• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

व्यावसायिक तरकारी खेतीले चन्द्रवंशीलाई दिलाएको सफलता

  •   बिहिबार, असोज ०१, २०८३ मा प्रकाशित

सुनसरी । सशस्त्र प्रहरीको जागिर र वैदेशिक रोजगारीबाट सोचे जति आम्दानी नभएपछि के गर्ने होला भन्ने चिन्तामा थिए–बालक चन्द्रवंशी । कृषिभन्दा अरू उत्तम विकल्प नदेखेपछि उनले यसलाई अङ्गाले । द्विविधामा सुरु गरेको व्यवसायले सफलता दिएपछि चन्द्रवंशीलाई आजकल लाग्छ रे ‘गरे त हुँदो रहेछ’ ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–६ श्रीलङ्का टप्पुका चन्द्रवंशीले व्यावसायिक तरकारी खेतीबाट वार्षिक रु ४० लाखसम्म आम्दानी गर्न गरेको सफलताको कथा गौरवका साथ सुनाउँछन् ।

विसं २०६२ देखि २०६९ सालसम्म सशस्त्र प्रहरीमा सेवा गर्नुभएका चन्द्रवंशीले जागिर छाडेपछि आफैँ गाडी खरिद गरी चलाए । त्यसबाट पनि सोचेअनुसार आम्दानी नभएपछि २०७५ मा रोजगारीका लागि कुवेत गए ।

खाडीको घाम सहेर फर्केपछि उनले २०७७ सालमा कृषि पेसा गर्ने सोच राखे । रु ५० हजार लगानीमा कृषि पेसा सुरु गरेका उनले अहिले करिब चार बिगाहा क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गरिरहेका छन् ।

“पहिले बारी बाँझो हुन्थ्यो । घरमा काम गर्ने मान्छे पनि हुँदैनथ्यो । थोरै खेतीमा धान र मकै लगाइन्थ्यो, खानका लागि पुग्थ्यो तर नगद पैसा हात पर्दैनथ्यो,” चन्द्रवंशीले भने, “नेपालमा जागिर खाँदा कमाइ थोरै थियो । अलिक बढी कमाइ होला भन्ने सोचेर विदेश गएँ, त्यहाँ पनि सोचेअनुसार कमाउन सकिएन । अहिले तरकारी खेतीबाट राम्रो आम्दानी भइरहेको छ ।”

हाल दैनिकजसो तरकारी बिक्री हुने भएकाले आम्दानी पनि नियमित हुने गरेको उहाँले बताउनुभयो । करिब अढाई बिगाहामा गोलभेँडा खेती गरेका उनले बाँकी जग्गामा काँक्रो, बोडी, घिरौँला, खोर्सानीलगायत मौसम अनुसारका तरकारी लगाएका छन् ।

मौसमले साथ दिँदा उत्पादन राम्रो हुने र सिँचाइ तथा मल पानीको उचित व्यवस्थापन गर्न सके तरकारी खेतीबाट राम्रो आम्दानी गर्न सकिने उनको अनुभव छ ।

“अहिले यही पेसाबाट मनग्य आम्दानी भइरहेको छ,” उनले भने, “भदौको पहिलो सातादेखि गोलभेँडा रोप्न सुरु गरिन्छ भने कात्तिकको अन्तिम सातादेखि टिप्न थालिन्छ । अन्य मौसमी तरकारी भने वर्षभरि उत्पादन हुने गरेको छ ।”

आधुनिक जातका गोलभेँडा लामो समयसम्म नबिग्रिने भएकाले टाढाका बजारमा पठाउन सहज हुने हुँदा गोलभेँडा खेतीलाई बढी प्राथमिकता दिएको उनले बताए । “गोलभेँडाका कलमी बिरुवा केही भारतबाट ल्याएर रोप्ने गरेको छु भने बाँकी बिरुवा आफैँ उत्पादन गर्छु । अन्य तरकारीका बिरुवा स्थानीय बजारबाट खरिद गरेर ल्याउने गरेको छु,” उनले भने ।

उत्पादित तरकारी बिक्रीका लागि बजारसम्म आफैँ पुग्नुपर्ने अवस्था नरहेको चन्द्रवंशी बताउँछन् । धनकुटा, झापा, उदयपुर, धरान, इटहरी, इनरुवालगायत स्थानबाट व्यापारी बारीमै आएर तरकारी खरिद गरी लैजाने गरेका छन् । सडक तथा यातायातको पहुँचका कारण उत्पादन बिक्री गर्न सहज भएको उनको भनाइ छ ।

उनको खेतीमा वर्षभरि ज्यालादारीमा १२ जनाले काम पाएका छन् । भदौको अन्तिम सातादेखि वैशाखसम्म भने दैनिक २० देखि ३० जनासम्म कामदारलाई मासिक रु १८ हजारदेखि रु २० हजारसम्म पारिश्रमिक दिएर काममा लगाउने गरिएको उनले जानकारी दिए ।

“श्रीलङ्का टप्पुमा अधिकांश स्थानीय आफैँ खेती गर्ने भएकाले कामदार पाउन गाह्रो छ । अहिले सप्तरी जिल्लाबाट कामदार ल्याएर खेतीमा काम लगाएको छु,” उनले भने ।

तरकारी खेतीसँगै चन्द्रवंशीले करिब अढाई बिगाहा क्षेत्रफलमा मकै खेती गर्दै आएका छन् । मकै बिक्रीबाट वार्षिक रु चार लाखसम्म आम्दानी हुने उनले जानकारी दिए ।

कृषिबाट भएको आम्दानीले उनले प्रकाशपुरमा पाँच कट्ठा जग्गा खरिद गरेका छन् । उनका एक छोरा र तीन छोरी स्थानीय निजी विद्यालयमा अध्ययनरत छन् । “अहिले गाउँमै राम्रो कमाई भइरहेको छ । गाउँमै रोजगारी सिर्जना गर्न सकेकामा सन्तुष्ट छु । अहिले गाउँमा राम्रो व्यवसायी भनेर नाम र दाम दुवै कमाएको छु,” उनले भने ।

चन्द्रवंशीको खेतीमा विगत चार वर्षदेखि काम गर्दै आएका सप्तरीका राजकुमार भन्छन्, “आफ्नो गाउँमा पर्याप्त खेतीपाती गर्ने बारी छैन । त्यहाँ काम पनि पाइँदैन । खेती पनि छैन । यहाँ आएर काम गरिरहेको छु । रोजगार पाएकोमा खुसी छु ।”

“यहाँ थोरै आम्दानी भए पनि बचत हुन्छ । विदेशको कमाइले आफैँलाई खर्च पुर्‍याउन गाह्रो हुन्छ । नेपालको कमाइ थोरै भए पनि सबै बचत गर्न सकिन्छ”, उनले भने ।

बिहिबार, असोज ०१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.