• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

सुनिल थापाको अन्तिम चलचित्र ‘हिमालयन गोल्ड’को ट्रेलर सार्वजनिक, मंसिर ४ देखि प्रदर्शनमा

  •   मङ्गलबार, असोज २७, २०८३ मा प्रकाशित

काठमाडौं। नेपाली चलचित्र ‘हिमालयन गोल्ड’को ट्रेलर सार्वजनिक भएको छ। नेपालको इतिहास, संस्कृति र मौलिकतालाई विश्वमाझ चिनाउने उद्देश्यसहित निर्माण गरिएको सर्भाइभल कथामा आधारित चलचित्र आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने भएको छ।

दिवंगत अभिनेता सुनिल थापाको अभिनय रहेको ‘हिमालयन गोल्ड’लाई उनको अन्तिम चलचित्रका रूपमा प्रस्तुत गरिएको छ। दशकौँसम्म नेपाली चलचित्र क्षेत्रमा योगदान दिएका थापाको अन्तिम अभिनयलाई नेपालसहित अन्तर्राष्ट्रिय बजारका दर्शकमाझ पुर्‍याउनु उनको कलात्मक विरासतप्रतिको सम्मान भएको निर्माण पक्षले जनाएको छ।

चलचित्रमा सुनिल थापासँगै परीक्षा लिम्बू, कर्मा शाक्य, राहुल एन. मुखिया र सजन थापाको मुख्य भूमिका रहेको छ।

ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक धिराज राजवंशीले ‘हिमालयन गोल्ड’लाई नेपाली चलचित्रको परम्परागत शैलीभन्दा फरक ढंगले निर्माण गरिएको बताए। चलचित्रमा गीत नरहे पनि पृष्ठभूमि संगीतले दर्शकलाई कथासँग जोड्ने उनको भनाइ छ। प्राविधिक पक्षमा अन्तर्राष्ट्रिय टोलीसँग सहकार्य गरिएको पनि उनले जानकारी दिए।

चलचित्र भारत, जापान र अस्ट्रेलियालगायतका देशमा नेपाली भाषामै स्थानीय भाषाका सबटाइटलसहित प्रदर्शन गर्ने तयारी गरिएको छ। भारतको प्रतिष्ठित वितरक एए फिल्म्सले डबिङको विकल्प दिए पनि चलचित्रको मौलिकता जोगाउन नेपाली भाषामै प्रदर्शन गर्ने निर्णय गरिएको निर्देशक राजवंशीले बताए।

मुख्य अभिनेत्री परीक्षा लिम्बूले ‘हिमालयन गोल्ड’ आफ्ना अघिल्ला चलचित्रभन्दा फरक रहेको बताइन्। यसअघि सामाजिक विषय, पारिवारिक सम्बन्ध र प्रेमकथामा आधारित चलचित्रमा काम गरेकी उनले यसपटक जीवनका सबै कुरा गुमेपछि मानिससँग के बाँकी रहन्छ भन्ने प्रश्नमा आधारित सर्भाइभल कथा रोजेको बताइन्। नेपालमा महिला पात्रलाई केन्द्रमा राखेर निर्माण हुने चलचित्र कम भएकाले यो अवसर आफ्ना लागि विशेष रहेको उनको भनाइ छ।

अभिनेता कर्मा शाक्यले पनि चलचित्रको पटकथा नियमित रूपमा निर्माण भइरहेका नेपाली चलचित्रभन्दा फरक रहेको बताए। नयाँ निर्देशक र नवीन कथावस्तुमा काम गर्न आफू सधैँ उत्साहित हुने उल्लेख गर्दै उनले महिला पात्रलाई केन्द्रमा राखिएको कथामा विश्वास गरेकोमा निर्देशकलाई धन्यवाद दिए।

‘हिमालयन गोल्ड’ भारतभर एकसाथ प्रदर्शन हुने अवसर पाउने पहिलो नेपाली चलचित्र बनेको निर्माण पक्षको दाबी छ। चलचित्रको भारत वितरणका लागि मुम्बईमा एए फिल्म्सका संस्थापक तथा वितरक अनिल थडानीसँग औपचारिक सम्झौता भइसकेको छ। ‘दिलवाले दुल्हनिया ले जाएंगे’, ‘बाहुबली’, ‘आरआरआर’, ‘केजिएफ: च्याप्टर २’ र ‘पुष्पा’जस्ता चर्चित चलचित्र वितरण गरिसकेको एए फिल्म्सले नेपाली चलचित्रलाई भारतीय बजारमा पुर्‍याउने भएको हो।

एए फिल्म्सका संस्थापक थडानीले उत्कृष्ट कथावस्तु भएका चलचित्रलाई भारतीय दर्शकमाझ पुर्‍याउने आफ्नो उद्देश्य रहेको बताएका छन्।

चलचित्रका वितरक तथा निर्माता नकिम उद्दिनले पनि ‘हिमालयन गोल्ड’को अन्तर्राष्ट्रिय बजारमा राम्रो सम्भावना रहेको बताए। भारतमा प्रदर्शनका लागि सम्झौता भइसकेको र जापानलगायत अन्य देशमा पनि चलचित्रप्रति चासो देखिएको उनको भनाइ छ। नेपाली चलचित्रले अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्न सके समग्र उद्योगलाई फाइदा पुग्ने उनले बताए।

नेपालको मौलिकता, सर्भाइभल कथा र अन्तर्राष्ट्रिय प्रदर्शनको तयारीका कारण ‘हिमालयन गोल्ड’ नेपाली चलचित्र क्षेत्रका लागि चासोको विषय बनेको छ।

मङ्गलबार, असोज २७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.