• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

‘ल्याङ्ग ल्याङ्ग’मा प्रजल दुलालको इन्ट्री, मुख्य कलाकारको लाइनअप पूरा

  •   शुक्रबार, भदौ ०५, २०८३ मा प्रकाशित

काठमाडौं । जेनजी पुस्ताको प्रेम, संघर्ष र स्वतन्त्रताको कथा प्रस्तुत गर्ने तयारीमा रहेको नेपाली सिनेमा ‘ल्याङ्ग ल्याङ्ग’मा कलाकार प्रजल दुलाल अनुबन्धित भएका छन्।

निर्देशक बलिराम चौहानले प्रजललाई सिनेमाको मुख्य भूमिकामा अनुबन्ध गरिएको जानकारी दिएका हुन्। प्रजलको प्रवेशसँगै सिनेमाका मुख्य कलाकारको लाइनअप पूरा भएको निर्देशक चौहानले बताए।

प्रजलले यसअघि ‘बलिदान’, ‘बिमान’ र ‘अक्षरा’मा अभिनय गरिसकेका छन्। हाल उनी ‘तीन तीघ्रे क्या बिग्रे’को छायांकनमा व्यस्त छन्।

इटहरीमा जन्मिएका प्रजलले सानैदेखि रेडियोमा काम गर्दै अभिनय यात्रा सुरु गरेका थिए। कलालय इटहरीको स्कुल थिएटरबाट रंगमञ्चमा प्रवेश गरेका उनले सोनु जयन्ती र प्रज्वल पराजुलीसँग अभिनय सिकेका हुन्। कलालय इटहरी, आरोहण गुरुकुल, पश्चिम बंगाललगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा उनले दुई दर्जनभन्दा बढी नाटकमा अभिनय, लेखन तथा निर्देशन गरिसकेका छन्।

उनले दर्जनौँ छोटा फिल्म, म्युजिक भिडियो, सिरिज तथा टिभी विज्ञापनमा समेत अभिनय गरेका छन्। साथै, नीर शाह निर्देशित ‘कमला मिस’को पटकथा तथा संवाद लेखनमा नीर शाह र सुगम दुलालसँग सहकार्य गरेका थिए।

यसअघि नै सिनेमामा रिहान गिरी, सन्तोष बानियाँ र जीवनजंग बस्न्यात मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन्। मुख्य अभिनेत्रीका रूपमा गुराँस ढकाल जोडिएकी छन्।

स्काइफल पिक्चर्सको ब्यानरमा निर्माण हुने सिनेमाले जेनजी पुस्ताको मनोविज्ञान, प्रेम, संघर्ष र स्वतन्त्रतासँगै उनीहरूको दैनिक जीवनका उतारचढावलाई कथाको आधार बनाउनेछ। सिनेमाको स्लोगन ‘हरेक युवाको कथा’ राखिएको छ।

युवा पुस्ताले साथीभाइबीचको दबाब, तनाव वा झन्झट बुझाउन प्रयोग गर्ने ‘ल्याङ्ग ल्याङ्ग’ शब्दलाई नै सिनेमाको शीर्षक बनाइएको हो। निर्देशक चौहानका अनुसार यही शब्दसँग जोडिएको युवा पुस्ताको चरित्र र समसामयिक विषयलाई पर्दामा प्रस्तुत गरिनेछ।

सिनेमाको कथा निर्देशक चौहान र उपाश्री खतिवडाले लेखेका हुन्। भोलानाथ कटुवालको लगानी रहने सिनेमाको छायांकन असोजको पहिलो साताबाट सुरु गर्ने तयारी छ। हाल निर्माण टिम प्रि–प्रोडक्सनको काममा व्यस्त रहेको जनाएको छ।

 

शुक्रबार, भदौ ०५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.