काठमाडौँ, कात्तिक ३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा नवकन्याहरूको (९ जना कन्या) विधिपूर्वक पूजाअर्चना गर्नुभएको छ । बडादसैँको अवसरमा नवदुर्गाको अवअतारस्वरुप राष्ट्रप्रमुखले नवकन्याहरुको पूजाअर्चना गर्ने परम्परा छ ।
सोही परम्पराअनुरुप राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार नवकन्याहरुको पूजाअर्चना गर्नुभएको हो।

दुर्गा भगवतीको शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री महागौरी र सिद्धिदात्रीका रूपमा नौ रूपको पूजाअर्चना गर्ने गरिन्छ । सो अवसरमा राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर, टीका लगाइ उपहारसमेत प्रदान गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया


