• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

‘पार्वती’ हेरेपछि मदनकृष्णदेखि किरण केसीसम्मले गरे नीताको अभिनयको प्रशंसा

  •   आइतबार, भदौ २८, २०८३ मा प्रकाशित

काठमाडौं । नीता ढुङ्गानाको निर्देशन तथा अभिनय रहेको चलचित्र ‘पार्वती’ तेस्रो सातामा प्रदर्शन भइरहेको छ। दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको चलचित्र शनिबार वरिष्ठ कलाकार, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वले हेरेर प्रशंसा गरेका छन्।

चलचित्र हेरेपछि वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले निर्देशक तथा अभिनेत्री नीता ढुङ्गानाको अभिनयको खुलेर प्रशंसा गरे। अटिजम भएकी युवतीको भूमिका निर्वाह गरेकी नीतालाई पर्दाको पात्र र वास्तविक जीवनमा आफूले झन्डै छुट्याउन नसकेको उनले बताए।

‘नीता ढुङ्गानाले यस्तो अभिनय गर्लिन् भनेर अन्दाज नै गरेको थिइनँ। सुरुदेखि अन्तिमसम्म अभिनयमा होल्ड गर्न सकेकी छन्,’ उनले भने।

अटिजम भएका व्यक्तिहरूको पनि भावना र मन हुन्छ भन्ने कुरा चलचित्रले दर्शकलाई सोच्न बाध्य बनाएको मदनकृष्णले बताए। उनले ‘पार्वती’ हेर्ने दर्शकले एउटा किताब पढेभन्दा बढी ज्ञान प्राप्त गर्ने धारणा व्यक्त गरे।

मदनकृष्णकी बुहारी रिङ्कुले पनि चलचित्र र नीताको अभिनयको प्रशंसा गरिन्। उनले अटिजम तथा फरक क्षमता भएका व्यक्तिको परिवारले समाजबाट भोग्नुपर्ने व्यवहारलाई चलचित्रले संवेदनशील रूपमा प्रस्तुत गरेको बताइन्।

‘सबैभन्दा पहिला बधाई नीतालाई। एकदमै गाह्रो विषय र समाजमा घटिरहने कुराहरू फिल्मको पर्दामा थियो,’ उनले भनिन्, ‘फरक क्षमता भएको घरमा घटिरहने घटना र आमा–बुबा साथमा भए पनि समाजले कस्तो भूमिका खेल्दो रहेछ भन्ने कुराले मलाई निकै छोएको थियो।’

संविधानविद् तथा वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्य पनि चलचित्र हेरेपछि भावुक देखिए। उनले नीताको अभिनयको प्रशंसा गर्दै आफूले यस्तो स्तरको अभिनय कमै देखेको बताए।

‘यो फिल्ममा नीता ढुङ्गानाले जुन अभिनय गर्नुभएको छ, यो लेभलको एक्टिङ मैले देखेकै छैन,’ उनले भने, ‘यस्तो फिल्मको सन्देश एकदमै महत्त्वपूर्ण छ। किनभने यो विषयवस्तु रोज्नु टिमका लागि जोखिम थियो।’

हास्यकलाकार किरण केसी ‘रातामकै’ले चलचित्रको कथावस्तु र निर्देशन दुवै बलियो रहेको बताए। उनले नीताले आफूलाई नै निर्देशन गर्दै पात्रमा पूर्ण रूपमा डुबेर दर्शकलाई भावुक बनाउन सफल भएको प्रतिक्रिया दिए।

‘यो फिल्मको कथावस्तु नै एकदमै बलियो छ। निर्देशन पक्ष पनि एकदमै बलियो लाग्यो। नीताले आफैंलाई निर्देशन गरेर त्यो पात्रको ट्र्याकमा दर्शकलाई समातेर सेकेन्ड–सेकेन्डमा रुवाउन सक्ने क्षमता देखाएकी छन्,’ उनले भने।

किरण केसीले चलचित्रको प्रशंसा गर्दै आफूमा त्यस्तो शक्ति भएको भए अन्तर्राष्ट्रिय अवार्डका लागि पठाउन सक्ने समेत बताए।

चलचित्र हेर्न अभिनेता जितु नेपाल, सञ्चारकर्मी प्रकाश सुवेदी, नरेश भट्टराईलगायत पनि पुगेका थिए। उनीहरूले समेत चलचित्रको प्रशंसा गरेका छन्।

भदौ १२ गतेदेखि प्रदर्शनमा आएको ‘पार्वती’मा नीता ढुङ्गाना र अशोक दर्जी मुख्य भूमिकामा छन्। अटिजम भएकी दिदी र भाइबीचको भावनात्मक सम्बन्धलाई चलचित्रको कथाको केन्द्रमा राखिएको छ। अटिजम भएकी छोरीलाई समाजले हेर्ने दृष्टिकोण तथा उनका अभिभावकले भोग्नुपर्ने सामाजिक चुनौतीलाई चलचित्रमा प्रस्तुत गरिएको छ।

चलचित्रमा नीता र अशोकसँगै दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल, दिप्त प्रकाश अधिकारीलगायतको अभिनय छ।

निर्देशक ढुङ्गानाकै कथा तथा पटकथा रहेको चलचित्रको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन्। सुदीप बरालको छायांकन रहेको चलचित्रमा रामजी लामिछानेले नृत्य निर्देशन गरेका छन्।

चलचित्रका प्रोडक्सन म्यानेजर तथा कार्यकारी निर्माता शंकर पाण्डे हुन् भने निर्माता हरिहर अधिकारी रहेका छन्।

आइतबार, भदौ २८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.