• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

बडादसैँ प्रारम्भ घटस्थापना आज

  •   आइतबार, असोज २५, २०८३ मा प्रकाशित

काठमाडौँ, असोज २५ गते । नेपालीको महान् चाड बडादसैँ आइतबारदेखि विधिवत् रूपमा सुरु हुँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म मनाइन्छ । बडादसैँको पहिलो दिन आइतबार घर घरमा धार्मिक विधिपूर्वक घटस्थापना गरी जमरा राखिँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार घटस्थापनाको शुभ साइत आइतबार बिहान ११:४७ बजे उत्तम रहेको छ । बडादसैँको पहिलो दिन प्रतिपदा आइतबार नवदुर्गाको पहिलो स्वरूप दुर्गादेवी शैलपुत्रीको पूजा गरिन्छ । तामा वा माटोको कलशमा गोबर टाँसेर जौ, मकै र गहुँ छरेर जमरा राखिन्छ । दोस्रो दिन द्वितीयामा नवदुर्गाको दोस्रो स्वरूप देवी ब्रह्मचारिणीको पूजाआराधना गरिन्छ । ज्ञान, तपस्या र वैराग्यकी देवीका रूपमा उहाँको उपासना गर्ने परम्परा छ ।

तेस्रो दिन तृतीयामा देवी चन्द्रघण्टाको पूजा गरिन्छ । हातमा घण्टा आकारको चन्द्रमा धारण गरेकी यी देवीको पूजा गर्दा मानसिक शान्ति र साहस प्राप्त हुने विश्वास गरिन्छ ।

चौथो दिन चतुर्थीमा देवी कुष्माण्डाको पूजाआराधना गरिन्छ । ब्रह्माण्ड उत्पन्न गर्ने शक्तिकी देवीका रूपमा उहाँलाई पुजिन्छ । यस दिन घटस्थापनामा राखिएको जमरामा विशेष पूजा गरी जल चढाउने गरिन्छ । पाँचौँ दिन पञ्चमीमा शिवपुत्र कुमार (स्कन्द) की माता देवी स्कन्दमाताको पूजा गरिन्छ । माता र पुत्रको स्नेहको प्रतीकका रूपमा यो दिनलाई लिइन्छ ।

छैटौँ दिन षष्ठीमा महर्षि कात्यायनकी छोरीका रूपमा जन्मिएकी देवी कात्यायनीको पूजा गरिन्छ । यस दिनदेखि दसैँको रौनक अझ बढ्छ र विभिन्न शक्तिपीठमा भक्तजनको भीड लाग्न थाल्छ ।

सातौँ दिन सप्तमीमा नवदुर्गाको उग्र स्वरूप देवी कालरात्रिको पूजा गरिन्छ । गोरखा दरबारबाट ल्याइएको पवित्र फूलपातीलाई काठमाडौँको हनुमानढोका दसैँघरमा शास्त्रीय विधि अनुसार भिœयाइन्छ । यस दिनदेखि सरकारी कार्यालयहरूमा दसैँको सार्वजनिक बिदा सुरु हुन्छ । आठौँ दिन अष्टमीलाई महाअष्टमी भन्दै दुर्गादेवी महागौरीको विशेष पूजाआराधना गरिन्छ । यस रातलाई ‘कालरात्रि’ को रूपमा रातभर पूजा गर्ने चलन पनि छ । दसैँघर र शक्तिपीठहरूमा देवीलाई बोका, राँगा, कुखुरा वा हाँसको बलि चढाइन्छ । बलि नदिनेहरूले कुभिन्डो, घिरौँलाको बलि दिने गर्छन् । यसै दिन सवारीसाधन र हातहतियारको पनि पूजा गरिन्छ ।

नवौँ दिन नवमीलाई महानवमी भनी नवदुर्गाको अन्तिम स्वरूप देवी सिद्धिदात्रीको पूजा गरिन्छ । यस दिन उद्योग, कलकारखाना, मेसिन र औजारहरूको विशेष पूजा हुन्छ । काठमाडौँको प्रसिद्ध तलेजु भवानीको मन्दिर वर्षमा यो एक दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ ।

दसौँ दिन दशमीलाई विजयादशमी भन्दै धुमधामसँग बडादसैँ मनाइन्छ । यस दिन देवी दुर्गाले महिषासुर र भगवान् श्रीरामले रावणमाथि विजय प्राप्त गरेको खुसियालीमा यो पर्व मनाइन्छ ।

आइतबार, असोज २५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.