• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

एकीकृत समाजवादीका ७ शीर्ष नेता ‘बागी’का कारण खतरामा

  •   शुक्रबार, कार्तिक ११, २०७९ मा प्रकाशित

कार्तिक ११ ,काठमाडौं । सत्तारुढ दल गठबन्धन बनाएर मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागी हुँदैछन् । गठबन्धनबीच सहमतिमै सिट बाँटफाँट भएको छ ।गठबन्धनबीच सहमतिमै सिट बाँडफाँट गरिएको भए पनि गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका ‘बागी’का कारण अन्य दलका उम्मेदवार समस्यामा परेका छन् ।

गठबन्धनमा आवद्ध अन्य दलभन्दा कांग्रेसका बागी धेरै छन् । प्रतिनिधिसभा निर्वाचनमा मात्रै माओवादीविरुद्ध १० निर्वाचन क्षेत्रमा कांग्रेसका नेता कार्यकर्ताले बागी उम्मेदवारी दिएका छन् ।कांग्रेस नेता कार्यकर्ताले गठबन्धनको तेस्रो ठूलो दल नेकपा एकीकृत समाजवादीको भागमा परेको ७ निर्वाचन क्षेत्रमा पनि बागी उम्मेदवारी दिएका छन् ।

एकीकृत समाजवादीका शीर्ष नेताविरुद्ध नै कांग्रेसका नेता कार्यकर्ताले बागी उम्मेदवारी दिएका कारण गठबन्धनबीच नै विश्वासको वातावरण गुमेको छ । कांग्रेसको बागीका कै कारण एकीकृत समाजवादीका ७ शीर्ष नेता पराजित हुने खतरा देखिन्छ ।

एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री इलाम–१ बाट प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनका साझा उम्मेदवार हुन् । तर, नेपली कांग्रेसका विक्रम पाण्डेले पार्टीको निर्णयविपरीत बागी उम्मेदवारी दिएका छन् ।

जगन्नाथ खतिवडा उदयपुर–२ मा गठबन्धनका साझा उम्मेदवार हुन् । एकीकृत समाजवादीका उपमहासचिव तथा प्रवक्तासमेत रहेका खतिवडाविरुद्ध पनि कांग्रेसकै रामकुमार राईले बागी उम्मेदवारी दिएका छन् ।

एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला सल्यानबाट गठबन्धनका साझा उम्मेदवार हुन् । तर, सल्यानमा पनि ज्वालाविरुद्ध कांग्रेस नेता रविन्द्रबहादुर शाहले बागी उम्मेदवारी दिएका छन् ।

पूर्वमन्त्री तथा एकीकृत समाजवादीका नेता प्रेम आले डोटीबाट प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनका साझा उम्मेदवार हुन् । तर, प्रेमविरुद्ध पनि कांग्रेसकै नरेन्द्रबहादुर खड्काले बागी उम्मेदवारी दिएका छन् ।

एकीकृत समाजवादीका सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्री गुल्मी–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । झाँक्रीविरुद्ध पनि कांग्रेसका दामोदर भुसालले बागी उम्मेदवारी दिएका छन् ।

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमेत रहेका एकीकृत समाजवादीका नेता शेरबहादुर कुँवर अछाम–१ मा गठबन्धनका साझा उम्मेदवार हुन् । तर, उनीविरुद्ध पनि कांग्रेसकै राजन कुँवरले बागी उम्मेदवारी दिएका छन् ।

त्यसैगरी कास्की–२ मा गठबन्धनका साझा उम्मेदवार श्रीनाथ बरालविरुद्ध पनि कांग्रेसकै महादेव गुरुङले बागी उम्मेदवारी दिएका छन् । बराल एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य हुन् ।

गठबन्धनभित्रकै दलका नेता कार्यकर्ताबाट गठबन्धनबीच भएको सहमतिविपरीत बागी उम्मेदवारी परेपछि गठबन्धनलाई चुनौती बढेको छ । गठबन्धनकै नेता कार्यकर्ताले बागी उम्मेदवारी दिएका कारण आफ्ना उम्मेदवार पराजित हुने खतरा सम्वद्ध दलका नेताले आकलन गरेका छन् ।

कांग्रेसले बागी उम्मेदवारलाई समय तोकेरै उम्मेदवारी फिर्ता लिन वा आफ्नो उम्मेदवारी निष्कृय भएको सार्वजनिक जानकारी गराउन निर्देशन दिएको थियो । कांग्रेसले तोकेको मितिमा केहीले उम्मेदवारी फिर्ता लिए पनि एकीकृत समाजवादीका उम्मेदवारविरुद्ध परेको बागी फिर्ता भएन ।

उम्मेदवारी फिर्ता नलिने र आफ्नो उम्मेदवारी निष्कृय भएको जानकारी नगराएका नेता कार्यकर्तालाई कांग्रेसले साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरिसकेको छ । तर, गठबन्धन दलकै नेता कार्यकर्ता बागीका रुपमा चुनावी मैदानमा रहँदा भोट बाँडिनै र गठबन्धनका उम्मेदवार पराजित हुने खतरा बढेको छ ।

 

शुक्रबार, कार्तिक ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.