असार ७ , काठमाडौँ । चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले संघीय निर्वाचनका लागि उम्मेदवारी घोषणा गर्दैछन् ।आज दिउँसो १ बजे राष्ट्रिय सभा गृहबाट लामिछानेले उम्मेदवारी घोषणा गर्ने कार्यक्रम रहेको छ ।
एक साताअघि टेलिभिजन छोडेर चुनाव लड्ने घोषणा गरेका उनले निर्वाचन क्षेत्र भने तय गरिसकेका थिएनन् ।आज उनले निर्वाचन क्षेत्रका साथै चुनावी घोषणा पत्र पनि सार्वजनिक गरिने बताइएको छ ।लामिछानेले स्वतन्त्र उम्मेदवारी दिन्छन् कि कुनै दलबाट, त्यसबारे केहि खुलाइएको छैन ।
तपाईको प्रतिक्रिया


