सस्तो सोच र पैसा बचाउने पछि लाग्दा पछिल्लो समय नेपाली चलचित्रका गीत–संगीतको गुणस्तर खस्किँदै गएको हो कि भन्ने महसुस हुन थालेको छ। 🎶
गीत–संगीत चलचित्रको आत्मा हो। तर, केवल पैसा बचाउने र बिदेशमा बनाएको नाममा चलचित्रको सांगीतिक पक्षलाई कमजोर बनाउँदै लगेको देखिन्छ।त्यसका लागि संगीत, शब्द, स्वर, संगीत संयोजन र प्रस्तुतिमा पनि उत्तिकै मेहनत आवश्यक हुन्छ।
नेपाली चलचित्रको गीत–संगीत मनोरञ्जनको साधन मात्र होइन, हाम्रो कला, संस्कृति र पहिचान पनि हो। त्यसैले सस्तो लोकप्रियता र क्षणिक फाइदाभन्दा गुणस्तरीय सिर्जनालाई प्राथमिकता दिन जरुरी छ।
नेपाली चलचित्रको गीत–संगीतको स्तर खस्कँदै जानु समग्र चलचित्र क्षेत्रकै लागि दुःखद कुरा हो। 🎬🎵
तपाईको प्रतिक्रिया


