• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

साउन १२ गतेको तपाइको राशिफल

  •   बिहिबार, साउन १२, २०७९ मा प्रकाशित

साउन १२ , काठमाडाैं । २०७९ साउन १२ गते, बिहीवार, २८ जुलाई २०२२। श्रावण कृष्णपक्ष औंसी तिथि। पुनर्वशु नक्षत्र, प्रातः ७ः१८ बजेदेखि तिष्य। चन्द्रराशि– कर्कट।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

बेसुरमा वचन दिँदा अप्ठ्यारोमा परिएला। हडबड गर्नाले काम बिग्रन सक्छ। साथीभाइ टाढिनेछन् भने अरूको फाइदाका लागि उपयोग भइएला। असंयम व्यवहारले समस्या निम्त्याउन सक्छ। परिस्थिति अलि प्रतिकूल रहला। पहिलेको निर्णय पुनर्विचार गर्नुपर्ने स्थिति आउन सक्छ। महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला। पशुधनबाट सामान्य लाभ उठाउन सकिनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

अवसर प्राप्त भए पनि परिस्थिति त्यति सहज नरहला। प्रतिस्पर्धीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला। बलभन्दा बुद्धिको उपयोगले लाभ दिलाउनेछ। सहयोगीहरू पछि हट्नाले नयाँ योजना प्रारम्भ गर्न समस्या पर्नेछ। व्याहारिक अलमलले पनि आँटेका काममा बाधा पुर्याउन सक्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ। नियमित काममा भने सामान्य फाइदा भइरहनेछ। अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ। विवादास्पद जिम्मेवारी आउला। सावधानीले मात्र कार्यसिद्धि हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

सुन्दर पहिरनमा मन रमाउनेछ। आगन्तुकहरूकाेे उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने मनग्य धन आर्जन हुनेछ। सानाे प्रयासले नै काम बन्नेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

खर्च लागे पनि बेलामा होस नपुर्याउँदा समस्या आउन सक्छ। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। साथीभाइसँग पनि असमझदारी बढ्न सक्छ। सानो कामलाई अत्यधिक खर्च हुनेछ। बेसुरको निर्णयले पछिलाई समस्या पर्न सक्छ। छर–छिमेकमा असमझदारी बढ्नेछ। आफन्त पनि टाढा हुनेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

आम्दानी मनग्य भए पनि आकस्मिक खर्चले धन संग्रहमा बाधा पुग्नेछ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। काम गर्ने क्रममा बाधा आउन सक्छ। तापनि दोहोर्याएर प्रयत्न गर्दा आंशिक फाइदा हुनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। तर समयमा सजग नहुँदा आफ्नो लाभांशबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

उपलब्धि प्राप्त गर्न केही कुरा त्याग्नुपर्ला। काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ने देखिन्छ। मिहिनेतले आंशिक सफलता प्राप्त हुनेछ। फाइदा कमै भए पनि कामले ज्ञान दिलाउनेछ। अरूको उपकार गर्न सकिनेछ। तर धेरै समर्पणले पनि स्वाभिमानमा दाग लाग्न सक्छ। आफ्नो कमजोरी बाहिरिनाले आलोचक बढ्न सक्छन्। लगनशीलताले मात्र लक्ष्यमा पुग्न सकिनेछ।

वृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु

धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। कम महत्त्वका काममा अल्झनुपर्दा योजना समयमा सम्पादन नहुन सक्छ। स्वास्थ्यमा कमजोरी देखिनाले चिताएको काम रोकिएला। आशा देखाउनेहरूको भरपर्दा धोका पाइनेछ। चुनौतीपूर्ण कामको दायित्वले कठोर निर्णय गराउला। गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। सफलता भने न्यून मात्र हातलागी हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले काम बिग्रन सक्छ। बेसुरमा काम गर्ने बानीले पनि समस्या निम्त्याउनेछ। समयमा गम्भीर नबन्दा व्यर्थैमा दु:ख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मन मिल्ने साथीसँग भेट हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायका माध्यमले रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। अतिथिका रूपमा मानसम्मान प्राप्त होला। प्रेम र मित्रताको बन्धन कसिनेछ। टाढिएका साथीभाइ पनि नजिकिनेछन्।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

वादविवादमा अलमलिनुपर्दा काममा बाधा पुग्नेछ। ईर्ष्या गर्नेहरूले आफ्ना कमजोरी देखाएर फाइदा उठाउने चेष्टा गर्नेछन्। आफ्ना सामानमा अरूले दाबी गर्लान्। अवसरवादीहरूबाट सजग रहनुहोला। बलजफ्ती गर्दा समस्या आउन सक्छ। उठ्नुपर्ने रकम तत्काल हातलागी नहुन सक्छ। परिस्थिति संघर्षपूर्ण रहे पनि आस मारेको नतिजा सकारात्मक हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

अवसर जुटे पनि अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले निराश तुल्याउन सक्छ। अध्ययनमा पनि प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन समय पर्खनुहोला। कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ। सन्तान वा अनुयायीले साथ दिनेछन्।

बिहिबार, साउन १२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.