काठमाडौं, भदौ ५ । अभिनेत्री प्रियंका कार्कीको निर्माणमा तयार भएको चलचित्र ‘मास्टर्नी’ आज शुक्रबारदेखि देशभरका हलमा प्रदर्शनमा आएको छ।
आयंका फिल्म्सको प्रस्तुतिमा बनेको यो चलचित्र क्राइम थ्रिलर र फ्यामिली ड्रामा जनरामा आधारित छ। चलचित्रमा प्रियंका कार्की जोशी, सिम्रन खड्का, दीपकराज गिरी, दीपाश्री निरौला, सन्दीप क्षेत्री, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले र रक्षा थापालगायत कलाकारको अभिनय रहेको छ।
सुवेन्दु घोषको निर्देशनमा बनेको चलचित्रलाई प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीले संयुक्त रूपमा निर्माण गरेका हुन्। सुरक्षा सिंह मल्होत्रा र सिमोस सुनुवार कार्यकारी निर्माता रहेका छन्।
चलचित्रको कथा प्रियंका कार्कीले तयार पारेकी हुन् भने पटकथा शान बस्नेतको रहेको छ। संवाद लेखनमा प्रियंका र शान बस्नेतले सहकार्य गरेका छन्।
युवराज इन्दोरियाको छायांकन रहेको चलचित्रमा राजा सिंह सिदुको सम्पादन तथा रोहित शाक्यको संगीत छ। चलचित्रका गीतमा त्रिशाला गुरुङको स्वर रहेको छ।
‘मास्टर्नी’लाई नेपालभर आरआर फिल्म्सले वितरण गरेको हो। चलचित्रले अपराधसँग जोडिएको कथासँगै पारिवारिक सम्बन्ध र सामाजिक विषयलाई समेत प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ।


