• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

चिनी प्रतिकेजी एक सय दस रुपियाँमा बेच्ने व्यवस्था

  •   बिहिबार, असोज ०१, २०८३ मा प्रकाशित

काठमाडौँ, असोज १ गते । काठमाडौँ उपत्यकाका एक हजारभन्दा बढी खुद्रा तथा थोक बिक्री केन्द्रबाट प्रतिकेजी ११० रुपियाँमा चिनी बेचिने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपत्यकामा चिनीको अभाव नरहेको स्पष्ट पारेको हो । विभागका अनुसार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहको अध्यक्षतामा सरोकारवालासहित बसेको बैठकको सहमति अनुसार उपत्यकाका विभिन्न बिक्री केन्द्रबाट चिनी सहज रूपमा उपलब्ध गराउने व्यवस्था गरेको जनाएको छ ।

चाडपर्व नजिकिँदै गर्दा बजारमा चिनी अभाव हुन थालेको र मूल्य बढाइएको भन्ने गुनासो सार्वजनिक भएसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत लिएर उपत्यकाका खुद्रा तथा थोक व्यापारीलाई प्रतिकेजी ११० रुपियाँ चिनी बिक्रीको व्यवस्था गरेको हो ।

मन्त्रालयका अनुसार उपत्यकाका नेपाल खुद्रा व्यापार सङ्घ, नेपाल खाद्य किराना तथा थोक सङ्घ, भाटभटेनी सुपरमार्केट, बिगमार्ट, सेल्सबेरीलगायतबाट चिनी प्रतिकेजी ११० रुपियाँमा पाउने व्यवस्था गरिएको छ । मन्त्रालयका आपूर्ति महाशाखा प्रमुख जितेन्द्र बस्नेतले उपत्यकामा भोलिदेखि नै चिनी सहज हुने र प्रतिकेजी ११० रुपियाँमा पाइने जानकारी दिनुभयो ।

उहाँका अनुसार कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत भारतबाट एक प्रतिशत भन्सारमा २५ हजार मेट्रिक टन चिनी आयात गर्ने निर्णय भएको छ भने नेपालका उद्योगबाट २० हजार मेट्रिक टन गरी ४५ हजार मेट्रिक टन चिनी खरिद भएपछि कात्तिकसम्म पुग्छ । त्यसपछि बिस्तारै नेपालकै उद्योगीले नयाँ चिनी उत्पादन हुन्छ ।

मन्त्रालयका अनुसार साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत प्रतिकेजी १०५ रुपियाँमा लिएर खुद्रा पसल र थोक व्यापारीले प्रतिकेजी ११० रुपियाँमा उपलब्ध गराउनुपर्ने छ । भाटभटेनी सुपरमार्केट, बिगमार्ट, सेल्सबेरीलगायतबाट डिपार्टमेन्ट स्टोरले पनि नोक्सान नै भए पनि आजैदेखि प्रतिकेजी ११० रुपियाँमै बेच्न सहमत भएको महाशाखा प्रमुख बस्नेतले जानकारी दिनुभयो । कर्पोरेसनका सहायक कार्यकारी प्रमुख ब्रजेश झाले सरकारको निर्देशन अनुसार खुद्रा र थोक व्यापारीलाई प्रतिकेजी १०५ रुपियाँमा चिनी बिक्री गर्न थालेको जानकारी दिनुभयो ।

नेपालमा वार्षिक तीन लाख मेट्रिक टन चिनी माग रहेको र नेपालमा एक लाख मेट्रिक टन मात्रै उत्पादन हुने गरेको र बाँकी भारतबाट ल्याउनुपर्ने तर पछिल्लो पटक भारतले आफ्नै देशमा अभाव भएपछि निर्यात कडाइ गरेपछि नेपालमा अहिले समस्या आएको उहाँको भनाइ रहेको छ ।

उद्योगीका कारण चिनीको अभाव

बजारमा अहिले चिनीको अभावको समस्या सरकारका कारण नभएर उद्योगीका कारण भएको भन्दै सहसचिव बस्नेतले भन्नुभयो, “जुनबेला भारतबाट मागेजति चिनी आयात गर्न पाइन्थ्यो त्यसबेला उद्योगीले भारतबाट चिनी आउँदा आफ्नो नबिक्ने भन्दै भन्सार बढाउन माग गरे । भारतले चिनी निर्यातमा कडाइ गरेपछि चिनी छैन भन्दै तिनै उद्योगी आउँछन् ।”

मन्त्रालयका अनुसार नेपालमा माग हुने चिनीको ४० प्रतिशत चिनी उद्योगको प्रयोजन (कोकाकोला, पेप्सी, मिठाई उद्योग) मा प्रयोग हुने गरेको छ भने ६० प्रतिशत चिनीले आमउपभोक्ताको माग धान्ने गरेको छ । उद्योगीले आफूलाई आवश्यक पर्ने चिनी पहिले नै मौज्दात गरिसकेको अहिले आवश्यक आमउपभोक्तालाई मात्रै भएको हो ।

सरकारको निर्णय अनुसार भारतबाट भन्सार छुटको चिनी आउन थालिसकेको छ र दसैँअगाडि नै सबै चिनी आइसक्छ । नेपाल खुद्रा व्यापार सङ्घका अध्यक्ष पवित्र वज्रचार्यले गएको एक महिनादेखि अधिकांश खुद्रा व्यापारीले चिनी बिक्री गर्न छोडेको र साल्ट ट्रेडिङ कर्पोेरेसनबाट चिनी लिएर प्रतिकेजी ११० रुपियाँमा उपभोक्तालाई सेवा गर्न तयार भएको बताउनुभयो ।

चिनीमा कालोबजारी गरेको भन्दै सरकारका नियमनकारी निकायले हामीमाथि नै चार्ज लगाउने गरेको भन्दै उहाँले भन्नुभयो, “चिनीको अभाव वा कालोबजारी गर्ने आफूहरू नभएर उद्योगी हुन् भन्ने सरकारलाई थाहा हुँदाहुँदै पनि खुद्रालाई दुःख प्रवृत्तिको अन्त्य हुनु पर्छ ।”

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बजारमा चिनी हुँदाहुँदै पनि उद्योगी वा ठुला व्यापारीले कृत्रिम अभाव सिर्जना गरेका बेलामा सरकारको यो निर्णयले उपभोक्तालाई धेरै राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

बिहिबार, असोज ०१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.