काठमाडौं। नेपाली चलचित्र ‘गौथली’का निर्देशक डा. कपिल रिजालले फ्रान्सको RED Movie Awards 2026 अन्तर्गत Autumn Edition मा उत्कृष्ट निर्देशक (पुरुष) विधाको अवार्ड जितेका छन्।
RED Movie Awards को आधिकारिक वेबसाइटमा प्रकाशित अन्तिम विजेता सूचीअनुसार डा. रिजालले ‘गौथली’का लागि Best Director (Man) विधामा अवार्ड जितेका हुन्। उनको यो उपलब्धिले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन थप योगदान पुर्याएको छ।
यस सफलताले निर्देशक रिजालको सिर्जनात्मक क्षमता र नेपाली चलचित्रको अन्तर्राष्ट्रिय सम्भावनालाई उजागर गरेको छ। नेपाली चलचित्रप्रति दर्शकको माया, विश्वास र साथले आफूहरूलाई यो स्थानसम्म पुग्न प्रेरित गरेको भन्दै ‘गौथली’सँग जोडिएका व्यक्तिहरूले दर्शक, शुभचिन्तक, आफन्त तथा चलचित्रप्रेमीप्रति आभार व्यक्त गरेका छन्।
आफ्ना मामाको यो उपलब्धिप्रति परिवारका सदस्य तथा शुभचिन्तकहरूले खुसी व्यक्त गर्दै डा. रिजाललाई बधाई दिएका छन्। उनीहरूले आगामी दिनमा पनि अझ ठूला सफलता हासिल गर्न शुभकामना व्यक्त गरेका छन्।
‘गौथली’ले प्राप्त गरेको यो अन्तर्राष्ट्रिय सम्मानलाई नेपाली चलचित्र क्षेत्रका लागि उपलब्धिका रूपमा हेरिएको छ। यसले नेपाली चलचित्रको सिर्जनात्मक मेहनत र अन्तर्राष्ट्रियस्तरमा अघि बढ्ने सम्भावनालाई थप उजागर गर्ने अपेक्षा गरिएको छ।


