• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ५. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • १०. जग्गा भाडामा लिएर सयपत्री खेती

स्तरवृद्धि भयो, बनेन पेन्सनपट्टा

  •   आइतबार, असोज १८, २०८३ मा प्रकाशित

काठमाडौँ, असोज १८ गते । साबिक सङ्घबाट लुम्बिनी प्रदेशमा समायोजन हुनुभएका हाल अवकाशप्राप्त अधिकृत राजेन्द्रकुमार श्रेष्ठको लुम्बिनी प्रदेश कार्यालयमा समायोजन भएपछिको स्तरवृद्धि अनुसारको पेन्सनपट्टा बन्न सकेन । २०७५ सालमा कर्मचारी समायोजनपछि प्रदेश कानुन अनुसार स्तरवृद्वि भए पनि स्तरवृद्धि भएको अवधिको पेन्सनपट्टा नबनी अवकाश हुनुभयो ।

श्रेष्ठ जस्तै साबिकको सङ्घमा नायब सुब्बा पदमा कार्यरत रहँदा लुम्बिनी प्रदेशमै समायोजित हुनु भई प्रदेश सरकारबाट वरिष्ठ पाँचौँ तहमा स्तरवृद्धि हुनुभएका कृष्ण काफ्लेको पनि अवस्था उस्तै छ । उहाँले गुनासो गर्दै भन्नुभयो, “लामो समयसम्म सरकारकै सेवा गरेको तर अवकाश हुँदा अनेक कानुनी झमेला देखाएर स्तरवृद्धिपछि पेन्सनमा सेवा अवधि नजोडिनु दुःखद हो ।” श्रेष्ठका अनुसार सङ्घीय कानुन नबनेसम्म समायोजनपछि स्तरवृद्धि भएको अवधिको पेन्सनमा थपिने रकम पनि सङ्घीय सरकारले दिने निर्णय नगर्दासम्म यो समस्या यथावत् नै रहिरहन्छ ।

उहाँहरू जस्तै साबिक सङ्घीय सरकारमै कार्यरत रही प्रदेश र स्थानीय तहमा समायोजन भई अवकाश भएका दुई हजार छ सय जना कर्मचारीको स्तरवृद्वि अनुसारको पेन्सनपट्टा बन्न सकेको छैन । सङ्घीय निजामती सेवा ऐन बन्न ढिलाइ हुँदा सबैभन्दा बढी प्रभावित २०७५ सालमा प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई परेको छ । सङ्घीयता कार्यान्वयनमा आएसँगै साबिक केन्द्र सरकारमा रहेका १४ हजार जना कर्मचारी प्रदेशमा र ४२ हजार कर्मचारी स्थानीय तहमा समायोजन भएका थिए । समायोजन भई प्रदेश निजामती सेवा ऐन अनुसार स्तरवृद्वि भई अवकाशमा गएका ती कर्मचारीको  पेन्सनपट्टा नबनेको हो । प्रदेश निजामती सेवा ऐन अनुसार बढुवा भएका कर्मचारीको स्तरवृद्विलाई सङ्घीय सरकारले नचिन्ने हुँदा तह बढुवा भएका कर्मचारीको पेन्सनपट्टा साबिककै पदको मात्र बन्ने गरेको राष्ट्रिय किताबखानाले जनाएको छ ।

सङ्घीय ऐन समयमा नबन्दा समस्या 

सङ्घीय निजामती सेवा ऐन बन्नुभन्दा पहिला प्रदेश निजामती ऐन जारी भई सोही ऐन अनुसार कर्मचारीको स्तरवृद्वि भएकाले यस्तो समस्या सिर्जना भएको हो । अहिले सङ्घीय सेवा ऐन जारी हुने प्रक्रियामा छ ।

राष्ट्रिय किताबखानाका निर्देशक सुधन ख्वाखलीले भन्नुभयो, “स्तरवृद्वि भएका कर्मचारीलाई सङ्घीय कानुनले नचिन्ने हुँदा समायोजित भएका कर्मचारीको  बढुवा भए पनि पेनसनपट्टा भने साबिक समायोजन भएकै पदको मात्र बन्ने गरेको हो ।” समायोजन ऐन अनुसार केन्द्रमा पाँच वर्षभन्दा कम सेवा अवधि भएका छैटौँ तहका शाखा अधिकृतलाई प्रदेश र स्थानीय तहमा समायोजन लगत्तै सातौँ र पाँच वर्षभन्दा बढी सेवा अवधि भएका शाखा अधिकृतलाई सातौँ तहमा र दुई ग्रेडसम्म वृद्वि गरिएको थियो । त्यस्तै साबिक केन्द्र सरकारमा उपसचिव रहेका कर्मचारी समायोजनपछि प्रदेश र स्थानीय तहमा १० औँ तहमा समायोजन भएका थिए । समायोजन हुनुअगाडि नै उपसचिव भइसकेका ती कर्मचारीलाई समायोजन हुँदा १० औँ र उपसचिव भएको पाँच वर्षभन्दा कम भएका कर्मचारीलाई नवौँ तहमा समायोजन गरिएको थियो ।

मुद्दा जित्नेले पाए 

१५ जना कर्मचारीको भने सर्वोच्च अदालतबाट स्तरवृद्वि अनुसारकै पेन्सन सुविधा दिन फैसला भएपछि सोही अनुसार पेन्सनपट्टा बनेको किताबखानाले जनाएको छ । बाँकी अन्य सबै कर्मचारीको भने समायोजन हुँदाकै पदको मात्र पेन्सनपट्टा बनेको हो ।

आइतबार, असोज १८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ५.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.