काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएकी छन् ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिलातर्फ उपसभापति पदमा मंगलबार भुसालको मात्रै उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
उम्मेदवारी दर्ताका लागि मंगलबार साँझ ७ बजेसम्मको समय तोकिएको थियो । तोकिएको समयभित्र महिलातर्फ उपसभापति पदमा भुसालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकी हुन् ।
यसअघि गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट भुसाल उपसभापति चयन भएकी थिइन् ।
तपाईको प्रतिक्रिया


