• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

विद्युतमा सोह्र अर्ब चौँतिस करोडको क्षति

  •   मङ्गलबार, भदौ ३०, २०८३ मा प्रकाशित

काठमाडौँ, भदौ ३० गते । भोटेकोशी बाढीका कारण विद्युत् आयोजना तथा प्रसारण लाइनमा भएको क्षतिका कारण विद्युत् उत्पादनमा मात्रै १६ अर्ब ३४ करोड रुपियाँ बराबरको क्षतिको अनुमान गरिएको छ ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदनले औँल्याए अनुसार विद्युत् उत्पादन र सो उत्पादनपछि प्राप्त हुने रोयल्टीसमेत गुम्न पुग्दा १६ अर्ब ३४ करोड ६९ लाख रुपियाँको क्षति हुने देखिएको हो ।

प्रतिवेदन अनुसार बाढी तथा पहिरोका कारण वार्षिक दुई हजार ७३९.४८ गिगावाट घण्टा विद्युत् उत्पादनमा कमी आउने छ । जलविद्युत्, सौर्य ऊर्जा उत्पादन र ऊर्जा रोयल्टीमा हुने क्षतिसमेत जोड्दा ऊर्जामा यस्तो आर्थिक क्षति हुने प्रारम्भिक मूल्याङ्कन गरिएको हो ।

प्रतिवेदन अनुसार जलविद्युत् उत्पादनतर्फ वार्षिक दुई हजार ५२० गिगावाट घण्टा विद्युत् उत्पादन गुम्ने छ । यसबाट १४ अर्ब ८२ करोड रुपियाँ बराबरको क्षति हुने अनुमान गरिएको छ ।

त्यस्तै सौर्य ऊर्जा उत्पादनमा वार्षिक २१०.४८ गिगावाट घण्टा कमी आउने र त्यसबाट एक अर्ब २३ करोड ८४ लाख रुपियाँ बराबरको क्षति हुने जनाइएको छ । ऊर्जा रोयल्टीतर्फ थप २८ करोड ८५ लाख रुपियाँ क्षति हुने अनुमान छ ।

नेपाल विद्युत् प्राधिकरणको उत्पादन निर्देशनालय प्रमुख उपकार्यकारी निर्देशक किरणकुमार श्रेष्ठका अनुसार वार्षिक ऊर्जा उत्पादनको क्यालेन्डर र आयोजना र प्रसारण लाइनमा भएको क्षतिले प्रभावित हुने उत्पादन हिसाब गर्दा योखाले क्षति भएको हो ।

“विद्युत् उत्पादनमा रहेका क्षतिग्रस्त आयोजना, निर्माणाधीन आयोजना तथा प्रसारण लाइनमा भएको क्षतिका कारण प्रणालीमा ल्याउन नसकिने आयोजनाको विद्युत्को हिसाब गर्दा यस्तो क्षति आकलन भएको हो,” उहाँले भन्नुभयो ।

बाढीका कारण सञ्चालनमा रहेका १११ मेगावाटको रसुवागढी, ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ‘ए’, २२ मेगावाटको चिलिमे जलविद्युत्, २४ मेगावाटको त्रिशूली जलविद्युत् केन्द्र, १४.१ मेगावाटको देवीघाट जलविद्युत् २५ मेगावाटको नुवाकोट सौर्य विद्युत् आयोजना क्षतिग्रस्त भएर विद्युत् उत्पादन गर्न नसक्ने अवस्थामा पुगेका छन् । यसबाहेक परीक्षण उत्पादनकै क्रममा रहेका २० मेगावाटको लाङटाङखोला जस्ता यसै वर्ष प्रणालीमा जोडिने तय भएका आयोजना पनि क्षतिग्रस्त हुँदा ऊर्जामा नोक्सानी भएको हो । कतिपय सञ्चालनमै रहेका आयोजना आफैँमा क्षति नभए पनि प्रसारण लाइन नै क्षतिग्रस्त भएका कारण विद्युत् उत्पादन नगर्नुपर्ने अवस्थामा पुगेका छन् ।

अप्पर सान्जेन र सान्जेन जलविद्युत्को ५७.३ मेगावाट सुपर सान्जेनको ७८ मेगावाटलगायत केही आयोजनाको बिजुली प्रसारण लाइन बग्दाका कारण खेर जाने अवस्था छ । “प्रसारण लाइन पुनर्निर्माण त अबको एक वर्षमा हुन सक्ला,” उहाँले भन्नुभयो, “तर रसुवागढी, चिलिमे, माथिल्लो त्रिशूली थ्री ‘ए’ जस्ता आयोजना पुनर्निर्माणका लागि केही वर्ष लाग्दा यो ऊर्जाको क्षति आगामी वर्षमा पनि बेहोर्नुपर्ने हुन्छ ।”

तीन खर्ब नब्बे अर्ब रुपियाँ आवश्यक

सो प्रतिवेदनमा क्षति बेहोरेको ऊर्जा क्षेत्रलाई पूर्ववत् अवस्थामा फर्काउन करिब तीन खर्ब ९० अर्ब ६२ करोड ३० लाख रुपियाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ ।

यो रकममध्ये छ महिनाभित्रै गर्नुपर्ने कामका लागि एक अर्ब पाँच करोड रुपियाँ आवश्यक पर्ने छ । तत्कालीन पुनस्र्थापना योजना अन्तर्गत प्रसारण प्रणाली पुनर्स्थापनाका लागि ५९ करोड रुपियाँ, सबस्टेसनका लागि ४० करोड रुपियाँ, वितरण प्रणालीका लागि १० करोड रुपियाँ र माइक्रो–हाइड्रोतर्फ पाँच करोड रुपियाँ आवश्यक हुने औँल्याइएको छ ।

बाँकी तीन खर्ब ८९ अर्ब ५७ करोड ३० लाख रुपियाँ दीर्घकालीन पुनस्र्थापनाका लागि आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ ।

प्राधिकरणले यी आकलन विस्तृत आयोजना लागत नभई प्रारम्भिक तथा सूचकात्मक योजना आवश्यकताको अनुमानका आधारमा तय गरिएको जनाएको छ ।

माइक्रो–हाइड्रोसम्बन्धी कामलाई घरायसी नवीकरणीय ऊर्जा कार्यक्रमसँग समन्वय गरेर अघि बढाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ । यसबाट एउटै काममा दोहोरो खर्च हुन नदिने र पुनस्र्थापना कार्यक्रमलाई व्यवस्थित बनाउने उद्देश्य राखिएको छ ।

विद्युत् उत्पादन र ग्रिड पुनर्निर्माण आवश्यक

दीर्घकालीन पुनर्स्थापना योजनामा क्षतिग्रस्त विद्युत् उत्पादन आयोजना, प्रसारण तथा ग्रिड संरचना पुनर्निर्माण गर्ने कामलाई प्राथमिकता दिइएको छ । निर्माणाधीन आयोजनाका बाँकी काम पूरा गरी उत्पादनमा ल्याउने विषयसमेत योजनामा समेटिएको छ ।

प्रतिवेदन अनुसार विद्युत् पुनर्स्थापना उत्पादन संरचना र त्यससँग जोडिएको प्रसारण सञ्जाल दुवैको अवस्थामाथि निर्भर हुने छ । सडक तथा पहुँचको समस्या, नदीजन्य गेग्य्रान, भिरालो भूभागको अस्थिरता, उपकरणको उपलब्धता र प्रसारण जडानले मर्मत तथा पुनस्र्थापनाको समय प्रभावित गर्न सक्ने छ ।

प्रतिवेदनले क्षति तथा नोक्सानीको विवरणमा विद्युत् आपूर्तिविहीन ग्राहकको एकीकृत सङ्ख्या भने समावेश नभएको जनाएको छ । आयोजनागत रूपमा विद्युत् अवरुद्ध भएको अवधि र पुनः सञ्चालनको मिति उपलब्ध नभएकाले ग्राहक सङ्ख्या यकिन गर्न नसकिएको हो ।

ऊर्जा क्षेत्रमा तत्काल देखिएको क्षति १६ अर्ब ३४ करोड ६० लाख रुपियाँ भए पनि पुनर्स्थापनाका लागि आवश्यक रकम त्यसको तुलनामा निकै ठुलो छ । यसले क्षतिग्रस्त आयोजना, प्रसारण लाइन, सबस्टेसन र वितरण प्रणाली पुनर्निर्माण गर्न दीर्घकालीन वित्तीय स्रोत आवश्यक पर्ने देखाएको छ ।

 

मङ्गलबार, भदौ ३०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.