• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

राजेश हमालदेखि सुरक्षा पन्तसम्म, यस्तो हुनेछ ‘सुपर कमेडी लिग’

  •   आइतबार, साउन २४, २०८३ मा प्रकाशित

काठमाडौं । नेपालको पहिलो कमेडी एक्टमा आधारित रियालिटी शो ‘सुपर कमेडी लिग’को औपचारिक घोषणा गरिएको छ। ओपन डोर्स इन्टरटेन्मेन्टले निर्माण गर्ने शोको घोषणा ललितपुरको चाकुपाटस्थित इन्ट्रन्स क्याफेमा आयोजित पत्रकार सम्मेलनमार्फत गरिएको हो।

हास्य–व्यङ्ग्यमा आधारित ‘सुपर कमेडी लिग’मा महानायक राजेश हमालले ‘लिग प्रेसिडेन्ट’को भूमिका निर्वाह गर्नेछन्। चर्चित कलाकार विल्सन विक्रम राई, लुनिभा तुलाधर, रविन्द्र झा र सुरक्षा पन्त क्याप्टेन तथा मेन्टरका रूपमा रहनेछन्।

कार्यक्रमका लागि पाँच सहरमा अडिसन आयोजना गरिने निर्माण पक्षले जनाएको छ। साउन २९ गते दमकस्थित कदम थिएटर, साउन ३१ गते नारायणगढस्थित राइनो वाटर होटल, भदौ २ गते नेपालगन्जस्थित सिद्धार्थ होटल, भदौ ४ गते पोखरा थिएटर र भदौ ६ गते काठमाडौंमा अडिसन हुनेछ।

अडिसनबाट ३२ जना प्रतिस्पर्धी छनोट गरी चार समूहमा विभाजन गरिनेछ। प्रत्येक समूहमा आठ जना प्रतिस्पर्धी रहनेछन् भने चारवटै समूहको नेतृत्व एक–एक जना क्याप्टेनले गर्नेछन्।

अडिसनमा सहभागी हुन नसकेका तथा नेपालबाहिर रहेका नेपालीभाषी प्रतिभाले पनि डिजिटल अडिसनमार्फत सहभागिता जनाउन सक्नेछन्। त्यसका लागि इच्छुक प्रतिभाले आफ्नो भिडियो सामग्री कार्यक्रमको इमेल वा फोनमार्फत पठाउन सक्ने निर्माण पक्षले जनाएको छ।

‘सुपर कमेडी लिग’मा व्यक्तिगतभन्दा समूहगत प्रतिस्पर्धालाई प्राथमिकता दिइनेछ। एउटा स्क्रिप्टमा कम्तीमा दुई जना प्रतिस्पर्धीले संयुक्त रूपमा प्रस्तुति दिनेछन् भने आवश्यकताअनुसार थप कलाकार पनि सहभागी हुन सक्नेछन्।

पूर्वनिर्धारित विषय तथा थिममा आधारित प्रस्तुतिहरू स्केच, स्किट तथा ड्रामेडी अर्थात् ड्रामा र कमेडीको मिश्रित शैलीमा तयार गरिनेछन्। कार्यक्रमले परम्परागत रूपमा कमेडियन मात्र खोज्नुको सट्टा कमेडी एक्ट प्रस्तुत गर्न सक्ने उत्कृष्ट कलाकारको खोजी गर्ने लक्ष्य लिएको निर्देशक एलिन श्रेष्ठले बताए।

दुई दशकभन्दा लामो समयदेखि नेपाली टेलिभिजन कार्यक्रम निर्माण तथा निर्देशनमा सक्रिय श्रेष्ठले नेपाल आइडल, सारेगमप लिटिल च्याम्प्स, बूगी वूगी, मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सलगायत विभिन्न रियालिटी तथा अन्तर्राष्ट्रिय फ्रेन्चाइज शो निर्देशन गरिसकेका छन्।

श्रेष्ठले ‘सुपर कमेडी लिग’लाई नेपाली टेलिभिजनको प्रिमियम कमेडी रियालिटी शोका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताए। उनका अनुसार कार्यक्रम विशुद्ध पारिवारिक मनोरञ्जनमा केन्द्रित हुनेछ र नेपाली दर्शकलाई हास्य प्रस्तुतिको नयाँ शैलीसँग जोड्ने प्रयास गरिनेछ।

कार्यक्रमको नियमित प्रसारण भदौको अन्तिम सातादेखि सुरु हुने निर्माण पक्षले जनाएको छ। यसको टेलिभिजन प्रसारण राष्ट्रिय टेलिभिजनबाट हुनेछ भने डिजिटल प्रसारण ओएसआर डिजिटलमार्फत गरिनेछ। कार्यक्रमका पर्दापछाडिका सामग्री भने सारङ्गी मिडियामार्फत सार्वजनिक गरिनेछन्।

‘सुपर कमेडी लिग’मार्फत प्रतिभाशाली कलाकारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने निर्माण पक्षको लक्ष्य छ।

आइतबार, साउन २४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.