• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

‘पाँच पाण्डव’को दोस्रो पोस्टर सार्वजनिक, द्रौपदीको भूमिकामा इभा गिरी

  •   मङ्गलबार, असोज २०, २०८३ मा प्रकाशित

काठमाडौं । मल्टिस्टारर चलचित्र ‘पाँच पाण्डव’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । पहिलो पोस्टरमार्फत पाँच पाण्डवलाई सार्वजनिक गरेको निर्माणपक्षले दोस्रो पोस्टरमा द्रौपदीको लुक्स सार्वजनिक गरेको हो ।

चलचित्रमा द्रौपदीको भूमिकामा अभिनेत्री इभा गिरी देखिएकी छन् । रातो साडी, सोल्जर कट ब्लाउज र हल्का गहनामा प्रस्तुत इभाको लुक्सले महाभारतकी द्रौपदीको झल्को दिन्छ । पोस्टरमा उनको आकर्षक लुक्सलाई प्रमुखताका साथ प्रस्तुत गरिएको छ ।

पोस्टरको पृष्ठभूमिमा चलचित्रका पाँच पाण्डवलाई देखाइएको छ । पहिलो पोस्टरमा रथमा प्रस्तुत गरिएका पाँच पाण्डवलाई दोस्रो पोस्टरमा पृष्ठभूमिमा राख्दै निर्माणपक्षले चलचित्रका मुख्य पात्रहरूलाई पुनः स्मरण गराएको छ ।

पहिलो पोस्टरमा हरिवंश आचार्यलाई युधिष्ठिर, जितु नेपाललाई भीम, आर्यन सिग्देललाई अर्जुन, महेश त्रिपाठीलाई नकुल र सुशील सिटौलालाई सहदेवको भूमिकामा प्रस्तुत गरिएको थियो ।

निर्देशक वसन्त निरौलाले इभा गिरीको द्रौपदी अवतार दर्शकले रुचाउने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार इभालाई चलचित्रमा द्रौपदीको चरित्रमा प्रस्तुत गरिएको छ । युवा पुस्तामाझ लोकप्रिय रहेकी इभाको यो भूमिकाले पनि दर्शकको ध्यान खिच्ने निर्देशक निरौलाको विश्वास छ ।

तिहारको छेको पारेर कार्तिक २० गते अर्थात् नोभेम्बर ६ देखि प्रदर्शनमा आउने तयारीमा रहेको ‘पाँच पाण्डव’ अहिले पोस्ट प्रोडक्सनको अन्तिम चरणमा छ । चलचित्रको सम्पूर्ण साउन्ड डल्बी एटमसमा तयार गरिएको निर्माणपक्षले जनाएको छ । निर्देशक निरौलाका अनुसार दर्शकले चलचित्र हेर्दा पूर्ण डल्बी एटमस साउन्डको अनुभव लिन पाउनेछन् ।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको चलचित्रमा नेपाली सिने जगतका दिग्गज कलाकारदेखि नयाँ पुस्ताका चर्चित कलाकारसम्मको अभिनय छ । हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौला मुख्य पाँच पाण्डवको भूमिकामा छन् ।

त्यस्तै, दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी, सीता न्यौपाने र रितेश पौडेल (रितेशजंग खत्री) लगायतका कलाकारको पनि चलचित्रमा महत्वपूर्ण भूमिका छ ।

चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् । उनले यसअघि ‘लाज शरणम्’ निर्माण गरेका थिए । चलचित्रकी निर्मात्री काली रानी श्रेष्ठ हुन् ।

‘पाँच पाण्डव’को कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन् । पौडेलले चलचित्रलाई ‘सोसल ड्रामा’का रूपमा प्रस्तुत गरिएको बताएका छन् । उनका अनुसार महाभारतका पाँच पाण्डवका चरित्र र विम्बलाई आधार बनाएर चलचित्रले समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ ।

श्याम तामाङको छायांकन रहेको चलचित्रमा सुप्रिम पराजुलीको सम्पादन तथा सम्राट बस्नेतको फाइट निर्देशन छ । गम्भीर विष्ट र विक्रम स्वाँरको कोरियोग्राफी रहेको चलचित्रमा रङ्ग सम्पादन, अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक (बीजीएम) र पुकार धिमालको भीएफएक्स रहेको छ ।

रोहित राज गौतम एचओपी तथा विष्णु बुढाथोकी प्रोडक्सन म्यानेजर छन् ।चलचित्रलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले देशव्यापी वितरण गर्नेछ ।

मङ्गलबार, असोज २०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.