• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

कृषि खेतीतर्फ आकर्षित हुँदै भोजपुरका किसान

  •   बिहिबार, भदौ ०४, २०८३ मा प्रकाशित

भोजपुर, भदौ ४ गते । जिल्लामा सञ्चालन भएको विभिन्न अनुदान तथा प्राविधिक सहयोगको कार्यक्रमले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेलेका छन् । कृषि उत्पादनका लागि आवश्यक सिँचाइ पूर्वाधार, उन्नत बिरुवा, कृषि यान्त्रीकरण, प्रशोधन तथा बजारीकरणमा सहयोग उपलब्ध हुन थालेपछि जिल्लाको किसान परम्परागत निर्वाहमुखी खेतीबाट व्यावसायिक उत्पादनतर्फउन्मुख हुन थालेका हुन्।

कृषि क्षेत्रलाई स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा विकास गर्ने उद्देश्यले सञ्चालन गरिएका कार्यक्रमबाट सुन्तला, अलैँची, तरकारी, खुर्सानीलगायत नगदे तथा व्यावसायिक बालीको क्षेत्र विस्तार हुन थालेको छ। अनुदानसँगै प्राविधिक परामर्श र आवश्यक कृषि सामग्री उपलब्ध हुँदा किसानलाई नयाँ प्रविधि प्रयोग गरेर उत्पादन बढाउन थप हौसला मिलेको छ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवासभा अन्तर्गतको जोन प्राविधिक एकाइ भोजपुरले जिल्लामा अलैँची ‘सुपर जोन’ सञ्चालन गर्दैआएको छ । जिल्लाका नौ स्थानीय तहमध्ये सात स्थानीय तहका ३५ वडा यस कार्यक्रममा समेटिएका छन् । यसैगरी सुन्तलाखेती प्रवर्धनका लागि पाँच स्थानीय तहका २६ वडालाई समेटेर ‘सुन्तला जोन’ स्थापना गरिएको छ।

जोन प्राविधिक एकाइ भोजपुरका प्रमुख कौसिला विष्टका अनुसार कार्यक्रमअन्तर्गत किसानलाई अनुदानसँगै खेती प्रविधि, रोग तथा किरा नियन्त्रण, बगैँचा व्यवस्थापन, सिँचाइ, कृषि यान्त्रीकरण तथा उत्पादनको बजारीकरण लगायत विषयमा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराइँदैआएको छ।

गत आर्थिक वर्ष २०८२–८३ मा मात्र विभिन्न शीर्षकमा १०९ जना किसानले अनुदान सहयोग प्राप्त गरेका छन् । प्रमुख विष्टले भन्नुभयो, “अनुदानसँगै किसानलाई आवश्यक प्राविधिक ज्ञान र प्रविधि उपलब्ध गराउँदा उत्पादनमा वृद्धि हुनुका साथै व्यावसायिक खेती गर्ने किसानको सङ्ख्या बढ्दैगएको छ ।”

कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रमले पनि जिल्लामा व्यावसायिक कृषिको आधार विस्तार गर्न सहयोग गरेको छ । यस कार्यक्रमअन्तर्गत भोजपुर नगरपालिका –५ की सङ्गीता श्रेष्ठले १०० रोपनी क्षेत्रमा व्यावसायिक तरकारी तथा खुर्सानीखेती गर्दै आउनुभएको छ । उहाँको कृषि उद्यमका लागि कार्यालयले चार लाख अनुदान उपलब्ध गराएको थियो भने ५० प्रतिशत लागत साझेदारी किसान आफैँले गर्नुभएको छ । कृषिमा लगानी गर्न आवश्यक पुँजीको अभाव रहेका किसानका लागि लागत साझेदारीमा प्राप्त हुने अनुदानले व्यवसाय विस्तार गर्न सहज भएको उहाँको भनाइ छ ।

तरकारी तथा खुर्सानी खेतीबाट नियमित आम्दानी लिन सकिने भएपछि अन्य किसान पनि व्यावसायिक उत्पादनतर्फ आकर्षित हुन थालेको उहाँ बताउनुहुन्छ । सोही कार्यक्रममार्फत जिल्लाका अन्य पाँचवटा कृषि फर्मलाई चार–चार लाखका दरले अनुदान सहयोग उपलब्ध गराइएको कार्यालयले जनाएको छ। यसबाट कृषि व्यवसाय सञ्चालन गरिरहेका किसानले उत्पादनका लागि आवश्यक संरचना निर्माण, सिँचाइ, कृषि सामग्री तथा अन्य पूर्वाधार विकासमा लगानी गर्न पाएका छन्।

भोजपुर नगरपालिका –३ गुप्तेश्वरका किसान हरिप्रसाद प्रधान पनि अनुदानबाट लाभ लिने किसानमध्ये हुनुहुन्छ । उहाँले कार्यालयबाट प्राप्त सहयोगले व्यावसायिक कृषि विस्तार गर्न थप प्रेरणा मिलेको बताउनुभयो। गत आवमा अनुदान सहयोगमा पक्की सिँचाइ पोखरी निर्माण गर्नुका साथै करिब २० रोपनी क्षेत्रफलमा ५०० सुन्तलाका बिरुवा खेती विस्तार गर्नुभएको छ।

“राज्यको अनुदानका कार्यक्रमले हामीजस्ता किसानलाई राहत मिलेको छ” उहाँले भन्नुभयो, “सिँचाइको व्यवस्था भएपछि बगैँचा विस्तार गर्न सहज भएको छ । पहिले पानीको अभावमा खेती विस्तार गर्न समस्या थियो । अहिले संरचना बनेपछि उत्पादन बढाउने लक्ष्यसहित काम गरिरहेको छु ।”

भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले राज्यका तहबाट सञ्चालन भइरहेका अनुदानका कार्यक्रमले किसानलाई व्यावसायिक बन्न सहयोग पुगेको बताउनुभयो । “अनुदानमा सञ्चालन भएका कार्यक्रमले किसानलाई व्यावसायिक कृषि उत्पादनमा लाग्न टेवा पुगेको छ” प्रमुख आलेले भन्नुभयो, “किसानले अनुदानको सदुपयोग गरेर उत्पादन र आम्दानी बढाउनेतर्फ ध्यान दिन आवश्यक छ।”

सिँचाइ पूर्वाधार निर्माण तथा मर्मतसम्भार कार्यक्रमले पनि किसानलाई व्यावसायिक उत्पादनमा लाग्न सहयोग गरेको छ । कार्यालयका अनुसार गत आवमा यस कार्यक्रममार्फत ५४ जना किसानलाई अनुदान सहयोग उपलब्ध गराइएको छ । सिँचाइ सुविधा विस्तार भएपछि वर्षामा मात्र निर्भर हुनुपर्ने अवस्थाको अन्त्य हुँदैगएको छ ।

कृषि उत्पादनमा सिँचाइको महत्वपूर्ण भूमिका हुने भएकाले पोखरी, पाइपलाइन लगायत संरचना निर्माणमा दिइएको सहयोगले किसानलाई बाली विविधीकरण गर्नसमेत सहज बनाएको कार्यालयको भनाइ छ । सिँचाइ सुविधा पुगेका क्षेत्रमा एउटै बालीमा मात्र निर्भर नरही तरकारी, सुन्तला, खुर्सानी तथा अन्य नगदेबाली लगाउनेक्रम बढेको छ। अलैँची उत्पादनलाई गुणस्तरीय र व्यावसायिक बनाउन सुधारिएको आधुनिक अलैँची भट्टी निर्माण तथा जडान कार्यक्रमसमेत सञ्चालन गरिएको छ।

यस कार्यक्रमअन्तर्गत गत आवमा ३० वटा आधुनिक अलैँची भट्टी वितरण गरिएको कार्यालयले जनाएको छ । परम्परागत भट्टीको तुलनामा आधुनिक प्रविधिको प्रयोगबाट अलैँची सुकाउँदा गुणस्तर कायम गर्न तथा उत्पादनको मूल्य बढाउन सहयोग पुग्ने किसानको भनाइ छ।

सुन्तला बाली क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत ११ वटा कृषि फर्मले अनुदान प्राप्त गरेका छन् । यस कार्यक्रमबाट सिँचाइ पोखरी निर्माण, सुन्तलाका बिरुवा, पाइप वितरण तथा कृषि यान्त्रीकरणमा सहयोग गरिएको छ । सुन्तलाखेतीमा नयाँ क्षेत्र विस्तार गर्नुका साथै पुराना बगैँचाको व्यवस्थापनमा किसानलाई प्रोत्साहन गरिएको कार्यालयले जनाएको छ।

भोजपुरको मध्यपहाडी क्षेत्रमा सुन्तलाखेतीको राम्रो सम्भावना रहेकाले बगैँचा विस्तारसँगै गुणस्तरीय बिरुवा उत्पादन र रोग नियन्त्रणमा ध्यान दिनुपर्ने आवश्यकता रहेको कृषि प्राविधिकको भनाइ छ। कार्यालयले सुन्तला नर्सरी सुदृढीकरण, अलैँची नर्सरी स्रोत केन्द्र स्थापना, नमुना सुन्तला बगैँचा विकास, अलैँची बालीको छहारी व्यवस्थापन, कृषि यान्त्रीकरण तथा खाद्यतत्व सहयोगका कार्यक्रम सञ्चालन गर्दैआएको छ ।

कृषिजन्य तथा रैथाने बालीको प्रशोधन, लेबलिङ तथा बजारीकरण सहयोग कार्यक्रमले पनि स्थानीय उत्पादनलाई बजारसँग जोड्ने प्रयास गरेको छ । रामप्रसादराई गाउँपालिका –६ मा रैथाने बालीअन्तर्गत कोदोको बिस्कुट उत्पादन सुरु गरिएको छ । स्थानीयस्तरमा उत्पादन हुने कोदोलाई प्रशोधन गरेर नयाँ परिकारका रूपमा बजारमा लैजान सकिने सम्भावना यसबाट देखिएको छ ।

कोदो, फापर, मकै, कागुनोलगायत रैथाने बालीलाई आधुनिक प्रविधिबाट प्रशोधन गरी प्याकेजिङ तथा ब्रान्डिङ गर्नसके स्थानीय उत्पादनले जिल्लाभन्दा बाहिरसमेत बजार पाउनसक्ने सम्भावना रहेको छ। चक्लाबन्दीमा आधारित खेती कार्यक्रमले पनि भोजपुरमा व्यावसायिक कृषि विस्तारको आधार तयार गरिरहेको छ । कार्यालयका अनुसार गत आवमै यस कार्यक्रममार्फत १०२ रोपनी क्षेत्रफलमा अलैँचीखेती विस्तार गरिएको छ।

उक्त क्षेत्रमा ५५ हजार अलैँचीका बिरुवा रोपण गरिएको छ । छरिएर रहेको जमिनलाई एकीकृत गरी व्यावसायिक उत्पादन गर्नसके कृषि लागत घटाउनुका साथै यान्त्रीकरणमा सहजता हुने भएकाले चक्लाबन्दी कार्यक्रमलाई प्राथमिकतामा राखिएको कार्यालयले जनाएको छ।

रोजगारीका लागि वैदेशिक मुलुक तथा सहरतर्फ जाने प्रवृत्तिबिच स्थानीयस्तरमै कृषि उद्यम सञ्चालन गरी आम्दानी गर्न सकिने वातावरण निर्माण गर्न यस्ता कार्यक्रम उपयोगी हुने देखिएको छ। कृषिमा आधुनिक प्रविधिको प्रयोग बढेसँगै उत्पादन लागत घटाउने, श्रम अभाव पूर्ति गर्ने र उत्पादकत्व बढाउने सम्भावना पनि बढेको छ ।

कृषि यान्त्रीकरणका लागि उपलब्ध गराइने सहयोगले किसानलाई परम्परागत उपकरणको विकल्पमा आधुनिक उपकरण प्रयोग गर्न प्रोत्साहित गरेको छ । यसबाट खेती गर्न लाग्ने समय र श्रम घट्नुका साथै उत्पादनमा सुधार आउने कार्यालयको भनाइ छ।

जिल्ला समन्वय समिति भोजपुरका उपप्रमुख अनिशा खड्काले राज्यका विभिन्न निकायबाट प्राप्त अनुदान तथा प्राविधिक सहयोगले किसानलाई व्यावसायिक बन्न टेवा पुगेको बताउनुभयो । कृषि क्षेत्रमा लगानी बढेसँगै किसानको आयआर्जन तथा जीविकोपार्जनमा महत्वपूर्ण सहयोग पुगेको उहाँको भनाइ छ।

कृषि क्षेत्रमा दिइने अनुदानले तत्कालीन रूपमा उत्पादन सामग्री तथा पूर्वाधार निर्माणमा सहयोग गरे पनि यसको दीर्घकालीन प्रभावका लागि बजार सुनिश्चितता, उत्पादनको उचित मूल्य, भण्डारण, प्रशोधन तथा बजारीकरणमा ध्यान दिनुपर्ने देखिएको छ।

विशेषगरी सुन्तला र अलैँचीजस्ता नगदेबालीमा मूल्यमा हुने उतारचढाव किसानका लागि चुनौती बन्ने गरेको छ । उत्पादन लागत, ढुवानी खर्च र बजार मूल्यबिच सन्तुलन कायम गर्न नसक्दा किसानले अपेक्षित आम्दानी लिन नसक्ने अवस्था आउन सक्छ । त्यसैले उत्पादनसँगै भण्डारण, प्रशोधन र बजार व्यवस्थापनमा सरकारी तथा निजी क्षेत्रको सहकार्य आवश्यक रहेको छ।

भोजपुरमा सुन्तला, अलैँची, तरकारी, खुर्सानीलगायत बालीको व्यावसायिक सम्भावना रहेकाले उत्पादनको क्षेत्र विस्तारसँगै गुणस्तरमा ध्यान दिनुपर्ने आवश्यकता छ । रोग तथा कीरा नियन्त्रण, माटो परीक्षण, गुणस्तरीय बिरुवा उत्पादन, जैविक तथा सन्तुलित मलको प्रयोग, आधुनिक सिँचाइ प्रणाली र कृषि यान्त्रीकरणलाई थप विस्तार गर्नसके उत्पादन र उत्पादकत्व बढाउन सकिने कृषि प्राविधिकहरूले बताउने गरेका छन् ।

बिहिबार, भदौ ०४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.