• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

कार्तिक १ गते मंगलवारको तपाइको राशिफल

  •   मङ्गलबार, कार्तिक ०१, २०७९ मा प्रकाशित

कार्तिक १ , काठमाडौं। आज मिति २०७९ कार्तिक १ गते, मंगलवार, १८ अक्टाेबर २०२२। कार्तिक कृष्णपक्ष अष्टमी तिथि, १०ः१४ बजेदेखि नवमी। तिष्य नक्षत्र। चन्द्रराशि– कर्कट।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
फाइदा मात्र हेर्दा आलोचित भइनेछ। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ। तर दोहोर्याएर प्रयत्न गर्दा काम बनाउन सकिनेछ। हतारको निर्णयले हानि हुन सक्छ, आफ्नो योजना गोप्य राखेर अघि बढ्नुहोला। परिस्थितिअनुसार निर्णय लिन नसक्दा काममा पछि परिनेछ। पारिवारिक मतभेद देखिए पनि आमाको माध्यमबाट काम बन्न सक्छ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
परिस्थिति अलि संघर्षपूर्ण रहला। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। मिहिनेत परे पनि कर्मफल अरूलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ। आफ्नाले समयमा सहयोग नगर्दा अवसर फुत्किन सक्छ। चिताएका काममा बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका गुमाउनुपर्ला। अध्ययनमा त्यति समय दिन नसकिएला। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
व्यवसायमा लगानी बढाउनुपरे पनि लागेको मूल्य उठाउन सकिनेछ। अनियन्त्रित खर्चले मन पिरोल्न सक्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। चुनौतीका बाबजुद स्वाभिमान रक्षा गर्न सकिनेछ। लामो यात्रा गर्ने अवसर जुट्नुका साथै वैदेशिक क्षेत्र लाभदायक रहनेछ। कामको लागत बढ्न सक्छ। तत्काल फाइदा उठाउँदा पछिको लाभांश घट्न सक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आम्दानीले उत्साह जगाउनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। सञ्चित धनको उपयोगबाट फाइदा हुनेछ। रकम हातलागी भए पनि ऋणभार भने बढ्ने सम्भावना छ। सरसापटमा पनि धन बाहिरिन सक्छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल तत्कालै प्राप्त नहुन सक्छ। लगानी धेरै लागे पनि कम प्रतिफल पाइनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
आफ्ना कमजोरी बाहिरिनाले समस्या पर्ला। सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। नियमित कामलाई निरन्तरता दिन सकिनेछ। जीवनशैली व्यस्त रहनेछ र उपलब्धिहीन काममा समय बित्न सक्छ। चुनौतीपूर्ण कामकाे जिम्मेवारी वहन गर्नुपर्ला। नयाँ योजनातर्फ लगानीमा जाेखिम बढ्नेछ। अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन्।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
मिहिनेत गर्दा समयमै काम बनाउन सकिनेछ। विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। नयाँ काम प्रारम्भ हुनेछ भने मनग्य आम्दानी बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। अध्यात्मभाव जागृत हुनुका साथै परोपकारी काम सम्पादन हुनेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। सहयोगीहरूको साथ जुट्नेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थै झमेलामा परिनेछ। कामका लागि निकै दौडधुप गर्नुपर्ला। स्वास्थ्यका लागि आहार–विहारमा सजग रहनुपर्नेछ। व्यस्तता बढ्नेछ, स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ। सहयोगीहरू जिम्मेवारीबाट पन्छिन सक्छन्। सम्भावना देखिए पनि न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
समय लागे पनि काम बन्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। प्रियजनसँगको सान्निध्यले दिन रमाइलो रहनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। भौतिक साधन जुट्नेछन्। व्यापारमा आम्दानी बढाउन सकिनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। बलजफ्ती गर्ने बानीले चुनौती निम्त्याउला। परिस्थितिले आकस्मिक खर्च बढाउनेछ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिएलान्। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला। सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। लगानीमा जाेखिम बढ्नेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अस्वस्थताले लक्ष्यअनुसार काममा जुट्न नसकिएला। अप्ठ्यारा परिस्थिति सुल्झाउनमै समय बित्नेछ। सहयोगीहरू पछि हट्नाले नयाँ काम गर्न समस्या पर्नेछ। व्याहारिक अलमलले आँटेका काममा पनि बाधा पुर्याउनेछ। अप्रिय समाचारले चिन्तित तुल्याउन सक्छ। गुरुजनसँग मतभेद हुनाले अध्ययनमा बाधा पर्नेछ। समयकाे सदुपयोग गर्न नसकिएला।

मङ्गलबार, कार्तिक ०१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज कार्तिक ०४ गते बडा दशैंको दिनको तपाइको राशिफल
आज कार्तिक ०३ गते मङ्गलबारको तपाइको राशिफल
आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल
आज कार्तिक ०१ गते आइतबारको तपाइको राशिफल
आज असोज ३१ गते शनिबारको तपाइको राशिफल
आज असोज ३० गते शुक्रवारको तपाइको राशिफल

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.