काठमाडौं । जापानको इची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०२ रन बनाएको थियो। अफगानिस्तानका लागि फेसल खान अहमदजाईले ३० तथा नजिबुल्लाह जाद्रानले ३० रन बनाए। नङ्गेलिया खान १७ रनमा अविजित रहे।
१०३ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। नेपालका लागि सन्दीप जोराले सर्वाधिक ३४ रन बनाए। रोहित पौडेलले ३३ तथा दीपेन्द्रसिंह ऐरीले १५ रनको योगदान दिए।
बलिङतर्फ नेपालका कुशल भुर्तेलले ४ तथा ललितनारायण राजवंशीले ३ विकेट लिए।
समूह ‘ए’ मा रहेको नेपालको प्रतियोगितामा यो पहिलो खेल हो। अफगानिस्तानको भने यो दोस्रो खेल हो। यसअघि अफगानिस्तानले जापानलाई ४८ रनले पराजित गरेको थियो।


