काठमाडौं : आगामी साता अवकाशमा जान लागेका सशस्त्र प्रहरी बलका एआईजी वंशी दाहाललाई पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेटेको आरोपमा निलम्बन गरी छानबिन गर्ने निर्णय गरेका गृहमन्त्री सुधन गुरुङले राज्यले सुम्पिएको गोपनीयता चुहावट गर्ने जोसुकैलाई पनि कारबाही गरिने चेतावनी दिएका छन्।
असोज ११ गते पूर्वप्रधानन्यायाधीश जबरा प्रहरी नियन्त्रणमा टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा रहेका बेला उनीसँग नजिकको नाता पर्ने एआईजी दाहालले भेटेको आरोप लागेको थियो। उक्त घटनापछि गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत राज्यले सुम्पिएको जिम्मेवारी र गोपनीयता उल्लंघन गर्ने जोसुकैलाई कारबाही गरिने बताएका हुन्।

तपाईको प्रतिक्रिया


