• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

स्वदेशमा रिलिज अगावै विदेशमा ‘बेहुली’को उच्च माग, प्रमुख देशहरूमा रिलिज अधिकार बिक्री

  •   सोमबार, साउन १८, २०८३ मा प्रकाशित

काठमाडौं – नेपालमा आगामी भदौ २६ गते रिलिज हुने नेपाली चलचित्र ‘बेहुली’ले नेपालमा प्रदर्शन हुनु अगावै अन्तर्राष्ट्रिय बजारमा आफ्नो दरिलो उपस्थिति जनाएको छ। यसको प्रमुख विदेशी बजारहरूको प्रदर्शन अधिकार पूर्ण रूपमा ‘सोल्ड आउट’ भएको निर्माण पक्षले जनाएको छ।

निर्माण पक्षले सार्वजनिक गरेका नयाँ पोस्टरहरू अनुसार अस्ट्रेलिया, उत्तर अमेरिका, मध्यपूर्व र बेलायत जस्ता नेपाली चलचित्रका प्रमुख विदेशी बजारहरूमा चलचित्रको वितरण अधिकार बिक्री भइसकेको छ।

प्राप्त जानकारी अनुसार अस्ट्रेलियाको प्रदर्शन अधिकार ‘आशिष् एन्ड नमस्ते इन्टरटेन्मेन्ट’ले खरिद गरेको छ। त्यहाँ नेपालकै मिति भदौ २६ मा चलचित्र रिलिज हुनेछ।

त्यसै गरी, अमेरिका र क्यानडा (उत्तर अमेरिका)का लागि चलचित्रको वितरण अधिकार ‘चलचित्र इन्टरटेन्मेन्ट मुभी डिस्ट्रिब्युसन’ले लिएको छ भने दुबई, कतार र बहराइनलगायतका मध्यपूर्वका देशहरूको वितरण जिम्मा ‘साथीभाइ इन्टरटेन्मेन्ट’ले पाएको छ। अस्ट्रेलिया र उत्तर अमेरिकासँगै मध्यपूर्वमा पनि चलचित्र भदौ २६ मै प्रदर्शनमा आउनेछ।

यता, बेलायत (युके) को लागि भने प्रदर्शन अधिकार ‘९७७ इभेन्ट्स’ले खरिद गरेको छ। बेलायतमा भने चलचित्र केही साता पछाडि अर्थात् असोज १६ गते रिलिज हुने तय भएको छ।

निर्माण पक्षले चलचित्रको प्रचारप्रसारलाई यति बेला निकै तीव्र पारेको छ। हालसम्म चलचित्रको ‘फर्स्ट लुक पोस्टर’ र पहिलो गीत सार्वजनिक भइसकेको छ। भर्खरै मात्र रिलिज भएको ‘दिलमा ठाउँ छ’ बोलको लोक शैलीको गीतले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ भने इन्टरनेटमा उछाल ल्याएको छ।

रिलिजको केही दिनमा नै यो गीतले करिब ३ मिलियन युट्युब भ्युज तथा करिब ६ लाख टिकटक भिडियो पाइसकेको छ। चलचित्रका अन्य गीतहरू र ट्रेलर भने सार्वजनिक हुन बाँकी छ।

सशान कँडेलको निर्देशन र माधव शर्माको लेखन रहेको यस चलचित्रमा पारस बम ठकुरी (कुल ब्वाइ), दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगर लगायतको अभिनय छ।

द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता अर्जुन पोखरेल हुन्। प्रताप शमशेर राणा निर्माता रहेको यस प्रोजेक्टमा शङ्कर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता छन्। त्यसै गरी, दुर्गा खरेल र शिशिर श्रेष्ठ सह-निर्माता तथा कोसिस राज क्षेत्री र सम्राट क्षेत्री लाइन प्रोड्युसर हुन्।

सोमबार, साउन १८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.