• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

‘पार्वती’को चितवनमा पब्लिक प्रिमियर, दर्शकको आँखामा आँसु

  •   बुधबार, भदौ १०, २०८३ मा प्रकाशित

चितवन । भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘पार्वती’को चितवनस्थित म्याङ्गो जनज्योति हलमा पब्लिक प्रिमियर सम्पन्न भएको छ। मंगलबार आयोजित प्रिमियरमा चलचित्रका मुख्य कलाकार नीता ढुङ्गाना र अशोक दर्जी क्यारेक्टर लुकमै उपस्थित भएका थिए।

पर्दामा देखिएको पात्रको लुक्स कलाकारलाई प्रत्यक्ष देख्दा दर्शक उत्साहित देखिएका थिए। चलचित्र हेरेपछि अधिकांश दर्शक भावुक बनेका थिए। कतिपय दर्शकका आँखामा आँसु देखिन्थ्यो भने धेरैले चलचित्रको कथा आफ्नै घर–परिवारसँग जोडिएको प्रतिक्रिया दिएका थिए।

अटिजम भएकी महिला र उनका भाइबीचको आत्मीयता, माया तथा सामाजिक संघर्षलाई चलचित्रले मुख्य विषय बनाएको छ। परिवार र समाजबाट दिदीले भोग्नुपरेको व्यवहारका बीच भाइले देखाउने माया, साथ र समर्पणले दर्शकको मन छोएको निर्देशक तथा कथाकार नीता ढुङ्गानाले बताइन्।

प्रिमियरमा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएपछि निर्माण टिम उत्साहित देखिएको छ। प्रिमियरपछि सञ्चारकर्मीसँग कुरा गर्दै निर्देशक तथा अभिनेत्री ढुङ्गानाले आफ्नो निर्देशनमा बनेको चलचित्रलाई दर्शकले मन पराएकोमा खुसी व्यक्त गरिन्।

चलचित्र प्रदर्शनको पूर्वसन्ध्यामा प्रचारप्रसारका लागि निर्माण टिम तथा कलाकार देशका विभिन्न सहरमा पुगेका छन्। सोही क्रममा चितवन पुगेको टोलीले ‘पार्वती’ले दर्शकलाई फरक स्वाद दिने विश्वास व्यक्त गरेको छ।

प्रचारका क्रममा बालगायक तथा अभिनेता अशोक दर्जीले चलचित्रमा काम गर्दाको अनुभव सुनाउँदै ‘पार्वती’ सामाजिक विषयमा आधारित चलचित्र भएकाले सबैलाई हेर्न आग्रह गरे। चलचित्रमा नीता ढुङ्गाना दिदी र अशोक दर्जी भाइको भूमिकामा छन्।

नीता ढुङ्गानाको कथा तथा निर्देशन र हरिहर अधिकारीको निर्माण रहेको चलचित्रमा नीता र अशोकसँगै दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेललगायत कलाकारको अभिनय रहेको छ।

‘पार्वती’ शुक्रबारदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउनेछ। अब हलमा पुगेपछि चलचित्रले दर्शकबाट कस्तो प्रतिक्रिया पाउनेछ भन्ने प्रतिक्षाको विषय बनेको छ।

बुधबार, भदौ १०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.