• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

जलवायु परिवर्तनको असर, सगरमाथासहितका विश्वसम्पदा जोखिममा

  •   शनिबार, कार्तिक २६, २०७९ मा प्रकाशित

कात्तिक २६ , काठमाडौं। विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै हिम गलनको स्थिति बढ्दा नेपालको सर्वोच्च शिखर सगरमाथा क्षेत्रको सगरमाथा राष्ट्रिय निकुञ्जसहित विश्वका ५० वटा विश्वसम्पदा क्षेत्र सन् २०५० सम्ममा लोप हुने अवस्था पुगेका छन्। संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले कोप–२७ अघि सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वव्यापी तापक्रम वृद्धिको असरले हिमाली क्षेत्रको हिम गलनमा तीव्रता आएकाले ती क्षेत्रमा रहेका विश्वसम्पदा सूचीका प्राकृतिक सम्पदा लोप हुने अवस्थामा पुगेको देखाइएको छ।

क्यानडा र अमेरिकाका विश्वसम्पदा क्षेत्र लुआने, वाङ्गेल इलियास, ग्लेसियर बे र तात्सेनसिनी–अल्सेक, अर्जेन्टिनाको लस ग्लेसियर्स राष्ट्रिय निकुञ्ज, न्युजिल्यान्डको ते बाहिपौनामु, स्विजरल्यान्डको स्विस आल्पस जङ्गफ्राउ, डेनमार्कको लुलिसाट आइसजोर्ड, नर्वेको गेराङ्जोर्ड र नर्वेजोर्ड, ताजिकस्तानस्थित पामिरको पहाडमा रहेको ताजिक राष्ट्रिय निकुञ्ज, आइसल्यान्डको भात्नाज्योक्युल नेसनल पार्कसहित दुई राष्ट्रिय निकुञ्ज क्षेत्रको हिम गलन उच्च अवस्थामा देखिएको छ। त्यस्तै तान्जिनियाको माउन्ड किलिमन्जरो क्षेत्र, केन्याको राष्ट्रिय निकुञ्ज र वनक्षेत्र, युगान्डाको रुन्जोरी पर्वत राष्ट्रिय निकुञ्ज, कङ्गोको बिरुङ्गा राष्ट्रिय निकुञ्जसँगै अलास्का, मध्यएसिया, मध्ययुरोप र दक्षिण एन्डिज पर्वतछेउका ठूला हिमनदीहरू गरेर ५० वटा विश्वसम्पदा लोप हुने प्रतिवेदनमा उल्लेख गरेको छ।

हालसालै सार्वजनिक भएको तापक्रम वृद्धिको नयाँ गतिले २ डिग्री सेल्सियस नाघ्ने तथ्य वास्तविकतामा परिणत भएमा उच्च हिमाली भेगका विश्वसम्पदा जोगाउन नसकिने युनेस्कोले घोषणा गरेको छ। तर पहिलेको घोषणाअनुसार विश्वव्यापी तापक्रमलाई १।५ डिग्री सेल्सियसमा रोक्न सकेको खण्डमा भने ५० वटा हिमाली विश्व सम्पदामध्ये दुईतिहाइलाई बचाउन सकिने अनुमान गरिएको प्रतिवेदनमा उल्लेख छ।

इजिप्टमा जारी कोप–२७ को सम्मेलनका लागि यो विषय निकै चुनौतीपूर्ण हुने अध्ययनमा उल्लेख छ। लोप हुने यात्रामा अग्रसर ५० वटा विश्वसम्पदा १८ हजार ६०० हिम खण्डमा अवस्थित छन्। जसले कुल ६६ हजार वर्गकिलोमिटर हिमक्षेत्र तथा पृथ्वीको कुल हिमक्षेत्रको १० प्रतिशत भूभाग समेट्छ।

स्याटेलाइट तथ्यको विश्लेषणमा आधारित अध्ययनले दुई हजार हिमनदीहरू द्रुत गतिमा छोटिँदै गएका छन्। यसअनुसार यस क्षेत्रबाट हरेक वर्ष करिब ५८ अर्ब टन बरफ बिलाउँदै गएको छ। जसले समुद्री सतहमा वार्षिक ५ प्रतिशत जलक्षेत्रको बढोत्तरी भइरहेको देखाउँछ। हालकै हिसाबले तापक्रम बढ्दै जाँदा सन् २०५० सम्म ५० वटामध्ये एकतिहाइ क्षेत्र र सन् २१०० सम्म सबै विश्वसम्पदा लोप हुने पूर्वानुमान युनेस्काले गरेको छ। यो खवर आजको गोरखापत्रदैनिकमा प्रकाशित छ ।

शनिबार, कार्तिक २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.