन्दु राष्ट्र निर्माणमा जुट्न अनुरोध गरिएको छ । यस संस्थाको विधान अनुसार आफ्नो जिम्मेवारी पुरा गर्नेमा संघले विश्वास समेत लिएको छ ।

तपाईको प्रतिक्रिया


