• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आजदेखि हलमा ‘झिँगे दाउ–२’, ‘कार्की साइँला’ र ‘माया बस्छ कि के हो !’

  •   शुक्रबार, असोज ०२, २०८३ मा प्रकाशित

काठमाडौं । नेपाली चलचित्रका लागि शुक्रबार नयाँ फिल्मको प्रदर्शनसँगै हलमा प्रतिस्पर्धा थपिएको छ। शुक्रबारदेखि ‘झिँगे दाउ–२’, ‘कार्की साइँला’ र ‘माया बस्छ कि के हो !’ एकसाथ प्रदर्शनमा आएका छन्।

तीनवटै फिल्मले फरक–फरक कथावस्तु बोकेका छन्। पारिवारिक तथा सामाजिक कथामा निर्माण भएको ‘झिँगे दाउ–२’लाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन्। फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्टलगायत कलाकारको अभिनय रहेको छ।

‘झिँगे दाउ–२’को प्रदर्शनअघि काठमाडौंमा प्रिमियरसमेत गरिएको थियो। प्रिमियरमा सहभागी दर्शक तथा चलचित्रकर्मीबाट फिल्मले सकारात्मक प्रतिक्रिया पाएको निर्माण पक्षले जनाएको थियो। फिल्मको अग्रिम टिकट बुकिङसमेत खुलाइएको थियो।

यस्तै, जितु नेपाल र प्रियना आचार्यको मुख्य भूमिका रहेको ‘कार्की साइँला’ पनि शुक्रबारबाट हलमा आएको छ। फिल्मले ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र भरियाको जीवनसँग जोडिएका विषयलाई कथाको आधार बनाएको छ।

राजेन्द्र बस्नेतको निर्देशनमा बनेको ‘कार्की साइँला’मा जितु नेपाल फरक भूमिकामा प्रस्तुत भएका छन्। फिल्ममा सामाजिक तथा पारिवारिक सम्बन्धसँगै पात्रहरूले भोग्ने संघर्षलाई प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ। प्रदर्शनअघि नै फिल्मले देशभर ६० भन्दा बढी शो पाएको थियो।

यसैगरी प्रेमकथामा आधारित चलचित्र ‘माया बस्छ कि के हो !’ पनि शुक्रबारबाट प्रदर्शनमा आएको छ। युरोपेली परिवेशमा छायांकन गरिएको यस फिल्मले प्रेम, सम्बन्ध र भावनात्मक उतारचढावलाई कथाको केन्द्रमा राखेको छ।

तीनवटै फिल्मको प्रदर्शनसँगै नेपाली चलचित्रका दर्शकले एउटै साता फरक स्वादका फिल्म रोज्न पाउने भएका छन्। मल्टिप्लेक्स तथा अन्य हलमा प्राप्त शोका आधारमा शुक्रबारदेखि तीन फिल्मले आफ्नो प्रदर्शन यात्रा सुरु गरेका हुन्।

दशैं नजिकिँदै गर्दा नेपाली फिल्मको प्रदर्शन बढ्ने क्रमसँगै हलमा दर्शकको चाप पनि बढ्ने अपेक्षा गरिएको छ। अब यी तीन फिल्मको व्यापार तथा दर्शक प्रतिक्रिया कस्तो रहन्छ भन्ने चासो चलचित्र क्षेत्रको रहेको छ।

शुक्रबार, असोज ०२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.