• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

‘हली’ युकेमा बिक्री, प्रदर्शनअघि नै पहिलो शोका सबै टिकट सकिए

  •   बिहिबार, साउन २१, २०८३ मा प्रकाशित

काठमाडौं । यही साउन २२ गतेदेखि नेपालभर प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘हली’ प्रदर्शनअघि नै युकेमा बिक्री भएको छ। निर्माण टिम र बेलायतस्थित वितरक सपन इन्टरटेनमेन्ट लिमिटेडबीच प्रदर्शन अधिकारसम्बन्धी सम्झौता भएसँगै फिल्मको पहिलो विशेष शो ‘सोल्ड आउट’ भएको हो।

निर्माण पक्षका अनुसार आगामी सेप्टेम्बर २० मा बेलायतको अल्डरशटस्थित प्रिन्सेस हलमा आयोजना हुने विशेष प्रदर्शनका लागि टिकट बिक्री खुला गरिएको केही समयमै सबै टिकट बिक्री भइसकेका छन्। बेलायतमा फिल्मको प्रदर्शन तथा व्यवस्थापनको जिम्मा सपन इन्टरटेनमेन्ट लिमिटेडले लिएको छ।

आयोजकका अनुसार शोअघि नै सबै टिकट बिक्री हुनु नेपाली फिल्मप्रति बेलायतमा रहेका दर्शकको बढ्दो आकर्षणको संकेत हो।

फिल्मका निर्माता पूजा गुरुङ र जश्मिन श्रेष्ठले ‘हली’ युके प्रदर्शनका लागि राम्रो रकममा बिक्री भएको जानकारी दिएका छन्। उनीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारबाट प्राप्त सकारात्मक प्रतिक्रियाले निर्माण टिमलाई थप उत्साहित बनाएको छ।

नेपालमा प्रदर्शन हुन एक साताभन्दा कम समय बाँकी रहँदा निर्माण टिमले देशव्यापी प्रचार–प्रसारलाई तीव्र बनाएको छ। केही दिनअघि टोलीले झापा, मोरङ र सुनसरीमा प्रचार अभियान सञ्चालन गरेको थियो। त्यसपछि दाङ, नेपालगञ्ज र धनगढीसम्म पुगेर पनि फिल्मको प्रचार गरिएको छ। ती क्षेत्रमा अटो र ई–रिक्सामा फिल्मका पोस्टर टाँसेर विशेष प्रचार अभियान सञ्चालन गरिएको निर्माण पक्षले जनाएको छ।

हिट निर्देशक ओम प्रतीकको निर्देशन रहेको यस फिल्ममा नेपालको सामाजिक कुरीति छाउपडी प्रथालाई मुख्य विषय बनाइएको छ। ग्रामीण जीवन, किसान वर्गको संघर्ष र सामाजिक यथार्थलाई समेटिएको कथावस्तुले दर्शकमाझ उत्सुकता बढाएको छ। यसअघि सार्वजनिक पोस्टर, टिजर र गीतले पनि सकारात्मक प्रतिक्रिया पाएका छन्।

निर्देशक ओम प्रतीक स्वयंले लेखेको फिल्ममा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडी तथा निर्देशक ओम प्रतीकको मुख्य अभिनय रहेको छ।

फिल्मको विशेष आकर्षणका रूपमा रहेको प्रमोसनल गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माको विशेष नृत्य समावेश गरिएको छ।

जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायु फिल्म्सको सहकार्यमा निर्माण भएको फिल्ममा राहुल राईको छायांकन, रामप्रसाद चौधरी र विपिन मल्लको सम्पादन तथा कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको छ। संगीतमा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाज रहेका छन्।

निर्माता जश्मिन श्रेष्ठको शब्द, बाबुल गिरीको संगीत तथा बाबुल गिरी र शान्तिश्री परियारको स्वर रहेको गीत पनि फिल्ममा समावेश छ। गीतको कोरियोग्राफी ओम प्रतीक र कविराज गहतराजले संयुक्त रूपमा गरेका हुन्।

फिल्मका कार्यकारी निर्माता अर्जुन भुसाल, सह–निर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्युसर लक्ष्मण कर्माचार्य तथा मुख्य सहायक निर्देशक जीवननाथ गौतम हुन्। फिल्मको वितरण नेशनल सिने ग्रुप प्रालिले गर्नेछ भने डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।

बिहिबार, साउन २१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.