• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : डाँडाले रोक्यो परीक्षण उडान

  •   बुधबार, कार्तिक ०२, २०७९ मा प्रकाशित

कार्तिक २, काठमाडौं । निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान तोकिएको समयमा नहुने भएको छ। तिहारअघि रिट्ठेपानी डाँडा कटानको काम सुरु गर्ने र तिहारलगत्तै परीक्षण उडान गरी आगामी पुस १७ गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने नेपाल नागरिक उड्डयन प्राधिकरणको तयारी थियो तर प्रस्ताव मूल्याङ्कनको काममा ढिलाइ हुँदा परीक्षण उडान लम्बिने देखिएको हो। पूर्व–पश्चिम दिशामा रहेको दुई हजार पाँच सय मिटर लम्बाइ र ४५ सय मिटर चौडाइ रहेको धावनमार्गको सामुन्नेमा सो डाँडा पर्छ।

विमानस्थल सञ्चालनअघि विमानस्थलको पूर्वी सिमानाबाट १.३५ किलोमिटरको दूरीमा रहेको रिट्ठेपानी डाँडाको ४० मिटर काट्नुपर्ने हुन्छ। प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार हवाई सुरक्षाका लागि विमानस्थल छेउको सो डाँडा कटान गर्नैपर्ने हुन्छ। प्राविधिक अध्ययनले पनि सोही निष्कर्ष निकालेको थियो। उनले भने, “डाँडापछाडिको ४० मिटर र अगाडिको १२ मिटर काट्नुपर्ने भए पनि १४ मिटर डाँडा काट्नेबित्तिकै परीक्षण उडान सुरु हुनेछ।” डाँडा काट्नका लागि कम्पनी छनोटको प्रक्रिया टुङ्गिएको छैन।

रिट्ठेपानी डाँडापछाडिको ४० मिटर र अगाडिको १२ मिटर काट्नुपर्ने भए पनि १४ मिटर डाँडा काट्नेबित्तिकै परीक्षण उडान गर्न सकिन्छ तर डाँडा काट्नका लागि कम्पनी छनोटको प्रक्रिया टुङ्गिएको छैन । विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले चाइना सीएएमसी इन्जिनियरिङले विमानस्थलको ९८.५ प्रतिशत भौतिक काम सकिसकेको र अब परीक्षण उडानलगायतका स–साना काम मात्रै बाँकी रहेको बताउनुभयो। विमानस्थलको वित्तीय प्रगति ७९ प्रतिशत पूरा भइसकेको छ। विमानस्थल सञ्चालनमा ल्याउन विमानस्थलको छेवैमा रहेको ल्यान्डफिल साइटले हवाई सुरक्षामा जोखिम भने कायमै देखिन्छ। नयाँ विमानस्थल सञ्चालनमा आएपछि आन्तरिक उडानसमेत यही विमानस्थलबाट हुनेछ।

हवाई सुरक्षा मापदण्डमा विमानस्थलको १२ देखि १४ किलोमिटर क्षेत्र नजिक ल्यान्डफिल साइट र तीन किलोमिटरभित्र पशु वधशाला हुन नहुने व्यवस्था भए पनि पोखरा महानगरपालिकाले उक्त क्षेत्र सार्न खासै तदारुकता देखाएको छैन। यो खबर आजको गोरखापत्रदैनिकमा प्रकाशित छ ।

 

बुधबार, कार्तिक ०२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.