• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • २. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ३. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

  • ५. पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

  • ६. सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ७. सरकारसँगको वार्तापछि सोनम वाङ्चुकले अन्त्य गरे आमरण अनसन

  • ८. शिक्षामन्त्रीको राजीनामा पछि सीजेपीको आन्दोलन फिर्ता

  • ९. चितवनमा ग्यास सिलिन्डर पड्किँदा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

  • १०. विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

सभामुख हुँदा एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित भए राजनीतिबाटै सन्यास लिन्छु : ओनसरी घर्ती

  •   शुक्रबार, कार्तिक ११, २०७९ मा प्रकाशित

कार्तिक ११ ,काठमाडौं । पूर्वसभामुख ओनसरी घर्तीले मुलुकमा सुशासन र विकासका लागि कानून बनाउन सत्तारुढ गठबन्धनका तर्फबाट आफूले काठमाडौँ-२ मा उम्मेदवारी दिएको बताएकी छन् । तिहार पर्वका अवसरमा काठमाडौँको शंखरापुर नगरपालिका-३ जहरसिंह पौवामा आयोजित शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा घर्तीले सुशासन र विकास आफ्नो प्रमुख चुनावी एजेण्डा रहेको बताइन् ।

आफू सभामुख पदमा रहँदा सुशासनका पक्षमा दृढतापूर्वक उभिएको भन्दै उनले आफ्नो कामबारे सञ्चार माध्यममा त्यतिबेला प्रकाशित र प्रसारित समाचार खोजेर हेर्न आग्रह गरिन् । ‘म सभामुख भएको मान्छे हुँ । दुई वर्ष सभामुख हुँदा सुशासनको मामिलामा देशलाई घात गर्ने काम गरेको वा एक रुपैयाँ भ्रष्टाचार गरेको कसैले पुष्टि गर्न सकोस् म राजनीतिबाटै सन्यास लिन्छु’, उनले भनिन् ।

घर्तीले प्रतिनिधिसभामा निर्वाचित भएपछि आफ्नो प्रमुख ध्यान भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्नुहुने उल्लेख गरिन् । जनताको विकास र समृद्धिको सपना नै आफ्नो सपना भएको उनको भनाइ थियो । घर्तीले जीर्ण अवस्थामा रहेको चाबहिल-मुलपानी-साँखु सडक निर्माणको कामलाई छिटोभन्दा छिटो सम्पन्न गर्ने र मध्यपहाडी लोकमार्गसँग जोड्ने प्रतिबद्धता जनाइन् । यस्तै काठमाडौँ-२ लाई पर्यटकीय हबका रूपमा विकास गर्ने, कृषि पर्यटनको विकासका लागि पूर्वाधारमा जोड दिने, युवाहरूले स्वदेशमै रोजगारी पाउने र गाउँको खाना, संस्कार, संस्कृति र रीतिरिवाजको रक्षा गर्ने आफ्नो सपना रहेको बताइन् ।

फरक प्रसङ्गमा उनले तत्कालीन प्रधानमन्त्री केपी ओलीले संविधान र व्यवस्था मास्ने उद्देश्यले दुई पटक सम्म प्रतिनिधिसभा विघटन गरेपछि त्यसका विरुद्ध वर्तमान गठबन्धन निर्माण भएको बताइन् ।

घर्तीले आफू मुलुकको सभामुखजस्तो सम्मानित जिम्मेवारीमा रहिसकेका कारण निर्वाचन प्रचारका क्रममा कसैप्रति पनि तुच्छ र तल्लोस्तरको आलोचना गर्ने पक्षमा नरहेको बताइन् ।

शुक्रबार, कार्तिक ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटनामा प्रचण्डको चिन्ता– सरकार अझ जिम्मेवार बन्नुपर्छ
धार्मिक सद्भाव जोगाउन सबै दल एक हुनुपर्छ : गगन थापा
अचानक चक्कर र वान्तापछि बाबुराम भट्टराई ग्राण्डी अस्पतालमा
जब बिर्तामोडको आकाशमा उडे चन्द्र यान र रकेट
सुनसरी घटनाबारे प्रधानमन्त्रीको अपिलः दोषीमाथि कारबाही, पीडितलाई न्याय र क्षतिपूर्ति दिइने
आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

Namaste Chitwan

लोकप्रिय

  • १.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • २.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

  • ३.
    छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४.
    अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार

  • ५.
    पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

  • ६.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली

भर्खरै

  • १.
    सुनसरी घटनामा प्रचण्डको चिन्ता– सरकार अझ जिम्मेवार बन्नुपर्छ

  • २.
    धार्मिक सद्भाव जोगाउन सबै दल एक हुनुपर्छ : गगन थापा

  • ३.
    अचानक चक्कर र वान्तापछि बाबुराम भट्टराई ग्राण्डी अस्पतालमा

  • ४.
    जब बिर्तामोडको आकाशमा उडे चन्द्र यान र रकेट

  • ५.
    सुनसरी घटनाबारे प्रधानमन्त्रीको अपिलः दोषीमाथि कारबाही, पीडितलाई न्याय र क्षतिपूर्ति दिइने

  • ६.
    आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

  • ७.
    आज साउन १३ गते बुधबारको तपाइको राशिफल

  • ८.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.