• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

शक्तिपीठमा भक्तजनको घुइँचो

  •   आइतबार, कार्तिक ०१, २०८३ मा प्रकाशित

काठमाडौँ, कात्तिक १ गते  । “नवरात्रमा मनमा पाप नराखी शुद्ध मनले देवीको पूजा गर्दा जे चितायो त्यही पुग्छ । दसैँमा जमरा राखेको दिनदेखि एकादशीको दिनसम्म अन्न, नुन नखाई व्रत बस्ने गरेको छु,” फूलपातीको अघिल्लो दिन गुह्येश्वरी मन्दिरको दर्शन गर्न लाइनमा बस्नुभएकी काठमाडौँ गोकर्ण आरुबारीकी निर्मला पण्डितले भन्नुभयो, “फलफूल, दुध र पानी मात्र खाएर शुद्ध मनले देवीको पूजा गरेमा ढिलोचाँडो आफूले मागेको पुग्छ भन्ने मलाई विश्वास छ ।”

उहाँले हातमा पूजाको थाली, धुप, बत्ती र फलफूल बोक्नुभएको थियो । हरेक वर्ष दसैँ उहाँका लागि पर्व मात्र नभई भगवतीको उपासना गर्ने महत्त्वपूर्ण अवसरका रूपमा रहँदै आएको छ । विगत १५ वर्षदेखि लगातार दसैँमा अन्न नखाई व्रत बस्दै आउनुभएकी उहाँले यसपालि गुह्येश्वरी, महाँकाल, सङ्कटा, स्वयम्भू, विजेश्वरी, भाटभटेनी, मैतीदेवीलगायतका मन्दिरमा पूजाअर्चना गरिसकेको बताउनुभयो ।

कौशल्या सत्याल र कला थपलिया स्वयम्भूबाट बिहानै दक्षिणकाली मन्दिरमा दर्शन गरेर गुह्येश्वरी मन्दिर पुग्नुभएको थियो । दसैँ बिदा सुरु भएकाले काठमाडौँमा रहेका अधिकांश देवीका मन्दिरमा दर्शन गर्न जाने सत्यालले बताउनुभयो । उहाँले भन्नुभयो, “हरेक दसैँमा दक्षिणकाली, शोभा भगवती, गुह्येश्वरी, विजेश्वरी, रक्तकाली, मैतीदेवी, भद्रकालीलगायतका शक्तिपीठमा दर्शन गर्न जाने गरेका छौँ । अष्टमीका दिन जमरा लिएर शोभा भगवती, चुनदेवी, इन्द्रायणी मन्दिरमा पूजा गर्न जाने गरेका छौँ ।” नवरात्रिमा लसुन प्याज, माछामासु नखाइकन व्रत बस्ने गरिएको थपलियाले बताउनुभयो । सतीदेवीको गुह्य पतन भएर उत्पन्न भएको शक्तिपीठ मानिएको तथा पशुपतिनाथ मन्दिरछेउ रहेको गुह्येश्वरीमा दसैँका बेला भक्तजनको घुइँचो लाग्ने गरेको पुजारी सागर कर्माचार्यले बताउनुभयो । उहाँका अनुसार यहाँ तान्त्रिक विधिबाट पूजा गर्ने गरिन्छ । कर्माचार्यले भन्नुभयो, “दसैँका बेला अष्टमीका दिन कालरात्रि पूजा हुन्छ । त्यसका लागि चार  राँगा, छ बोका र आठ वटा हाँसको बलि दिएर पूजा गरिन्छ । बलि दिन पशुको व्यवस्था गुठी संस्थानबाट हुने गरेको छ ।”

श्रीमतीसहित मैतीदेवीमा दर्शन गर्न पुग्नुभएका गोरखाका विष्णुहरि अधिकारीले झन्डै आधा घण्टा ध्यान गर्नुभयो । हाल शाकाहारी बन्नुभएका उहाँले माछा, मासु र मदिरा त्याग्नाले शरीर पवित्र हुने र देवीको पूजापाठबाट सकारात्मक ऊर्जा मिल्ने बताउनुभयो । काठमाडौँमा रहेका विभिन्न शक्तिपीठको दर्शन गर्नुभएका उहाँले घरमा पनि दसैँका बेला विशेष पूजापाठ हुने बताउनुभयो । देवी तथा शक्तिका उपासकलाई दसैँ विशेष अवसर भएको उहाँले उल्लेख गर्नुभयो ।

मैतीदेवी मन्दिरमा दर्शन गर्न लाइनमा भेटिनुभएकी तनुजा झाको घर जनकपुर हो । उहाँ पाँच वर्षदेखि काठमाडौँमा बसोबास गर्दै आउनुभएको छ । “दसैँभरि हामी देवीको पूजापाठ गर्छांै, म पहिले व्रत बस्थेँ तर अहिले बिरामी भएकोले बसेको छैन । छोरी व्रत बसेकी छिन् ।” हालसम्म चार वटा मन्दिरको दर्शन गरेको र दसैँभर अरू देवीको मन्दिरमा पनि दर्शन गर्ने उहाँले बताउनुभयो ।

मैतीदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिका सदस्य सचिव रमेश खड्गीका अनुसार मैतीदेवीमा नवरात्रिमा विशेष पूजा हुने गरेको छ । उहाँले भन्नुभयो, “दसैँको सप्तमीदेखि दशमीसम्म यहाँ भक्तजनको घुइँचो लाग्छ । काठमाडौँका शक्तिपीठमध्येको अर्को भद्रकाली मन्दिरमा दर्शनार्थीको शनिबार घुइँचो थियो । सर्लाहीबाट आउनुभएकी कुमारी थिङ तामाङ हातमा पूजा सामग्री लिएर पूजा गर्ने तयारीमा हुनुहुन्थ्यो । गोरखापत्रसँग कुरा गर्दै तामाङले भन्नुभयो, “नौ दिनसम्म केही पनि नखाइकन व्रत बस्ने गरेको छु । नौ दिनसम्म ध्यान, जपतप, पूजापाठ गर्ने गरेको छु । दशमीको दिन पूजा विर्सजन गरिन्छ । भद्रकाली मन्दिरका पुजारी राम देउलाले दसैँका बेला फूलपातीको दिनदेखि तीन दिन भद्रकालीमा भक्तजनको घुइँचो लाग्ने बताउनुभयो ।  विशेष गरी फूलपातीदेखि तीन दिन यहाँ धेरै घुइँचो हुन्छ । दैनिक तीन/चार हजार दर्शनार्थी आउनुहुन्छ । यहाँ फूलपातीको दिनदेखि बलिपूजा हुन्छ । नयाँ सवारीसाधन पूजा गर्नेहरू पनि धेरै आउनुहुन्छ ।” काठमाडौँका रहेका यी शक्तिपीठहरूका साथै काठमाडौँको साँखुस्थित वज्रयोगिनी मन्दिर, इन्द्रायणी मन्दिरमा पनि भक्तजनको घुइँचो लागेको छ । यस्तै शोभा भगवती, सङ्कटा, दक्षिणकाली, पलाञ्चोक भगवतीलगायतका शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ ।

आइतबार, कार्तिक ०१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.