काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँट ‘रोड टू यूएफसी’ सिजन ५ को बान्टामवेटतर्फ फाइनलमा पुगेका छन्।
चीनको साङ्घाईमा शुक्रबार भएको सेमिफाइनल भिडन्तमा ढाँटले न्युजील्यान्डका फाइटर कासिब मर्डकलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन्।
फाइनलमा ढाँटले जापानका फाइटर रोयो ताजिमासँग प्रतिस्पर्धा गर्नेछन्। उपाधिका लागि हुने यो भिडन्तमा जित निकाल्न सके ढाँट यूएफसीमा प्रवेश गर्ने पहिलो नेपाली फाइटर बन्नेछन्।
ढाँटको जितसँगै नेपाली एमएमएमा नयाँ इतिहास बन्ने सम्भावना बढेको छ। अब सबैको नजर उनको आगामी फाइनल भिडन्तमा केन्द्रित भएको छ।
तपाईको प्रतिक्रिया


