• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

त्रिकोणात्मक प्रेमकथा ‘मायालु’मा आकृति र कबीरको जोडी

  •   शुक्रबार, भदौ ०५, २०८३ मा प्रकाशित

काठमाडौं । निर्देशक प्रवेश पौडेलको निर्देशनमा बन्न लागेको नयाँ नेपाली सिनेमा ‘मायालु’मा अभिनेत्री आकृति बुढाथोकी अनुबन्धित भएकी छन्। निर्देशक पौडेलले सिनेमाको मुख्य भूमिकाका लागि आकृति फाइनल भएको जानकारी दिएका हुन्।

पौडेलले यसअघि ‘अमेरिका बोइज’ र ‘बिहे पास’ निर्देशन गरेका थिए। ‘मायालु’ उनको तेस्रो निर्देशकीय फिचर सिनेमा हुनेछ।

सुरुवाती चरणमा ‘मेरो अधुरो प्रेम’ नाममा घोषणा गरिएको सिनेमाको नाम हाललाई होल्ड गरेर ‘मायालु’ नामबाट निर्माण प्रक्रिया अघि बढाइएको हो। निर्देशक पौडेलका अनुसार ‘मायालु’ निर्माणपछि ‘मेरो अधुरो प्रेम’ नाममा अर्को सिनेमा बनाउने योजना छ।

आकृतिको यो दोस्रो सिनेमा हो। उनले यसअघि अभिनय गरेको ‘मुक्तिपुर’ प्रदर्शनमा आइसकेको छैन। पहिलो सिनेमा प्रदर्शन हुनुअघि नै उनी ‘मायालु’मा आबद्ध भएकी हुन्। नाट्य क्षेत्रबाट अभिनय यात्रा सुरु गरेकी आकृति मोडलिङमा समेत सक्रिय छिन्।

सिनेमाका लागि मुख्य अभिनेत्री फाइनल भएसँगै निर्माण टिम अहिले सहायक अभिनेत्रीको खोजीमा छ। यसअघि नै मुख्य अभिनेताका रूपमा कबीर खड्का अनुबन्धित भइसकेका छन्।

निर्देशक पौडेलका अनुसार ‘मायालु’ त्रिकोणात्मक प्रेमकथामा आधारित हुनेछ। पौडेलकै कथामा बन्ने सिनेमाको पटकथा अनिल कुर्मीले तयार पार्नेछन्।

मुख्य कलाकारबाहेक अन्य पात्रका लागि कलाकारहरू अस्ट्रेलियाबाटै छनोट गरिने निर्देशकले बताएका छन्। सिनेमाको छायांकन नेपाल र अस्ट्रेलियामा हुनेछ भने पहिलो चरणको छायांकन अस्ट्रेलियाबाट सुरु हुनेछ।

कलाकारको भिसा प्रक्रियाका कारण यसअघि तय गरिएको समयमा छायांकन सुरु हुन नसकेको निर्माण पक्षले जनाएको छ। अब दशैंपछि छायांकन सुरु गर्ने तयारी भइरहेको छ। सिनेमाको छायांकन शरद महतोले गर्नेछन्।

सितारा र कबीर खड्का फिल्मस्को ब्यानरमा निर्माण हुने सिनेमामा सुरेन्द्र रावलको लगानी रहनेछ भने विवेक पौडेल सह–निर्माताका रूपमा छन्। शिवाकर प्रसाईं कार्यकारी निर्देशक, सुनिल निउरे मुख्य सहायक निर्देशक र बमबहादुर थापा एसोसिएट निर्देशकका रूपमा जोडिएका छन्।

सिनेमामा अनमोल थापाको संगीत रहनेछ। निर्माण पक्षले दर्शकलाई प्रेम र सम्बन्धको भावनात्मक कथा प्रस्तुत गर्ने तयारी गरेको जनाएको छ।

शुक्रबार, भदौ ०५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.